काठमाडौँ — ब्राजिलियन फुटबलका चर्चित स्टार रोबर्टो कार्लोस नेपाल आउने भएका छन्।
शुक्रबार आउने पूर्वनिर्धारित कार्यक्रम उनको स्वास्थ्य अवस्थाका कारण सरेको थियो। स्वास्थ्य सुधार भएकाले मंगलबार उनी काठमाडौं आइपुग्नेछन्।
दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) मा उनी गेस्टका रूपमा सहभागी हुनेछन्। मंगलबार साँझ एलओडी क्लबमा कार्लोसको विशेष उपस्थिति रहने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए।
विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमध्येका एक कार्लोसले सन् १९९२ मा ब्राजिलको सिनियर टिममा डेब्यु गरेका थिए।
रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरूमध्ये एक हुन्।
रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थिति सँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो साबित हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।