काठमाडौं– गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो रिलिज गरिएको छ।
गायक स्वयमकै शब्द, सङ्गीत तथा लयमा तयार भएको घुम्दै घुम्दै आको बोलको गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक गुरुङ बताउँछन्।
अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर गायक गुरुङले भर्जिनिया राज्यमा नै सार्वजनिक गीतको भिडियो छायाङ्कन गरेका हुन्। भिडियो झट्ट हेर्दा लाग्छ यो नेपालमा नै खिचिएको हो। जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाइ तथा दिदी बहिनीहरूको अभिनय देख्न सकिन्छ
भिडियो गुरुङ समुदायमा प्रचलित रोधी संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरू मौलिक गुरुङ भेसभुसामा सजिएको देख्न सकिन्छ।
सार्वजनिक गीतको एरेन्ज , मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायाङ्कन अनिश खासा (निरेश) र मनिश मर्हजनले गरेका हुन्। गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।