काठमाडौं– राजधानी मस्को तथा वरिपरिका क्षेत्रमा युक्रेनले सोमवार राति "ठूलो" ड्रोन आक्रमण गरेको आरोप रुसले लगाएको छ।
युक्रेन र अमेरिकाका अधिकारीहरूबीच सम्भावित शान्तिवार्ताका विषयमा मङ्गलवार भेटघाट तय भएकामा त्यसको अघिल्लो राति यो घटना भएको हो।
रुसी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा दुईको मृत्यु भएको छ भने अरू केही मानिस घाइते भएका छन्।
यसलाई युक्रेन र रुसबीच युद्ध सुरु भएयता रुसको राजधानी र नजिकका क्षेत्रमा भएको सबैभन्दा ठूलो ड्रोन आक्रमण मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।