काठमाडौं–चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था अनुसार उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहिबार प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन्।
त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्रा.डा. पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. संजीव शर्मालाई दिइएको छ।
निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो।
चारवटै प्रतिष्ठानमा गत चैत्र २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको चार वर्षे कार्यकाल सकिएको थियो।
यसअघि पोखरामा पोखरामा प्रा.डा. डुकबहादुर क्षेत्री, धरानमा डा. ज्ञानेन्द्र गिरी, , कर्णालीमा डा. मंगल रावल र पाटनमा प्रा.डा. राजेशनाथ गंगोल उपकुलपति थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।