काठमाडौं– अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ।
युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो थिएन’भनी प्रतिक्रिया पनि दिएका छन्।
दुबै नेताले सामाजिक सञ्जालमार्फत आ-आफ्नो प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ । जेलेन्स्कीले ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ र सम्बन्ध बचाउन सकिने भनी प्रतिक्रिया जनाउँदा ट्रम्पले शान्तिका लागि तयार भए उनी (जेलेन्स्की) फिर्ता आउन सक्ने भनी पोष्ट्याए।
जेलेन्स्कीलाई ट्रम्पले भनेका छन्- ‘तपाईंको व्यवहार सम्झौता गर्नेजस्तो छैन । ख्याल गर्नुहोला, रुससँग युक्रेनले युद्धमा कहिल्यै जित्न सक्दैन।चर्काचर्की बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याइरहेको‘ आरोपसमेत लगाएका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेसीएनएन टवर्कको कार्यक्रम "द सोर्स" मा बोल्दै, रुबियोले आजको सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोडोमिर जेलेन्स्की बीचको भेटलाई "विफलता" को रूपमा वर्णन गरे र युक्रेनी नेताले माफी माग्नु पर्ने बताए।
"उनी त्यहाँ गएर विरोधी बन्न आवश्यक थिएन," रुबियोले जेलेन्स्कीको बारेमा भन्छन्।
यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो। यसै बैठकमा हस्ताक्षर गर्ने तयारी भए पनि बैठक तनावपूर्ण भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।