काठमाडौँ–अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई आफ्नो देशबाट निष्कासन गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रसूललाई देश निकाला गरेको जानकारी गराएका छन्।
उनले एक्स (ट्विटर)मा लेख्दै भनेका छन्– ‘हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन।’
राजदूत रसूलले अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप विदेशमन्त्री रुबियोको छ। ‘इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन् जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन्। हामीलाई उहाँसँग कुनै कुरा गर्नु छैन’, उनले भनेका छन्।
दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनी दक्षिण अफ्रिकाप्रति कठोर बन्दै गएका छन्। त्यसको पछिल्लो कदम राजदूत रसूललाई निकाल्नु हो।
बिबिसीकाअनुसार फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।