काठमाडौं– विश्वको प्रसिद्ध हिन्दू धाम केदारनाथमा झण्डै १३ किलोमिटरको केबलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।
भारतको प्रेस इन्फरमेसर ब्युरोका अनुसार भारतको सोनप्रयागबाट केदारनाथसम्म पुग्ने १२.९ किलोमिटर लामो केबलकार परियोजना मोदी सरकारले स्वीकृत गरेको हो।
परियोजना ४० अर्ब बढी भारतीय रुपैयाँमा बन्ने बताइएको छ। केबलकार सार्वजनिक नीजि साझेदारीमा बन्ने भएको हो। यसले ९ घण्टाको यात्रालाई ३६ मिनेटमा छोट्याउने बताइएको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो निर्णयबाट केदारनाथ दर्शन गर्न जाने श्रद्धालुलाई सहज हुने र समय तथा पैसाको खर्च पनि कम हुने आशा व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।