• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

‘यात्राको लय’ मा लहरिँदा

रामसुन्दर देउजा शुक्रबार, साउन २५, २०८१  १२:२१
1140x725

जीवन यात्रा हो। मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै रुपले यात्रा गरिरहेकै हुन्छ। यात्रामा अनेक उतारचढाव आउँछन्। आरोह-अवरोह पार गर्नुपर्ने हुन्छ। यात्रा कति सुखद हुन्छन् त कति कष्टपूर्ण।

जसरी नदी पहाडबाट झरेर अनेक घुम्तीहरु पार गर्दै पत्थरसँग रगडिँदै सगरमा पुगेर विश्राम लिन्छ, मान्छेले पनि आफ्नो जीवनकालमा उकाली-ओराली झेल्दै अघि बढ्नुपर्छ। यात्राको क्रममा नयाँनयाँ भूगोल, नयाँनयाँ संस्कृति, नयाँनयाँ प्रकृति अध्ययन-अनुभव गर्ने मौका पाइन्छ।

यात्रामा बटुलेका यस्तै अनुभूतिजन्य तिता-मिठा अनुभवहरुलाई नियात्राकार प्रदीप सापकोटाले ‘यात्राको लय’ मार्फत व्यक्त गरेका छन्। यात्राको लयमा यात्राका सत्र वटा अनुभवलाई अगाडि सारेका छन् उनले। यात्रा साहित्यकै यात्राका इन्द्रेणी रङ नियात्रासङ्ग्रह (२०७७) सार्वजनिक गरिसकेका सापकोटाको मनको वारपार मुक्तकसङ्ग्रह (२०७८) पनि प्रकाशित भइसकेको छ। 

यात्राको लयमा समेटिएका यात्रा अनुभवको पहिलो शीर्षकमा रहेको सकसपूर्ण यात्राको सुखद उत्सर्गमा माओवादी सशस्त्र द्वन्द्वताकाको झल्को उजागर भएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को क्यालेण्डर र मानवीय कानुनको पुस्तक पढ्दै सार्वजनिक यातायातमा यात्रा गर्दा खेपेको सुरक्षा निकायको सास्तीलाई भावुकताका साथ राखिएको छ।

तत्कालीन नेपाली सेनाले केलाई द्वन्द्वरत पक्षका दस्तावेज मान्ने भन्ने सम्बन्धमा उतिबेला खास जानकारी नपाएको जस्तो भान देखिन्छ। टनकपुरमा दुखेको मनमा भीमदत्त पन्तको प्रसँग र टनकपुरमा भारतले गरेको विस्तारवादी सोचको वस्तुस्थिति र नियात्राकारले क्यामराले फोटो लिँदै गर्दा भारतीय प्रहरीले क्यामेरा जफत गरेको पछि रिल टनकपुरमा फालेर रित्तो क्यामेरा फिर्ता पाएको प्रसङ्गलाई मन दुखाउँदै राखेका छन्। उनको मनले भनेको छ, ‘यात्राको क्रममा कैद गरिएका सबै यादगर पलहरु त्यहीँ टनकपुरको पानीमा तैरिरहे।’

गाजाको दह र पिँढीको बास शीर्षक नियात्रामा जनगायक जीवन शर्मासँगको अकास्मातको मिठो भेट र गाजाको दह वरिपरिका पातहरु राति नै चराले टिपेर लैजाने र सफा रहने प्रसङ्गको वर्णन पाइन्छ। साथै पहिलो पटक पिँढीमा बास बस्नुपर्दाको उनको मनका अनुभूतिहरु बडो स्वादिलो ढंगले वर्णन गरिएको छ।

पहिलो गल्कोट यात्राको वकपत्रमा घोडाबाँधे भन्ने स्थानको प्रसङ्ग छ, जहाँ उतिबेलाका राजा महेन्द्रले घोडा चढेर आई सोही स्थानमा घोडाबाँधेपछि त्यो स्थानको नामकरण भएको जानकारी दिएका छन्।

ज्योतिषको वाणीसँगै झेल्नुपरेको संकट शीर्षकृत नियात्रामा सापकोटालाई खुकुरीले हान्ने प्रयास गरेको र बालबाल बाँच्न सफल भएको प्रसंग छ। तालिम चलिरहेको स्थानमा अपरिचित व्यक्तिले बाहिर बोलाएर खुकुरी प्रहार गर्दा संयोगबस एक जना रत्ना भण्डारी कराउँदा मुन्टो घमेको र खुकुरी ढोकामा बजारिएर आफ्नो ज्यान बाँचेको प्रसङ्गलाई नियात्राकारले उल्लेख गरेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

शीतलपाटीमा पाएको मायामा अरिङ्गलको गोलो पोलेर खाजा खाएको रमाइलो वर्णन छ भने त्यो भोजमा दलित बस्तीमा तालिम चलाउँदा भोगेका छुवाछुतका प्रसङ्ग केलाउँदै अन्त्यमा सबै जातिका सहभागीले चाउचाउ उमालेर बाँडी खाएको र त्यो भोज गराउन सफल भएकोमा नियात्राकार मनैदेखि गद्‌गद्‌ भएका छन्।

आँखाको दूरबिनबाट मधेस नियाल्दा शीर्षक नियात्रामा बाढीपीडितलाई राहत र खाद्य सामाग्री वितरण गर्न जाँदा महोत्तरीको रामगोपालपुर पुगेका नियात्राकार पुगेको मुसहर बस्तीको साह्रै दर्दनाक अवस्थाको चित्रण गरेका छन्। पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मन वर्षातको झरीमा यात्रामा निस्केका नियात्राकारले सर्लाहीको लालबन्दीमा रहेको वृद्धाश्रम जहाँ वासु कोइरालाले सञ्चालन गरेको मानवीय सेवाको भरपुर वर्णन छ। 

मकर मेला प्रचार: कुशेश्वर हुँदै गाइघाटमा २०७८ सालमा यात्रा गरेका उनले यात्राको धार्मिक वर्णन गरेका छन्। यसै क्रममा उनको अर्को नियात्रा बराहक्षेत्र चतराधाम यात्रा शीर्षकमा धार्मिक यात्राको वृतान्त छ। यसले अध्यात्मको ज्ञान सहित सांस्कृतिक मूल्य-मान्यताबारेमा समेत जानकारी दिन्छ। उनको जोड छ, हाम्रा मूल्य-मान्यताको जानकारी भएन भने जीवनको पूर्णता हुँदैन। 

नेपालको स्वीजरल्याण्डमा एक पाइलामा पनौती नगरपालिकाद्वारा आफ्ना मेलमिलापकर्ताहरुलाई अध्ययन अवलोकन गर्न लैजाने क्रममा जिरी जाँदाको विभिन्न प्रसङ्गहरुलाई नियात्रामा उधिनेका छन्। यसै क्रममा टोनी हेगनदेखि जिरेलको बारेमा जानकारी दिने संग्रहालय समेतका प्रसङ्गलाई उल्लेख गरिएको छ।

Xtrem

Xtrem

भीमेश्वरको साहित्यिक माहोलमा पनौती नगरपालिका र भीमेश्वर नगरपालिका दोलखाको न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताहरुको भेटघाटमा एकाएक खडा भएको साहित्यिक माहोलको फेहरिस्त राखिएको छ। 

नक्सालवाडी हुँदै टाइगरहिलमा बरालिँदा शीर्षकको नियात्रामा चारु मजमुदारको वर्ग सत्रु खत्तम गर्ने अभियान र टाइगरहिलमा घुमेका कुराहरु उल्लेख गरिएको छ। 
नियात्राकारले दार्जिलिङ हुँदै सिक्किमसम्ममा दार्जिलिङको चौरास्तामा रहेको आदिकवि भानुभक्तको शालिकमा श्रद्धाले शीरनत गरेका छन्। उनलाई नेपालीभाषी दार्जिलिङका साहित्यकारहरुले हिँडेका सडकहरुमा पाइला राख्न पाउँदा खुसी महसुस हुन्छ। उनका यस सम्बन्धमा दुई वटा नियात्रा  कृतिमा देखिन्छन्।

अंग्रेजको पालामा बनेको विश्वको उच्चस्थानको रेलवे स्टेसन हेर्न पुग्छन्। चिया पिउन दोकानमा जाँदा त्यहाँको समग्र कुराको जानकारी लिन्छन्। त्यताको यात्रालाई चालक गोपालले पनि थप रमाइलो बनाएको देखिन्छ। मिरिकको सुन्दर तर सानो अवस्थिति, ताल र त्यसको व्यवस्थापनले उनलाई नेपालमा इच्छाशक्ति नभएर गर्न सकिने कुरा पनि गर्न नसकेको सोच राख्छन्। 

सुकुटेमा स्रष्टा समाजको पिकनिक कार्यक्रममा भएको साहित्यिक माहोललाई विवरणात्मक बनाएका छन् सुकुटेको साहित्यिक पलमा प्रदीपले। ७० जनाजति वरिष्ठ र कनिष्ठ साहित्यकारहरुले यात्रा गर्दाका बाटोको वरिपरिको वातावरणको सुन्दर वर्णन समेत यस नियात्रामा पढ्न पाइन्छ। 

कविमनका भावनाहरु यसमा अभिव्यक्त भएको देखिन्छ। त्यहाँको साहित्यिक माहोलको फेहरिस्त समेत यसमा छ। कामको सिलसिलामा विरगञ्ज जाने क्रममा मकवानपुरगढीको आस्वादान गरिएको कुरा यात्राको लहरीमा लहरिँदै मकवानपुरगढीमा नियात्राकारले उल्लेख गरेका छन्। यहाँको ऐतिहासिक कुराको जानकारी दिएका छन्। यात्रामा देखिएका वरिपरिका रमणीय वातावरणको मिठो भावमा अनुभूतिहरु पस्केका छन्। 

यसरी ‘यात्राको लय’ मा प्रदीप सापकोटाले विगत द्वन्द्वकालीन परिवेश र त्यसपछिका विभिन्न चरणमा गरेका यात्राहरुको वृत्तान्त देखिन्छ। आफ्ना निजात्मक अनुभूतिले भरिएका, मिठा शब्द चयन गरेर नियात्रा लेख्न खप्पिस देखिन्छन् नियात्राकार। उनको भाषा सरल तर कवितात्मक लाग्छन्। उनी देश डुल्ने नियात्राकार देखिन्छन्। यात्रामा आएका आफ्ना भाव, भोगाइ, सुखद र दुखद पलहरुको जानकारी दिन्छन्। 

निजात्मकता, वर्णनात्मक, तथ्यपरक र भोगाइलाई उनका नियात्राहरुले अभिव्यक्त गरेका छन्। कतिपय नियात्राहरुमा उनले भोगेका कठिन पलहरुको जानकारी दिएका छन्, यसले पाठक झस्किन सक्छ।

नियात्रा लयात्मक छ, गतिशिलताले भरिएको छ, यहाँ कोरा विवरण मात्र छैनन्। सर्जकका नीजि अनुभूतिको सुन्दर लेपन पनि छ। विभिन्न बिम्व र प्रतीक प्रयुक्त, सरल, सर्वबोध्य र मिठो भाषा उनको नियात्राको प्राण भन्न सकिन्छ।

शाषकवर्गप्रति नियात्राकारले ठाउँठाउँमा औँला ठड्याएका छन्। गर्न सक्ने काम पनि नगरेकोमा रोष प्रकट भएको छ। 
उनको शिल्प, शब्दचयन कला, चेतनाको उचाइ, मानवीय संवेदना अभिव्यक्त गर्ने शैली वास्तवमै प्रशंसा गर्न लायक छ। चाखलाग्दा कथा जस्ता पनि देखिन्छन्। कतिपय नियात्रा पढेपछि छोड्न मन लाग्दैन।

उनी घुमेको भूगोल, प्राकृतिक सुन्दरता, स्थानीयतामा रहेका विभिन्न संस्कार, कुसंस्कार लगायतको स्वाद यहाँ छ। एकाध कमजोरी हरकोही लेखकमा हुन्छ। उनी पनि पूर्णत यसबाट मुक्त भने छैनन्।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट मंगलबार, असोज १३, २०८३
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन मंगलबार, असोज १३, २०८३
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्