• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

हरेक बिहान पेट सफा हुनु किन आवश्यक छ ? कब्जियतको समस्या र समाधान

64x64
नेपाल लाइभ बुधबार, फागुन २१, २०८१  १३:२०
1140x725

स्वस्थ शरीरका लागि राम्रो पाचन प्रणाली आवश्यक छ, जसको सुरुवात सही रूपमा बिहान पेट सफा हुनुसँग जोडिएको हुन्छ । तर, पछिल्लो समय बच्चादेखि वृद्धसम्म कब्जियत (कॉन्स्टिपेशन) को समस्या देखिन थालेको छ । पेट सफा नहुनु सामान्य समस्या जस्तो लागे पनि, यदि लामो समयसम्म रहिरह्यो भने गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । कब्जियतका कारण पेटमा ग्यास, एसिडिटी, अपच, पेट फुल्ने, टाउको दुख्ने र शरीरमा थकान अनुभव हुनसक्छ ।

कब्जियत के हो ?

जब नियमित रूपमा दिसा गर्न गाह्रो हुन्छ, मल सुक्खा र कडा हुन्छ, र पेट सफा हुन समय लाग्छ भने त्यसलाई कब्जियत भनिन्छ । साधारणतया, एक व्यक्तिले हप्तामा तीन पटकभन्दा कम दिसा गरेको अवस्था कब्जियतको संकेत हो ।

कब्जियत हल्कादेखि गम्भीर हुनसक्छ । कहिलेकाहीँ खानपान परिवर्तन गर्दा कब्जियत हुन्छ, तर यदि यो लामो समयसम्म रह्यो भने गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । दीर्घकालीन कब्जले हेमोराइड्स (बवासीर), एनल फिसर (गुदद्वार चिरिने समस्या), र इर्रिटेबल बाउल सिन्ड्रोम (IBS) को सम्भावना बढाउँछ ।

किन हुन्छ कब्जियत ?

१) फाइबरयुक्त खाना नखाने

खानामा फाइबरको मात्रा कम हुँदा कब्जियतको समस्या निम्तिन्छ । फाइबरले पानी सोस्न मद्दत गर्छ, जसले मललाई नरम बनाउँछ र सजिलै निस्कन मद्दत गर्छ ।

२) कम पानी पिउनु

Ncell 2
Ncell 2
nimb
nimb

शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुँदा मल सुक्खा र कडा बन्छ, जसले गर्दा दिसा गर्न गाह्रो हुन्छ ।

३) दिसा रोक्ने बानी

धेरै मानिसहरू व्यस्त जीवनशैलीका कारण दिसा रोक्ने गर्छन् । तर, बारम्बार दिसा रोक्दा मल सुक्दै जान्छ र कब्जियतको समस्या बढ्छ ।

४) अनियमित जीवनशैली

व्यायामको कमी, अनियमित खानपान, राति अबेरसम्म जाग्ने, र मानसिक तनावले पनि पाचन प्रणालीमा असर गर्छ।

५) इर्रिटेबल बाउल सिन्ड्रोम (IBS)

आईबीएसबाट पीडित मानिसहरूलाई कब्ज, ग्यास, पेट फुल्ने, र पेट दुख्ने समस्या हुन्छ।

६) औषधीहरूको असर

केही औषधीहरूले पनि कब्ज निम्त्याउन सक्छन्, जस्तै– दर्द कम गर्ने औषधी (painkillers), एण्टिडिप्रेसन्ट, र उच्च रक्तचाप नियन्त्रण गर्ने औषधीहरू ।

कब्जियतको समस्या समाधान कसरी गर्ने ?

१) खानामा फाइबरको मात्रा बढाउने

फाइबरयुक्त खाना जस्तै– गहुँको पिठो, हरियो सागसब्जी, स्याउ, केरा, गाजर, चना, भटमास, अलैंची आदि खानुपर्छ ।

२) प्रशस्त पानी पिउने

दिनभरमा कम्तीमा ८–१० गिलास पानी पिउनुपर्छ ।  बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले कब्जियत कम हुन्छ ।

३) नियमित व्यायाम गर्ने

दैनिक रूपमा हल्का व्यायाम, योग, वा पैदल हिँड्नाले पाचन प्रणाली राम्रो हुन्छ ।

४) समयमै दिसा गर्ने बानी बसाल्ने

दिसा रोक्ने बानीले कब्जियत निम्त्याउँछ । बिहान उठ्नेबित्तिकै वा नियमित समयमा दिसा जाने बानी बसाल्नुपर्छ ।

५) तनाव कम गर्ने

धेरै तनाव लिने मानिसहरूमा कब्जियतको समस्या बढी देखिन्छ । ध्यान, योग, वा ध्यान केन्द्रित गर्ने अभ्यास गर्नाले मानसिक शान्ति मिल्छ ।

निष्कर्ष

हरेक बिहान पेट सफा हुनु स्वस्थ जीवनका लागि आवश्यक छ । यदि लामो समयसम्म कब्जको समस्या रह्यो भने, चिकित्सकको सल्लाह लिनु उचित हुन्छ । खानपान, जीवनशैली र पानीको मात्रा सुधार गरेमा यो समस्या समाधान गर्न सकिन्छ । स्वस्थ जीवनशैली अपनाएर कब्जको समस्या टारौं र स्वस्थ रहौं !

डा. अरुण कुमार सिंह, बालरोग विशेषज्ञ, एसोसिएट प्रोफेसर, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (बालबालिकाको डाक्टर साथी पुस्तकका लेखक) 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै
भदौ २३ को आन्दोलनमा बाह्य शक्तिले नेपाली युवालाई प्रयोग गरे : बस्नेत
प्रचण्डको प्रश्न– जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै बुधबार, भदौ २४, २०८३
भदौ २३ को आन्दोलनमा बाह्य शक्तिले नेपाली युवालाई प्रयोग गरे : बस्नेत बुधबार, भदौ २४, २०८३
प्रचण्डको प्रश्न– जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ? बुधबार, भदौ २४, २०८३
रविले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
कास्कीको किम्रुङ खोला सामान्य अवस्थामा फर्कियो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्