एजेन्सी– यस हप्ता गलत पहिचान नभएको शव फिर्ता गरेको आरोप लागेपछि हमासले ६ जना बन्धक छाडेको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।
गत महिना सहमति भएको युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ जनाको समूहका अन्तिम जीवित बन्धकहरूमध्ये छ जनालाई बिहान ८.३० बजे हस्तान्तरण गरिने अपेक्षा गरिएको लडाकू समूह हमासका अधिकारीहरूले बताएका छन्।
जसमा आजीवन कारावासको सजाय पाएका ५० जना र लामो जेल सजाय भोगिरहेका अन्य ६० जना रहेका छन्।
रिहा हुनेमा २०११ को सम्झौअन्तर्गत रिहा भएर पुनः पक्राउ परेका ४७ जना प्यालेस्टिनीहरू र अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका ४४५ जना प्यालेस्टिनीहरूलाई पनि रहेका सञ्चार माध्यमले जनाएका छन्।
६०३ प्यालेस्टिन रिहाको बदलामा हमासले ६ जना इजरायली बन्दी मुक्त गर्नेछ। मुक्त गरिन लागेकाहरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद रहेका छन्।
हालसम्म इजरायलले १९ जना बन्धकहरूलाई फिर्ता पाइसकेको छ भने चार जनाको शव प्राप्त गरेको छ। आगामी हप्तामा थप चार शव फिर्ता गर्ने हमासको तयारी छ। यससँग सम्झौताको पहिलो चरण सम्पन्न हुनेछ।
यस सम्झौताअन्तर्गत इजरायलले अहिलेसम्म एक हजार १३५ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिसकेको छ, जसमा आजीवन कारावास भोगिरहेका थुप्रै कैदीहरू समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।