काठमाडौं– रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्।
युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो। आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको थियो।
बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो।
बीबीसीका अनुसार शुक्रबार राति रुसले ब्यालेस्टिक मिसाइलबाट आक्रमण गर्दा दोनेत्स्क क्षेत्रमा मात्रै ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। आक्रमणबाट भवनहरुमा आगो लागेको भिडियो सार्वजनिक भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्रतिबन्ध र शुल्क वृद्धिबारे सोचिरहेको अभिव्यक्ति दिएलगत्तै रुसले यो आक्रमण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।