इनरुवा–सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा देवानगञ्ज १ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिएका हुन्।
प्रहरीले उनीहरूलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरेको हो।
‘देवानगन्जामा चोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको छ। अहिले दुई जनालाई पक्राउ गरिएको छ। अझै तीन जना फरार छन्। उनीहरूको खोजी कार्य पनि हामीले तीव्र बनाएको छ,’ तिम्सिनाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।