• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकामा ज्वरो आउँदा हुने मिर्गी

64x64
नेपाल लाइभ शनिबार, फागुन १७, २०८१  ०९:४९
1140x725
डा दिपक मोक्तान, बालरोग विशेषज्ञ

६ महिनादेखि ५ वर्षसम्मका उमेर समूहका बालबालिकामा कुनै पनि कारणले १००.४ डिग्री भन्दा माथि ज्वरो बढ्दा हुने मिर्गी वा मूर्च्छालाई अंग्रेजीमा फेब्राइल सिजर भानिन्छ।  यस उमेर समूहकॊ बालबालिकामा यो समस्या करिब ३ देखि ५ प्रतिशतसम्म देखिएको छ अर्थात् हरेक १०० जनामध्ये ३ देखि ५ जनामा पाइन्छ। 

यो समस्यामा बच्चा बेहोश हुने, हातखुट्टा र जिउ कडा हुने वा काम्ने, आँखा पल्टाउने, मुखमा फिँज आउने, सास लिन गाह्रो हुने र ऒठ नीलो हुने, जीब्रो टोक्ने, दाँत किट्ने आदि लक्षणहरु देखिन्छ।  कतिपय बच्चाले दिशापिसाब पनि गर्ने हुन्छ। यो प्राय: एकपटक ज्वरो आउँदा एकपटक आउँछ, ५ मिनेटभन्दा कम हुन्छ र आफैं रोकिन्छ। तर, कुनै-कुनै बच्चामा भने यो २४ घण्टाभित्र एकपटक भन्दा बढी हुने, लामो अवधिसम्म हुने (१५ मिनेट भन्दा बढी ) र शरीरको कुनै एक भाग मात्रै काम्ने वा कडा हुने गर्दछ। जसलाई अँग्रेजीमा कम्प्लेक्स फेब्राइल सिजर भनिन्छ। बच्चा काम्न वा कडा हुन रोकिएपछि केही समय सुस्त हुने, निदाउने वा निदाउला जस्तो हुन्छ। केही समयभित्रै बच्चा सामान्य अवस्थामा फर्किन्छ। यदि बच्चा काम्न छोडेको लामो समयसम्म पनि सामान्य अवस्थामा आएन भने अरु गम्भीर समस्या जस्तै दिमागको संक्रमण वा अरु रोगको लक्षण हुनसक्छ।  यस्तो अवस्थामा तुरुन्त अस्पताल लगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ। 

यो रोगमा लक्षण छारे रोगमा जस्तै काम्ने, बेहोस हुने, आँखा पल्टाउने आदि भएतापनि यो छारेरोग हैन र छारे रोगमा जस्तो औषधि खानु पर्दैन। यसले बच्चाको शारिरीक, मानसिक तथा दिमागको बिकासमा असर गर्दैन। यो समस्या यदि आफ्नो नजिकको परिवारको सदस्यमा छ भने बच्चामा हुन सक्ने जोखिम बढी हुन्छ। 

यो रोग ज्वरो बढेपछि हुने हो। यस समस्यामा ज्वरोको कारण जे पनि हुनसक्छ । ज्वरोको प्रमुख कारणहरूमा भाइरल ज्वरो, रुघाखोकी ज्वरो, कान तथा घाँटीको संक्रमण, निमोनिया, पिसाबको संक्रमण, झाडापखाला आदि हुन् । यदि मूर्च्छा ज्वरो बिना नै आएको छ भने वा कहिले ज्वरोसँग आउने अनि कहिले ज्वरो बिना नै आउने भयो भने र लामो समयसम्म आयो भने यो अरु रोगको कारण हुनसक्छ र यसको पहिचानको लागि बेलैमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ। 

सामान्यतया यो रोगको निदानको लागि परीक्षणहरू जस्तै दिमागको एमआरआई/ईईजी  वा दिमागको पानीको जाँचको आवश्यक पर्दैन।  तर ज्वरोको कारण पत्ता लगाउन भने रगत, पिसाब आदिको जाँच आवश्यक हुनसक्छ । यसको उपचार भनेको ज्वरोको कारणको उपचार हो। ज्वरो जुन समस्याले भएको हो, त्यो समस्याको उपचार हो । बच्चालाई अरु रोगको ज्वरोमा जस्तै प्रशस्त झोल खाने कुरा दिने, सिटामोल दिने तथा चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने हो। सिटामोलले ज्वरो घटाएर बच्चालाई आराम बनाउँछ तर यसले बच्चालाई मूर्च्छा पर्नबाट बचाउँदैन। त्यसैले सिटामोलको सही प्रयोग गर्नुपर्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

मूर्च्छा परेको समयमा भने तल उल्लेखित साबधानीहरू अपनाउनुपर्दछ ।  
- आफू नआत्तिकन सुरु भएको समय हेर्नुहोस्।  
-बच्चालाई पानी, आगो वा धारिलो बस्तुबाट टाढा सुरक्षित स्थानमा कोल्टे पारेर भुइँमा सुताउनुहोस्।  
-लुगा कस्सिएको छ भने खोल्नुहोस्। विशेषगरी घाँटी वा छातीको लुगालाई ध्यान दिनुहोस् किनकि यसले सास फेर्न असजिलो बनाउँछ।  
-बच्चाको मुखमा औंला वा अरु केही बस्तु नहाल्नुहोस्।  यस्तो अवस्थामा बच्चालाई मुखबाट केही पनि (औषधी समेत) खुवाउन मिल्दैन।  यसले सर्किन सक्छ र फोक्सोमा क्षती पुग्छ । 
-काम्न कम गर्न भनेर बच्चाको हातखुट्टा समाउने नगर्नुहोस्। सम्भव छ भने मोबाइलबाट भिडियो बनाउनुहोस्।  यो भिडियो हेरेर चिकित्सकलाई निदान गर्न सजिलो हुन्छ। 
- ५ मिनेटसम्म पनि बच्चा कामिरहेमा, काम्न छोडेको लामो समयसम्म पनि सामान्य अवस्थामा नफर्केमा तथा कुनै हातखुट्टा चलाउन नसकेमा वा लुलो भएमा अस्पताल लग्नुपर्दछ। तर बच्चामा पहिलोपटक मूर्च्छा समस्या आएको हो भने तुरुन्त अस्पताल लग्नुपर्दछ।  
माथि भनेझैं यौ समस्या छारे रोग हैन। तर निम्न अवस्थामा भने भबिश्यमा छारेरोग हुन सक्ने जोखिम बढाउँछ। 

-यदि नजिकको परिवारको अरु सदस्यमा छारे रोग छ भने,
-बच्चाको मानसिक र शारीरिक विकासमा समस्या छ भने,
-यदि मूर्च्छा पर्दा बच्चा १५ मिनेटभन्दा बढी अवधि हुने र एकपटकको ज्वरोमा १ पटक भन्दा बढी मूर्च्छा भएमा । 

यो समस्या करिब ३ जनामध्यॆ १ जना बच्चालाई एकपटक भएपछि ५ वर्षको उमेरसम्म ज्वरो आउदा दोहोरिन सक्छ। पहिलोपटक यो समस्या हुदा बच्चा १८ महिना भन्दा कम उमेरको छ भने, एकपटक ज्वरो आउँदा एकपटक भन्दा बढी मूर्च्छा परेको छ भने र परिवारको अरु सदस्यमा पनि येस्तै समस्या छ भने ५ वर्ष सम्म दोहोरिने खतरा बढ्छ। यस जोखिमलाई कम गर्ने औषधि हुँदैन र कुनै औषधि खुवाउनु पर्दैन । ज्वरोको औषधि र ज्वरोको कारणको उपचारको लागि भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ।

Xtrem
Xtrem

(डा मोक्तान हाल बेलायतको लन्डनस्थित अस्पतालमा बालमस्तिष्क तथा स्नायु रोगमा फेलोसिप गर्दै छन्)

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्