काठमाडौं– टिबुलर ब्याट्री उत्पादक कम्पनी डाइना प्लसका नेपालभरका डिलरहरुको भेला सम्पन्न भएको छ ।
शुक्रबार भक्तपुरको नगरकोटमा सम्पन्न भेलामा देशभरका डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कम्पनीका तर्फबाट भारतीय प्रतिनिधि प्रेम चौधरीको उपस्थिति रहेको थियो ।
स्मार्ट एण्ड डिजी होम प्रालिले आयोजना गरेको कार्यक्रममा चौधरीले ब्याट्रीका बारेमा प्रस्तुति दिएका थिए ।
दुई वर्षअघि मात्र नेपाल भित्रिएका यस कम्पनीका ब्याट्रीले अहिले बजार लिन थालेको उनको भनाइ थियो । सवारी साधन र घरेलु वैकल्पिक विद्युत्का लागिसमेत उपयोगी यो ब्याट्रीको नेपाली बजारमा देखिएको उत्साहजनक बिक्रीले कम्पनी उत्साहित भएको उनको भनाइ थियो ।
स्मार्ट एण्ड डिजी होमका सञ्चालक मुकेश पोखरेलले ब्याट्रीको नेपाली बजारमा रहेको अवस्थाबारे जानकारी दिएका थिए । आगामी दिनमा थप विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।