काठमाडौं– स्टुअर्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि अष्ट्रेलियन प्रशिक्षक ल लाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो। त्यसबाट ल लाई नियुक्त गरेको हो।
५६ वर्षीय ल अनुभवी प्रशिक्षक हुन्। उनले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन्। उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए।
ल ले अष्ट्रेलियाका लागि ५४ ओडिआई म्याच खेलेका छन्। यस्तै उनले एक टेष्ट म्याच समेत खेलेका थिए।
फस्ट क्लास मा ल ले २७ हजार भन्दा बढी रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।