• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकी कङ्ग्रेसमा राष्ट्रपति ट्रम्पले बोलेका के–के बोले? यी हुन् मुख्य–मुख्य कुराहरु

64x64
नेपाल लाइभ बुधबार, फागुन २१, २०८१  २१:३८
1140x725

काठमाडौं– गत जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि डोनल्ड ट्रम्पले बुधबार पहिलो पटक अमेरिकी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा "अमेरिकी सपना नरोकिने" घोषणा गरे।

संसद्‌मा अमेरिकी राष्ट्रपतिले दिएको सबैभन्दा लामो उक्त भाषणलाई रिपब्लिकनहरूले प्रशंसा गरेका छन्। उनले पद सम्हालेको ६ सातामा देशभित्र र अमेरिकी विदेश नीतिमा उथलपुथल देखापरेका बेला ट्रम्पले उक्त भाषण गरेका हुन्।

उक्त भाषणका बेलामा विपक्षी डेमोक्र्याटहरूले चाहिँ ट्रम्पलाई उल्याएका थिए।

इलोन मस्कलाई धन्यवाद
आफ्नो १०० मिनेट लामो भाषणको सुरुवाततिरै ट्रम्पले आफ्ना अरबपति सल्लाहकार इलोन मस्कको नाम लिए। मस्क चाहिँ ग्यालरीमा बसेर उनको भाषण सुनिरहेका थिए।

प्रविधि क्षेत्रका सर्वाधिक धनीमध्येका एक मस्क ट्रम्पले स्थापना गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीका हर्ताहर्ता हुन्। उक्त निकायले दशौँ हजार सङ्घीय कर्मचारीहरूलाई हटाएको छ भने अर्बौँ डलर वैदेशिक सहायतालाई रोकिदिएको छ।

सुट र नीलो टाई पहिरिएर ग्यालरीमा बसिरहेका मस्क आफ्नो आसनबाट उठे र ट्रम्पले दिएको धन्यवादप्रति हात उठाएर आभार प्रकट गरे।

"धन्यवाद इलोन," ट्रम्पले भने, "उनले धेरै कडा मेहनत गरिरहेका छन्। उनलाई यो आवश्यक थिएन।" राष्ट्रपतिले मस्कको खर्च कटौती योजनाअनुसार हटाइएका योजना र कार्यक्रमको सूची पनि त्यहाँ सुनाएका थिए। त्यस बेला रिपब्लिकनहरू हाँसेका थिए।

डेमोक्र्याटहरूले चाहिँ 'इलोनले चोर्छन्' र "झूट" भन्दै चिच्याएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

डेमोक्र्याटहरूले राष्ट्रपतिलाई गिज्याए
ट्रम्पले भाषण सुरु गरेको पाँच मिनटभित्रै टेक्ससबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि एआई ग्रीनलाई त्यहाँबाट सुरक्षाकर्मीले बाहिर निकाले। उनले सभामुखले राष्ट्रपति बोलिरहँदा अवरोध नगर्न र आफ्नो सिटमा बस्न दिएको आदेश पालन नगरेपछि बाहिर पठाइएको थियो।

ट्रम्पले बोलिरहँदा डेमोक्र्याटहरूले "यो झूट हो" भन्दै कराएका थिए। ह्वाइट हाउससहित अमेरिकाका दुवै सदनमा रिपब्लिकनहरूको कब्जा भएकाले डेमोक्र्याटहरू नेतृत्वविहीन जस्ता देखिएका छन्।

धेरै डेमोक्र्याट महिलाहरू प्रदर्शनका लागि गुलाबी रङका प्यान्टसुटहरू लगाएर आएका थिए। त्यसमध्ये कतिपयले त सर्टको पछाडि "प्रतिरोध" भनेर लेखेका पनि थिए र उनीहरू भाषणका बेलामा बाहिर गएका थिए।

"उनीहरूलाई खुसी पार्न मैले भन्न सक्ने कुनै पनि कुरा छैन," ट्रम्पले भने। डेमोक्र्याटिक पार्टीका तर्फबाट पार्टीको आधिकारिक प्रतिक्रिया दिएकी सिनेटरले ट्रम्पले "आफ्ना अरबपति साथीहरूलाई अभूतपूर्व उपहार" दिएको आरोप लगाइन्।

Xtrem

Xtrem

उनले अमेरिकालाई आर्थिक मन्दीतर्फ धकेल्ने चेतावनी पनि दिइन्।

जेलेन्सीको 'महत्त्वपूर्ण पत्र'
ट्रम्पले युक्रेनका नेताबाट एउटा "महत्त्वपूर्ण पत्र" प्राप्त गरेको बताए। त्यो युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको पोस्टसँग मिल्दो देखिएको छ।

युक्रेनी राष्ट्रपतिले युद्ध अन्त्य गर्न ट्रम्पको "उत्कृष्ट नेतृत्व"मा काम गर्न र "दिगो शान्तिका लागि सकेसम्म चाँडो वार्ताको टेबलमा बस्न" आफू तयार रहेको बताएका थिए।

"उनले यो पत्र पठाएकोमा म प्रशंसा गर्छु," ट्रम्पले भने। बजारमा उथलपुथल देखिएको भोलिपल्ट ट्रम्प संसद्‌मा बोल्दै थिए। उनले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि थप १० प्रतिशत कर लगाएपछि उत्पन्न हुन सक्ने व्यापार युद्धको असरबारे पनि बोलेका छन्।

तर उनले त्यसको "खासै असर नहुने" जस्तोगरी भाषण गरे। उनले त्यस्तो बोलिरहँदा अन्य उनका नीतिबारे उत्साहित देखिएका रिपब्लिकनहरू शान्त रूपमा आसनमा बसेका थिए। त्यसले उक्त दलभित्र पनि व्यापार युद्धबारे एक मत छैन भन्ने देखाउँछ।

आफ्नो कर नीतिले अमेरिकालाई फेरि महान् र धनी बनाउने पुरानै कुरा ट्रम्पले आफ्नो भाषणमा दोहोर्‍याए।

अण्डाको मूल्य बढ्नुमा बाइडनको दोष
अण्डाको बढ्दो मूल्य हालैका साताहरूमा अमेरिकी सञ्चारमाध्यमहरूले निरन्तर उठाएको विषय बनेको छ। ट्रम्पले मतदाताहरूलाई उनी राष्ट्रपति बनेपछि मुद्रास्फीति कम हुने बताएका थिए।

तर उनैका पालमा अण्डाको भाउ बढेपछि आलोचना भएको हो। तर भाषणमा उनले अण्डाको भाउ बढ्नुमा आफू जिम्मेवार नभएको बताए।

ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनले अण्डाको मूल्य नियन्त्रण बाहिर जान दिएको आरोप लगाउँदै त्यसलाई लयमा फर्काउन आफूले काम गरिरहेको दाबी गरे।

एउटा बालकको सपना साकार
ट्रम्पको भाषणका बेलाको सबैभन्दा चर्चित तथा सामाजिक सञ्जालमा धेरै फैलिएको घटना बन्यो एउटा बालकलाई उनले गरेको प्रस्ताव। मस्तिष्क क्यान्सर भएको पत्ता लागेका ती बालकलाई उनले आश्चर्यजनक प्रस्ताव गरेका थिए।

ट्रम्पले उनको चाहना अनुसार ती बालकलाई प्रहरी बनाउने बताए। उनको नाम जेडी ड्यानिअल हो र उनी १३ वर्षका बालक हुन्। ट्रम्पले उनको 'सेक्रेट सर्भिस'का नयाँ निर्देशकले ती बालकलाई फौजको सदस्यका रूपमा शपथ गराउने घोषणा गरे। ती खुसीले ओतप्रोत भएका थिए र उनलाई सुरक्षा सेवाका ती निर्देशकले 'सेक्रेट सर्भिस'को ब्याच प्रदान गरे।

वन्यजन्त संरक्षण केन्द्रको नाम परिवर्तन
संसद्‌मा दिएको भाषणका क्रममा ट्रम्पले टेक्ससस्थित वन्यजन्तु संरक्षण केन्द्रको नाम ह्युस्टनकी एक बालिकाको नाममा राखिएको बताए। ती १२ वर्षकी बालिकालाई गत वर्षको जुनमा कागजातविहीन आप्रवासीले हत्या गरेको बताइएको थियो।

ती बालिकाकी आमा पनि ट्रम्पकी पत्नीसँगै त्यहाँ उपस्थित थिइन्। ट्रम्पले कागजात नभएका आप्रवासीप्रति कडा नीति लिएका छन् र उनले सयौँ त्यस्ता आप्रवासीहरूलाई देशनिकाला गरिसकेका छन्।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
सम्बन्धित सामग्री
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर रूस–युक्रेन युद्धमा पठाइरहेको आरोप... बिहीबार, असोज ८, २०८३
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको... बिहीबार, असोज ८, २०८३
ट्रम्प टीभी के हो, व्हाइट हाउसले किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस् च्यानलमा ट्रम्पका भाषण, प्रशासनका निर्णय, सार्वजनिक कार्यक्रम तथा विगतका महत्वपूर्ण भिडिओ पुनःप्रसारण भइरहेका छन्। आवश्यकताअनुसार ह्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्