एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क 'ट्यारिफ'को बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग 'जस्तोसुकै युद्ध'का निम्ति तयार रहेको बताएको छ।
ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र 'व्यापार युद्ध'को सँघारमा पुगेका छन्।
ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०-१५% आयातशुल्क लगाइदिएको छ।
व्यापार युद्ध चर्किन लागेको हो?
"यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ," मङ्गलवार चिनियाँ सरकारले गरेको टिप्पणीलाई वाशिङ्टनस्थित चिनियाँ दूतावासले 'एक्स'मा रिपोस्ट गरेको छ।
ट्रम्पले कार्यभार सम्हाले यताको यो सबभन्दा तीखो चिनियाँ प्रतिक्रिया हो। राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको छ।
बुधवार चिनियाँ प्रधानमन्त्री लि चियाङले यो वर्ष फेरि उसको चीनको रक्षा खर्च ७.२% ले बढाइने घोषणा गरे।
उनले "विश्वभरि एक शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेको" चेतावनी पनि दिए। यो वृद्धि गत वर्ष नै घोषणा गरिएको थियो र अपेक्षाकृत नै छ।
व्यापार युद्ध चर्किन लागेको हो

चीन युद्धका लागि तम्तयार
चीनले विगतमा पनि आफू युद्ध गर्न तयार भएको बताएको थियो। गत अक्टोबरमा राष्ट्रपति सी जिन्पिङले सेनालाई युद्धका निम्ति तयारी सुदृढ पार्न आह्वान गरेका थिए। त्यस बेला चीनले स्वशासित टापु ताइवान वरपर सैन्य अभ्यास गरेको थियो।
तर युद्धका निम्ति तयारी गर्नु र युद्धमा होमिनु भिन्नै कुरा हो।
वाशिङ्टनस्थित चिनियाँ दूतावासले उसको विदेश मन्त्रालयले अघिल्लो दिन अङ्ग्रेजीमा पोस्ट गरेको विषयलाई उद्धृत गरेको थियो। त्यसमा अमेरिकाले 'फेन्टनिल' लागुऔषध भित्रिनुमा चीनलाई दोष दिने गरेको पनि उल्लेख थियो।
"फेन्टनिलको मामिला अमेरिकाले चिनियाँ आयातमा ट्यारिफ लगाउनका निम्ति पेस गरिएको कमजोर बहाना हो," विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए।
"धाकधम्कीबाट हामी तर्सन्नौँ। डर देखाएर हामीसँग हुँदैन। दबाव दिनु, जबरजस्ती गर्नु र तर्साउनु चीनसँग व्यवहार गर्ने उचित तरिका होइन," उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।