वीरगञ्ज–जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ।
दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो।
तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ६ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।