• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

व्यावसायिक बन्दै मुक्तकम्लरी

64x64
नेपाल लाइभ आइतबार, साउन २०, २०८१  १२:१९
1140x725

कैलाली– जानकी गाउँपालिका–७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कम्लरी बस्नुपर्‍यो। विसं २०६३ मा कक्षा ५ उत्तीर्ण गरेकी रीताले पढाइलाई निरन्तरता दिन कम्लरी बसेकी थिइन्। तर उनको पढ्ने सपना पूरा भएन। कम्लरी बसेपछि उनले पढाइ छाड्नुपर्‍यो।

‘घरको आर्थिक अवस्था कमजोर थियो। घरमा कामसँगै पढाउने भनेपछि एक जनाको घरमा कम्लरी बसेँ’, उनले भनिन्, ‘कम्लरी बसेपछि पढ्ने सपना पूरा भएन। अरुकै घरमा काम गरेर समय बित्यो।’ कम्लरी छाडेर गाउँमै सञ्चालन भएको नौ महिने अनौपचारिक शिक्षा लिएर पुनः विद्यालय पुगेकी रीताले ७ कक्षा भन्दा माथी औपचारिक शिक्षा लिन सकिनन्। कक्षा ७ उत्तीर्ण गरेकी उनले आर्थिक अवस्थाकै कारण पढ्न सकिनन्।

त्यसपछिका एक दशक अरुकै घरमा ज्याला मजदुरी गरेर जीविका चलाएकी रीता यतिबेला व्यावसायिक बन्ने प्रयत्नमा छिन्। गाउँकै साथी मुक्तकम्लरी सरस्वती थारूसँग मिलेर यही साउन ६ गतेबाट खाजा, नास्ता पसल सञ्चालन गरेकी छन्। नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा १० दिने खाजा नास्तासम्बन्धी तालिम लिएकी रीता र सरस्वतीले गाउँमै खाजा पसल सञ्चालन गरेका हुन्।

ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरूले खाजा पसल सञ्चालन गरेपछि अरुकामा काम गर्नुपर्ने बाध्यता हटेको छ। त्यतिमात्र होइन आफ्नो मेहनतले कमाएको थोरै पैसा पनि ठूलो लाग्ने सरस्वती बताउँछिन्। ‘दिनभर अरुकामा काम गरेर जीवन चलाउनुपर्ने स्थिति थियो। दश दिनको तालिमले व्यवसायी बनायो’, उनले भनिन्, ‘अब यसैमा मेहनत गरेर सिकेको सीपलाई व्यावसायिक बनाउने सोचाइ छ।’

संस्थाले ८५ जना मुक्त कमैया महिला, एकल महिला र मुक्तकम्लरीलाई खाजा नास्ताको परिकार बनाउने तालिम दिएको थियो। तालिमसँगै रु २५ हजार बराबरको भाँडाकुँडा पनि  सहयोग गरेको छ।  भजनी नगरपालिका–४ खैलाडकी मुक्तकम्लरी निलम चौधरीले पनि यही साउन ९ गतेबाट खाजा पसल सुरु गरेकी छन्। घरायसी काममा व्यस्त रहने निलम आजभोलि समोसा, चाउमिन, पकौडा, चटपटेलगायत परिकार बनाएर बिक्री गर्छिन्। ‘घरको काम, बालबालिकाको हेरचाहमै दिन बिताउनुपर्ने बाध्यताबाट तालिमले व्यावसायिक बनायो’, उनले भनिन्, ‘अब यही व्यवसायलाई निरन्तरता दिएर आत्मनिर्भर बन्ने आशा गरेकी छु।’

Ncell 2
Ncell 2
nimb
nimb

उक्त तालिम लिएका ३२ जना मुक्तकम्लरीले व्यवसाय सुरु गरेका छन्। टीकापुर शिवनगर शिविरमा बस्दै आएकी पुष्पा थारूको समस्या पनि रीता र सरस्वतीको भन्दा फरक छैन। घरको आर्थिक अवस्थाले कम्लरी बस्नुपरेको बाध्यता छिचोल्दै आएकी पुष्पाले विगत एक वर्षदेखि खाजा पसल सञ्चालन गर्दै आएकी छन्। अरुले पकाएको देखेर सुरु गरेको खाजा पसल चलाउँदै आएकी पुष्पा १० दिनको तालिमले व्यवसायमा परिपक्व भएको बताउँछिन्।

‘सीप सिकेर काम गर्दा राम्रो हुँदोरहेछ भन्ने लागेको छ। पहिला व्यापारबाट भविष्य सुनिश्चित नदेखेकी मैले आजभोलि भविष्य देख्न थालेकी छु’, पुष्पाले भनिन्, ‘कामको सिलसिलामा भारत गएका श्रीमान्लाई बोलाएर यही पेसामा लगाउने सोच छ।’

टीकापुरकै सङ्गीताले पहिलेदेखि किराना पसल सञ्चालन गर्दै आएकी थिइन्। उनका श्रीमानले फ्रेसहाउस सञ्चालन गरेका छन्।  मुक्तकम्लरी सङ्गीताले खाजा बनाउने तालिम लिएपछि किरानासँगै खाजा पसल थप गरेकी छन्। व्यावसायिक रूपमा आफू परिपक्व भएको सङ्गीताको भनाइ छ। ‘हामी पहिले पनि सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका थियौँ’, सङ्गीताले भनिन्, ‘घरायसी देखि बालबालिकाको स्कुलको खर्च सबै व्यवसायले धानेको छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कैलारी गाउँपालिका हसुलियाकी निर्मला चौधरी दुई वर्ष कम्लरी बसिन्। पढ्ने समयमा आर्थिक अभावका कारण अरुकोमा कम्लरी बसेकी निर्मला ७ कक्षाभन्दा माथि पढ्न नसकेकामा दुःख व्यक्त गर्छिन्। अहिले उनी रेष्टुरेन्ट सञ्चालनको तयारीमा छिन्। 

सरकारले विसं २०७० असार १३ गते कम्लरी मुक्त घोषणा गरेको थियो। विभिन्न सङ्घसंस्थाको सहयोगमा तालिम लिएरै आजसम्म छ सयभन्दा बढी कम्लरी आत्मनिर्भर भएका छन्। कैलालीमा चार हजार ७४ जना पूर्व मुक्तकम्लरी छन्। त्यसमध्ये दुई हजार पाँच सयसँग मात्रै कम्लरी परिचयपत्र छ। बाँकीले अझै परिचयपत्र पाउन सकेका छैनन्। परिचयपत्र पाएकाहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन नसकेको मुक्तकम्लरीहरू बताउँछन्।

‘राज्यले मुक्तकम्लरीको व्यवस्थापनमा ध्यान नदिँदा आज कैयौँ पूर्व कम्लरीले दुःख पाइरहेको अवस्था छ। सङ्घसंस्थाको सहयोग र समन्वयमा केही मुक्तकम्लरी आफ्नो खुट्टामा उभिन सक्ने भएका छन्’, मुक्तकम्लरी विकास मञ्च कैलालीकी अध्यक्ष विन्द्रा चौधरी भन्छिन्, ‘स्थानीय सरकारले मुक्तकम्लरीको अभिभावकत्व निर्वाह गर्नुपर्ने हो, त्यो हुनसकेको छैन।’ आर्थिक अभावकै कारण मुक्त कम्लरीले पढाइ छाड्नुपर्ने स्थिति आएको उनको भनाइ छ। रासस

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्