सुर्खेत– कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको पलाँता–९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर पलाँता–२ लार्फा गाउँ नजिक दुर्घटनामा परेको हो ।
दुर्घटना राति ११ बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर भिरबाट खसेकाले थप विवरण संकलन भइरहेको कालीकोट प्रहरीले जनाएको छ । मृतकहरूको शव भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।