एजेन्सी – प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार थप दुई जना इजरायली बन्दीलाई रिहा गरेको छ । शनिबार रिहा गर्न लागेका ६ जनामध्ये पहिलो दुई बन्धकलाई छाडेको हो । रिहा हुनेहरु मध्य ताल शोहम र अभेरा मेनगिस्टु रहेका छन् ।
राफाहबाट रिहा गरिएका उनीहरूलाई रेसक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । मेनगिस्टु सन् २०१४ देखि हमासको कब्जामा रहेका थिए भने ४० वर्षीय शोहमालाई भने सन् २०२३ को अक्टोबरमा बन्धक बनाइएको थियो ।
बाँकी ४ बन्धकलाई मध्य गाजाको नुसेइरतबाट रिहा गरिने बताइएको छ । यसको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने इजरायली सञ्चार माध्यामहरुले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।