• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अन्तरिक्षमा अलपत्र दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण, ९ महिनादेखि किन रोकिएका थिए उनीहरु?

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०८१  १४:०२
1140x725

काठमाडौं– स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलिअम्स र ब्यारी विल्मोरलाई फिर्ता ल्याउने योजना सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र 'आईएसएस'मा नयाँ अन्तरिक्षयात्री बोकेको रकेट प्रक्षेपण गरेको छ। उक्त जोडी आठ दिनका लागि मात्र आईएसएसमा रहनु पर्ने थियो। तर परीक्षणमा रहेको अन्तरिक्षयानमा आएको प्राविधिक समस्याका कारण उनीहरू विगत ९ महिनाभन्दा लामो समयदेखि त्यहाँ रहेका छन्।

नयाँ अन्तरिक्षयात्री त्यहाँ पुगेको दुई दिनपछि उनीहरूले पृथ्वीतर्फ आफ्नो यात्रा सुरु गर्ने छन्। नासाका 'कमर्शिअल क्रू' कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले पछिल्लो सम्भावनाप्रति खुसी व्यक्त गरेका छन्। "बुच र सुनीले राम्रो काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता ल्याउन उत्साहित छौँ," उनले भने।

टोली परिवर्तन
नयाँ टोली पुगेपछि ती दुई अन्तरिक्ष यात्रीसहित आईएसएसमा रहेका उनीहरूका सहकर्मीहरू नासाका निक हेग र रोसकोस्मोस कोस्मोनट (रुसी अन्तरिक्षयात्री) अलेक्जान्डर गोर्बनोभले राहत पाउने छन्। ती सबैलाई रुस र जापानका एक/एक तथा अमेरिकाका दुई गरी चार नयाँ अन्तरिक्षयात्रीले प्रतिस्थापन गर्नेछन्। पुराना अन्तरिक्षयात्रीले नयाँ सहकर्मीलाई दुई दिनमा सबै कामको हस्तान्तरण गर्नेछन् र पुरानो दलका अन्तरिक्षयात्रीले पृथ्वीतर्फ आफ्नो यात्रा सुरु गर्नेछन्।

आईएसएसका कार्यक्रमका प्रबन्धक डाना वाइगलका अनुसार पृथ्वीतर्फ फर्कने क्याप्सुलमा सुरक्षित रूपमा प्रवेश गर्नका लागि उपयुक्त अवस्था पर्खनु पर्ने भएकाले त्यसमा थप केही ढिलो पनि हुन सक्छ। "मौसमले सधैँ साथ दिनुपर्छ त्यसैले यदि अनुकूल भएन भने हामी थप समय पनि लगाउँछौँ" उनले सञ्चारकर्मीहरूलाई भनिन्। उनका अनुसार अन्तरिक्षयात्रीहरूले गत सातादेखि हस्तान्तरणको तयारी थालेका छन्।

"सुनीले अन्तरिक्षयात्री अलेक्सी ओभचिननलाई कमान्ड सुम्पिँदा बुचले औपचारिक घण्टी बजाए," उनले भनिन्।

nimb
nimb
Ncell 2
Ncell 2

यानमा कस्तो समस्या देखिएको थियो?

अन्तरिक्षमा अड्किएका ती यात्रीहरूले लगातार आफूहरू अन्तरिक्ष स्टेशनमा रहन पाउँदा खुसी रहेको बताएका छन्। सुनीता विलियम्सले त्यसलाई "खुसी हुने ठाउँ" भनेकी छिन्। तर ओपन युनिभर्सिटीका डा सिमिअन बार्बरले बीबीसी न्यूजसँग सम्भवतः त्यहाँ व्यक्तिगत क्षति हुन सक्थ्यो भनेका छन्। "तपाईँलाई एक साताको कामका लागि पठाइएको यात्रामा निस्कँदा तपाईँले त्यो लम्बिएर एक वर्षको हुने आशा गर्नुहुन्न," उनले भने।

"अन्तरिक्षमा भएको यो विस्तारित बसाइले पारिवारिक जीवनलाई बाधा पुर्‍याउनेछ, घरमा धेरै कुरा भएका हुन्छन् ती तपाईँबाट छुट्छन्। त्यसैले त्यहाँ [व्यक्तिगत] उथलपुथलको स्थिति हुन्छ।" ती दुई अन्तरिक्षयात्रीहरू सन् २०२४ को जुनको सुरुमा 'बोइङ स्टारलाइनर' नामक अन्तरिक्षयान परीक्षणका क्रममा गएका थिए। त्यो स्पेसएक्सको प्रतिद्वन्द्वी एरोस्पेस कम्पनी बोइङले निर्माण गरेको थियो।

उक्त अन्तरिक्षयानको विकासका क्रमा देखा परेका प्राविधिक समस्याका कारण उक्त मिसन धेरै वर्ष ढिलो भएको थियो। उक्त यानको प्रक्षेपण र आईएसएसमा त्यसको 'डकिङ' का क्रममा पनि समस्या देखिएका थिए।

'स्टारलाइनर'का केही 'थ्रस्टर'हरूमा पनि समस्याहरू देखिएको थियो। तिनले पृथ्वीको वायुमण्डलमा यान पुन: प्रवेश गर्दा त्यसको गतिलाई कम गराउन भूमिका खेल्छन्। 'प्रपल्शन' प्रणालीमा इन्धन प्रवेश गराउने 'हीलिअम' चुहिने लगायतका समस्या पनि उक्त यानमा देखा परेको थियो।

नासाले उनीहरूलाई स्टारलाइनरमा नै फिर्ता ल्याउन सानो जोखिम पनि नलिने निर्णय गर्‍यो। ऊसँग स्पेसएक्सको ड्र्यागन क्याप्सुलमा फिर्ता गर्ने विकल्प पनि थियो। नासाले निर्धारित 'क्रू' परिवर्तनको समयलाई उत्तम विकल्प हुने निर्णय गर्‍यो। तर त्यसले गर्दा ती दुवै अन्तरिक्षयात्रीलाई धेरै महिनासम्म अन्तरिक्ष स्टेशनमा राख्नु पर्‍यो।

बोइङले ती दुवै यात्रीलाई स्टारलाइनरमा फिर्ता ल्याउन सुरक्षित हुने निरन्तर बताउँदै आएको छ। ऊ आफ्नो प्रतिस्पर्धी कम्पनीको क्याप्सुल प्रयोग गर्ने निर्णयबाट पनि असन्तुष्ट भएको छ। वास्तवमा बोइङका लागि त्यो "लज्जास्पद" नै हुने डा बार्बर बताउँछन्। उनले भने, "बोइङका लागि उनीहरूले अन्तरिक्षमा लगेका अन्तरिक्षयात्रीहरू प्रतिस्पर्धीको यानमा फर्किएको देखिनु राम्रो होइन।"

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता
सम्बन्धित सामग्री
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ... शनिबार, वैशाख १९, २०८३
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै राज्य टेलिभिजनमार्फत सार्वजनिक गरिएको वक्तव्यमा अयातुल्ला मोजताबा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक, प्राविधिक र सैन्य क्षमताहरू... शुक्रबार, वैशाख १८, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण ह... आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्