काठमाडौं– बालाजुको औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ ।
औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको थियो । त्यहाँ प्रिन्टिङ प्रेससमेत रहेको छ ।
आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।