• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

रमजानको समयमा मधुमेहका बिरामी र जोखिममा रहेकाहरुले अपनाउनुपर्ने सावधानी

64x64
नेपाल लाइभ शनिबार, फागुन ३, २०८१  २१:५०
1140x725

मुसलमानहरुका लागि वर्षको सबैभन्दा पवित्र महिना रमजान नेपालमा फेब्रुअरी २८ देखि शुरु हुन गइरहेको छ। रमजानको पालना इस्लामको ५ वटा स्तम्भमध्ये एक हो र विश्वभरका मुस्लिमहरु पूरा महिना व्रत (रोजा) बस्छन्। कुरानमा वर्णन गरेअनुसार रमजानको पवित्र महिनाको अबधिमा ज्यान जोखिम बनाउन सक्ने दीर्घ रोगहरु जस्तो मधुमेह भएका केही व्यक्तिहरु वाहेक सवै स्वस्थ्य वयस्क मुस्लिमहरु रोजा बस्नु अनिवार्य हुन्छ। यस अवधिमा दीर्घ रोगीहरु जस्तो मधुमेह लगायत केही व्यक्तिहरुलाइ रोजा बस्न छुट दिइएको भएतापनि धेरै मुस्लिम मधुमेह रोगीहरु पनि रोजा बस्ने गर्छन्  (सुरह अल बाक्वाराह  १८४-१८५)।

c

बिश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। नेपाल जनगणना २०११ अनुसार नेपालमा १० लाख मुस्लिमहरु छन् तर मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्याङ्क छैन। 

रोजा राख्दा हुने शारीरिक लाभहरु
•    शरीरको वजन कम हुन्छ
•    ग्लुकोज को नियन्त्रण हुन्छ
•    बोसोको मात्रामा सुधार हुन्छ
•    रक्तचाप नियन्त्रण हुन्छ
•    प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ
•    शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कन्छ

रमजानको समयमा मधुमेह बिरामीहरुमा हुने जोखिमहरु
•    रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु 
•    रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु
•    शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (जलवियोजन हुनु)
•    टाइप १ मधुमेह विरामीहरुको रगतमा एसिड जम्मा हुनु

जोखिम कम गर्न के गर्नुपर्छ ?
•    रोजा बस्ने निर्णय गर्नु भन्दा ६-८ हप्ता अगाडी चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मूल्याङ्कन गर्नपर्छ।
•  ‘अन्तराष्ट्रिय मधुमेह महासंघ (आईडीएफ)’ र ‘मधुमेह र रमजान (डीएआर)’ अन्तर्राष्ट्रिय गठबन्धन (आईडीएफ-डीएआर) २०१६'मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेह बिरामीहरुलाई ३ जोखिम समूहमा वर्गीकृत गरिएको छ। यसलाइ इजिप्टको मोफ्टीले अनुमोदन गरेको छ।

o    धेरै उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नै मिल्दैन।
o    उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नु हुदैन।
o    मध्यम/कम जोखिम:- मधुमेह बिरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ।
•    मधुमेह बिरामी र परीवारिक सदस्यहरुले निम्न कुराहरुको वारेमा जानकारी राख्नुपर्छः
o    स्वस्थ्य पोषण
o    नियमित व्ययाम
o    औषधि र मात्रा को समायोजन
o    नियमित ग्लुकोजको जाँच
o    रगतमा अत्यधिक कम ग्लुकोज (हाइपोग्लिसिमिया) हुँदा देखिने लक्षणहरु
o    रोजा तोड्न मिल्ने अवस्थाहरु

रमजानको समयमा भोजनको योजना 
शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरिजलाई सेहरी र इफ्तारको बिचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ।
•    अत्यधिक फाइबरयुक्त खाना खानुपर्छ।
•    फलफूल, तरकारीहरु र सलादहरु प्रशस्त मात्रामा खानुपर्छ।
•    सुर्यास्त र सुर्योदयको विचमा प्रशस्त तरल पदार्थ पिउनुपर्दछ।
•    गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरलपदार्थको सेवन गर्नुहुँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

इफ्तार
•    तरल पदार्थहरू - नरिवल पानी / कागती पानी (चिनी नभएको), अमिलो फल को रस - १ गिलास
•    फलहरू - कुनै एक गुलियो फल (१-२ भाग)
•    मुरी / चिउरा / ओट्स / नूडल्स- १ कप
•    पियाजी- १ पिस
•    उमालेको छोला -१/२ कप, चप – १ पिस, कबाब- १-२ पिस
•    काक्रो, अमिलो फलको रस, नरिवल पानी - इच्छा अनुसार 

बेलुकाको खाना
•    रोटी- २ / चामल १-१.५ कप (१२०-१८० ग्राम)
•    माछा / मासु / अण्डा - १ पिस
•    तरकारी, सलाद - इच्छा अनुसार 
•    दाल- १ कप

सेहरी
•    चावल- २ कप (२५०-३०० ग्राम)
•    माछा / मासु- २ पिस
•    तरकारी, सलाद - इच्छा अनुसार 
•    दाल- १ कप
•    दूध- १ कप 

रमजानको समयमा व्यायाम 
•    रोजाको समयमा कठोर व्यायाम नगर्नुहोस्, किनभने यसले गर्दा रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमी हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्याधिक कम हुन सक्छ (जलवियोजन हुन सक्छ)।
•    तारावीह प्रार्थनामा गरिने शारीरिक श्रमलाई दैनिक व्यायामको भागको रूपमा मान्न सकिन्छ।
•    खाना खाएको १-२ घण्टा पछि व्यायाम गर्न सकिन्छ।
रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन
•    औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रमजानको समयमा ध्यान दिनुपर्ने कुराहरु
•    कुरानले स्पष्ट रूपमा भनेको छ कि यदि कुनै बिरामी छ भने 'छुटेको रोजा (ब्रत) अर्को समयमा पूरा गर्नुपर्दछ' किनकि 'अल्लाह तपाईंको लागि सहजता चाहन्छन् र तपाईंलाई कठिनाइमा राख्न चाहदैनन्।' मधुमेह बिरामीहरू ‍खानेकुरा तथा औषधिको समुचित प्रयोग बारे जानकार नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन्, किनकि तिनीहरू एकल वा बहु‍औषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन्। जसले हाइपोग्लिसेमिया वा हाइपरग्लिसेमिया निम्त्याउन सक्छ। मधुमेह बिरामीहरूले कुनैपनि शारीरिक रोगमा रोजा (ब्रत)  तोड्नुपर्ने हुन सक्छ। यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ, जुन इजिप्टको सर्वोच्च धार्मिक नियामक प्राधिकरण तथा विश्व-प्रसिद्ध इस्लामिक शैक्षिक संगठन अल-अजहरको  विद्वान हो। 

•    प्रत्येक मधुमेह बिरामी जसले रोजा राख्न चाहन्छ आफ्नो रगतमा ग्लूकोजको मात्राको अनिवार्य रुपमा स्वयं अनुगमन गर्नुपर्छ र यसरी रगतमा ग्लूकोजको परिक्षण गर्दा रोजा धार्मिक रुपमा अवैध हुदैन भनि जोड दिनुपर्छ।
•    रगतमा ग्लूकोजको मात्राको अनुगमन
o    इफ्तारको अघि
o    इफ्तार, रातीको खाना र सेहरीको २ घण्टा पछि 
o    मध्य दिन
o    यदि कम वा उच्च रगत ग्लूकोजको लक्षण छ भने वा अस्वस्थ महसुस गर्दै हुनुहुन्छ भने कुनैपनि समय।

रोजा तोड्न मिल्ने अवस्थाहरु
•    रगतमा ग्लूकोजको मात्रा <७० एमजी/डीएल (३.९ एमएमओएल/एल ) भएमा
•    रगतमा ग्लूकोजको मात्रा >३०० एमजी/डीएल (१६.७ एमएमओएल/एल) भएमा
•    अस्वस्थ महसुस भएमा
•    रगतमा ग्लूकोजको मात्रा अत्यधिक कमी (हाइपोग्लिसिमिया) हुँदाको लक्षणहरु देखिएमा (जस्तो पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढ्नु आदि)
•    अन्य समयहरु (जस्तो, अत्यधिक पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु आदि)

के गर्दा तपाईंको रोजा टुट्दैन? 
•    रगतबाट ग्लुकोज परिक्षण गर्दा
•    इन्सुलिन इन्जेक्सन लिँदा

रमजान समाप्त भएपछि ध्यानदिनुपर्ने कुराहरु
•    इद-उल-फितरको समयमा अत्यधिक-खानाहरू (विशेष गरी मिठाइ) बाट बच्नुहोस्, किनकि यसले उच्च रक्त ग्लुकोज निम्त्याउन सक्छ।
•    औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सक संग सल्लाह गर्नुहोस्। 

•    रमजानको समयमा हाइपोग्लिसिमिया वा हाइपरग्लिसेमियाको घटनाहरू भएको थियो भने रमजानको अर्को वर्षको योजना बनाउँदा विशेष सावधानी अपनाउनुहोस्।

(डा यादव विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा कार्यरत छन्)

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्