काठमाडौँ – बिश्व कै धनाढ्य व्यक्ति तथा अमेरिकाको सरकारी दक्षता विभागका प्रमुख इलन मस्कले संघीय कर्मचारीलाई गत हप्ता के उपलब्धी भयो भन्दै पाँच बुँदामा जवाफ पठाउन निर्देश दिएका छन् । यसरी उत्तर नदिनेलाई राजिनामा ठानिने चेतावनी समेत दिएका छन् । अमेरिकी संघीय कर्मचारीहरूलाई पठाइएको नयाँ निर्देशन अनुसार, कर्मचारीहरूले अघिल्लो हप्ताको आफ्नो कामको विवरण प्रस्तुत गर्नुपर्ने भएको छ ।
कर्मचारी व्यवस्थापन कार्यालय (ओपिएम)बाट पठाइएका बिधुतिय डाक (ईमेल)हरूमा कर्मचारीहरूलाई आफ्ना उपलब्धिहरूको झण्डै पाँच बुँदा तयार पार्न र आफ्नो प्रबन्धकलाई बोधार्थ दिन भनिएको छ । समयसीमा आगामी सोमबार राति ११ः५९ पूर्वीय सम्म तोकिएको छ ।
यद्यपि बिधुतिय डाक (ईमेल)मा नपठाएमा हुने परिणामबारे केही उल्लेख गरिएको छैन् । तर इलन मस्क जो सरकारी दक्षता विभाग (डिओजीइ) को प्रमुख हुन् उनले आफ्नो सामाजिक सञ्जाल एक्समा मा घोषणा गर्दै उत्तर नपठाएमा कर्मचारीहरूले राजीनामा दिएको मानिनेछ भनेका छन् । यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय प्रशासनलाई कटौतीगर्ने योजनासँग सम्बन्धित छ । ट्रम्पले मस्कलाई रुढीबादी सम्मेलनमा अझ आक्रामक हुन प्रोत्साहित गरेपछि उनले यो गरेका हुन् ।
मस्कको नेतृत्वमा सरकारी दक्षता विभागले विभिन्न बचत कार्यक्रम सञ्चालन गरिरहेको छ । संघीय कर्मचारी कटौती, ठेक्काहरू रद्द गर्ने, र लागत घटाउने प्रयासमार्फत ५५ बिलियन डलर जति बचत भइसकेको दाबी गरिएको छ । अहिलेको लक्ष्य संघीय घाटा १ खर्बले घटाउनु हो ।
नयाँ निर्देशनले संघीय कर्मचारीहरूबीच चिन्ता सिर्जना गरेको छ । कतिपय विभागहरूले कर्मचारीहरूलाई तत्काल प्रतिक्रिया नदिन सल्लाह दिएका छन् । यो कदम ट्रम्प प्रशासनको संघीय कर्मचारी कटौतीको ठूलो योजनाको एक हिस्सा हो भन्दै कतिपयले व्याख्या गर्न थालेका छन् । एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।