एजेन्सी– मुम्बईको नागपाडा आइतबार चार जना मजदुरको निसास्सिएर मृत्यु भएको छ ।
न्यूज एजेन्सी पीटीआईका अनुसार निर्माणधीन संरचनामा पानीको ट्यांकी सफाइ गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।
निसास्सएर घाइते भएका पाँच जनामध्ये चार जनालाई मृत अवस्गथामा अस्पताल पुर्याइएको थियो । एक मजदुरको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।
मृतकहरुमा १९ वर्षीय हसीपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्ला शेख र ३१ वर्षीय फूरहान शेख रहेका छन् ।
बृहन्मुम्बई नगर निगमका अधिकारीका अनुसार यो घटना दिउँसो करिब पौने १ बजेतिर गुड लक मोटर ट्रेनिङ स्कुल नजिक भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।