काठमाडौं – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।
दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछाएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो
ओपनर जेकी फ्रेजर १ रनमा, अभिशेक पोरेल ० रनमा र समिर रिज्भी ४ रनमा आउट भए।
लगतै कप्तान अक्सर पटेल पनि २२ रनमा आउट भए। पहिलो पावर प्लेमा ५८ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। यो सँगै दबाबमा आएको दील्ली कुनै पनि समय सम्हालिन सकेन्। फाफ डु प्लेसिस २९ रनमा र ट्रिस्टन स्टुब्स ३४ रनमा आउट भएसँगै दील्ली हार नजिक पुगेको थियो।
आशुतोष शर्मा र भीपराज निगमले सातौं विकेटको लागि ५५ रनको साझेदारी गरे। यो नै दील्लीले बनाएको सबैभन्दा ठुलो साझेदारी बन्यो।
भीपराज १५ बलमा ३९ रन जोडेर आउट भए। यो सँगै दील्ली हार नजिक पुगेको थियो। तर आशुतोषले उत्कृष्ट ब्याटिङ गर्दै दील्लीलाई जित दिलाए।
१९ औं ओभर टर्निङ पवाइन्ट बन्यो। तेस्रो बलमा प्रिन्स यादवले कुलदीप यादवलाई आउट गरे। चौथो बलमा २ रन प्रहार गर्दै आशुतोषले अर्धशतक बनाए। यही ओभरको पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरे। यसपछि अन्तिम ६ बलमा ६ रन जरूरी थियो। जहाँ पहिलो बलमा मोहित शर्माले १ रन जोडेर आशुतोषलाई स्ट्राइक दिए।
दोस्रो बलमा बलर सहबाज अहमदलाई निरिह बनाउँदै आशुतोषले छक्का प्रहार गरे। यो सँगै दील्लीले ३ बल बाकी छँदा १ विकेटले खेल जित्यो। ३१ बलमा आशुतोषले ५ चौका र ५ छक्का सहित अविजित ६६ रन बनाए।
बलिङमा सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगभेष राथी रवि विष्नोईले २/२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९ रन बनायो। ओपनर एडेन मारक्रम १५ रनमा आउट भए। मिचेल मार्स र निकोलास पुरनले विष्फोटक ब्याटिङ गरे। पहिलो पावर प्लेमा लखनउले एक विकेटको नोक्सानीमा ६४ रन जोड्यो। मात्र ४९ बलमा लखनउले १०० रन बनाउँदै सुरूवात राम्रो गर्यो।
मिचेलले ५ चौका र ६ छक्का सहित २१ रनमा अर्धशतक बनाए। निकोलासले भने २४ बलमा अर्धशतकको सफलता प्राप्त गरे। दोस्रो विकेटको लागि ८७ रनको साझेदारी गर्दै मिचेल ३६ बलमा ७२ रन जोड्दै मुकेश कुमारको बलमा आउट भए। लगतै रिसव पन्तले रनको खाता खोल्न सकेनन्।
त्यसपछि ३० बलको सामना गर्दै ६ चौका र ७ छक्का सहित ७५ रन जोडेर आउट भए। उनको यो सानदार प्रदर्शनपछि डेबिट मिल्लरले अविजित २७ रन बनाए।
बलिङमा मिवेल स्टार्सले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ३ विकेट लिए।
यो जितमा दील्लीले विजयी सुरुवातका साथ २ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।