काठमाडौं–आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन्।
त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ।
उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ।
सभामुख घिमिरेले छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए।
बैठकले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ।
त्यसैगरी एमाले प्रमुख सचेतक महेश बर्तौलाले विगतको भन्दा अलि फरक ढङ्गले बजेटको तयारी भएको बताए ।
‘विगतमा पहिला बजेटका प्राथमिकतामा छलफल गरेर नीति तथा कार्यक्रममा जान्थ्यौ तर अहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गरेर पारित भएपछि त्यसैका आधारमा बजेटका प्राथमिकता निर्धारण गर्छौ’, बर्तौलाको भनाइ छ । बजेट अधिवेशन वैशाख १२ गतेबाट सुरु हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।