काठमाडौँ- काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा गाडी चालकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ।
बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो। उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।
उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङतर्फ जाँदै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।