• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पहिचान र सामर्थ्यका आधारसहित १० प्रदेशको संरचना बनाउनुपर्छः डा भट्टराई

64x64
नेपाल लाइभ बिहीबार, असोज ३, २०८१  ११:३४
1140x725

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिचानका पाँच र सामथ्र्यका चार आधारसहित दश प्रदेशको संरचना बनाउनुपर्ने धारणा राखेका छन्।

साथै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद नभएसम्म देशमा राजनीतिक स्थीरता नहुने समेत बताएका छन्।

संविधान दिवसको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान निर्माणका क्रममा त्रुटी भएको बताएका हुन्। ‘हामीले पहिचानका पाँच आधार भनेर भाषिक पहिचान, जातिय पहिचान, सांस्कृतिक पहिचान, ऐतिहासिक पहिचान, भौगोलिक पहिचान र सामर्थ्य भनेको आर्थिक सामर्थ्य, भौगोलिक निरन्तरता लगायतका जुन आधार तय भएको थियो, त्यसमा टेकेर प्रदेश बनाउनुपर्थ्यो,’ भट्टराईले भनेका छन्, ‘त्यो भनेको दश प्रदेशको मोडेल हुन्थ्यो।’

तर संविधान निर्माणताका संघीयताको पक्षमा नदेखिएका कांग्रेस–एमालेले बलमिच्याइँ गरेर सात प्रदेशमात्र बनाएको उनको भनाइ छ। ‘खासगरी कांग्रेस–एमालेका साथीहरु, जो उहाँहरु संघीयताको पक्षमा हुनुहुन्थेन, उहाँले बलमिच्याइँ गरेर सात प्रदेश बनाउनु भयो,’ भट्टराई भन्छन्, ‘सात प्रदेशको पनि खासै आधार निर्माण भएन। त्रुटी त्यहीँबाट शुरु भयो।’

भट्टराईले भने, ‘नेपालजस्तो बहुजातिय, बहुभाषिक मुलुकमा हामीले पहिचान र अधिकारसहितका संघीयतामा जानुपर्छ भनेर संविधान सभाको समिति र आयोगले जे भनेको थियो, त्यसअनुसार जानुपर्थ्यो केही मान्छेहरुले दोस्रो संविधान सभामा बलमिच्याइँ गरेर बिना आधारका जुन संघीय प्रदेशहरु बने र बनेका अधिकार पनि तल प्रदेशहरुमा नदिएर केन्द्रले नै अधिकार खिचेर राख्यो।’

nimb
nimb
Ncell 2
Ncell 2

शासकीय स्वरुपमा समेत त्रुटी रहेको भन्दै भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा नगएसम्म राजनीतिक स्थिरता नहुने दाबी गरेका छन्। साथै पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद नभएसम्म सबैको प्रतिनिधित्व हुने संसद र कामकाजी नहुने उनको भनाइ छ।

अहिले कांग्रेस एमालेले संविधान अपुरो रहेछ भन्ने बुझेर संविधान संशोधन गर्ने कुरा गरेको भन्दै भट्टराईले त्यसलाई सकारात्मक मानेका छन्। तर उनीहरुले केलाई संशोधन गर्न खोजेको हो भन्ने स्पष्ट नभइसकेको भट्टराईले बताएका छन्। तर उनीहरुको विगतको धारणाबाट भने शंका गर्ने ठाउँ रहेको उनले बताएका छन्।

‘म संवैधानिक समितिको सभापतिको नाताले त्यतिबेला संवैधानिक समितिमा जुन खालका प्रश्ताव काँग्रेस–एमालेबाट प्रस्तुत भएको थियो। त्यो हेर्ने हो भने फेरि शंका गर्ने ठाउँ छ। किनभने यो संविधान जे–जति लेखिएको छ, जे–जति समावेशी, समानुपातिक अधिकारहरु दिइएको छ, संघीय ढाँचा जुन बनेको छ, धर्म निरपेक्षता लगायत जुन प्रावधान छन्, उहाँहरु त्यो पक्षमा हुनुहुन्थेन,’ भट्टराईले भनेका छन्, ‘त्यसो भएको हुनाले कतै यी भएका उपलब्धिलाई समेत कमजोर पार्ने त होइन भन्ने शंका त छ। तर उहाँहरुले आफ्नो प्रस्ताव नल्याएसम्म अहिले त्यो बारेमा धेरै कुरा नगरौँ।’

कांग्रेस–एमालेमा संविधानलाई २०४७ सालतिरै फर्काउने सोच रहेको भन्दै यदि त्यसो गरेमा आफ्नो खुट्टामा आफैं बञ्चरो हानेजस्तो हुने भट्टराईले बताएका छन्। ‘उहाँहरुको ०४७ सालतिरै फर्काउने सोच हो। मैले संकेत गरेको पनि त्यही हो। त्यसो गर्नुहुन्छ भने उहाँहरुले आफ्नै खुट्टामा बञ्चरो हानेजस्तो हुन्छ,’ भट्टराईले भनेका छन्, ‘…उहाँहरुले त्यस्तो खालको दुःस्वप्न देख्नुभयो भने उहाँकै निम्ति बहुत घातक हुन्छ। देशलाई नोक्शान हुन्छ। त्यसैले त्यो उल्टो दिशाको यात्रा हुन्छ, प्रतिगमन तर्फको यात्रा हुन्छ। त्यो नहोस् भन्ने म चाहन्छु।’

उनले संविधान संशोधन गर्दा केन्द्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने धारणा राखेका छन्। सँगसँगै केन्द्रमा प्रतिनिधि सभा र प्रदेशमा प्रदेश सभा पूर्णरुपले समानुपातिक हुनुपर्ने उनको धारणा छ। ‘समानुपातिक अहिलेजस्तो दलहरुका नेताहरुले खल्तीबाट झिक्ने होइन कि महिला महिलासँग प्रतिष्पर्धा, दलित दलितसँग प्रतिष्पर्धा जनजाति जनजातिसँग प्रतिष्पर्धा गर्ने ढंगले समानुपातिक तर प्रत्यक्ष निर्वाचित। यस्तो चाहिँ प्रदेश सभा र प्रतिनिधि सभा हुनुपर्छ। मन्त्रीमण्डल संसदभन्दा बाहिरबाट बनाइनुपर्छ। प्रदेश सभा र प्रतिनिधि सभाले ऐन, कानुन बनाउने र सरकारको निगरानी गर्ने काम गर्छन्। मुख्य सुधार यो गर्नुपर्छ।’

उनले अधिकारको बाँडफाँट ठिक ढंगले गर्नुपर्ने, अदालत प्रणाली पनि संघीय ढाँचामा संघ, प्रदेश र जिल्लाको सट्टा तीन÷चारवटा स्थानीय तहलाई पायक पर्नेगरी स्थानीय अदालत र स्थानीय न्यायिक समितिलाई सबलीकरण गरी न्यायिक प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखेका छन्।

यसैगरी संवैधानिक अंग र आयोगहरुमा दलिय मान्छेहरु मात्र रहेको भन्दै उनले संवैधानिक अंगहरुलाई बढी स्वतन्त्र, स्वायत्त बनाउनुपर्नेमा जोड दिएका छन्। भ्रष्टाचार नियन्त्रण गर्न बलियो संयन्त्र बनाई सबैलाई कारबाही गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउँदै भट्टराईले भनेका छन्, ‘यसो हुनसक्यो भने संविधान ठिक ढंगले कार्यान्वयन हुन्छ। त्यसको निम्ति संविधान कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता म राख्छु।’

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँ’ : खगेन्द्र सुनार
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
सम्बन्धित सामग्री
‘भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँ’ : खगेन्द्र सुनार प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। सोमबार, भदौ ८, २०८३
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी पाक्षिक अवधिको कार्यतालिका स्व... सोमबार, भदौ ८, २०८३
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज कारण देखाऊ आदेश दिएको हो। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
‘भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँ’ : खगेन्द्र सुनार सोमबार, भदौ ८, २०८३
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत सोमबार, भदौ ८, २०८३
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी सोमबार, भदौ ८, २०८३
प्रसाईँलाई घरबाहिर निस्कन नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश सोमबार, भदौ ८, २०८३
होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया? सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्