• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

व्यावसायिक बन्दै मुक्तकम्लरी

64x64
नेपाल लाइभ आइतबार, साउन २०, २०८१  १२:१९
1140x725

कैलाली– जानकी गाउँपालिका–७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कम्लरी बस्नुपर्‍यो। विसं २०६३ मा कक्षा ५ उत्तीर्ण गरेकी रीताले पढाइलाई निरन्तरता दिन कम्लरी बसेकी थिइन्। तर उनको पढ्ने सपना पूरा भएन। कम्लरी बसेपछि उनले पढाइ छाड्नुपर्‍यो।

‘घरको आर्थिक अवस्था कमजोर थियो। घरमा कामसँगै पढाउने भनेपछि एक जनाको घरमा कम्लरी बसेँ’, उनले भनिन्, ‘कम्लरी बसेपछि पढ्ने सपना पूरा भएन। अरुकै घरमा काम गरेर समय बित्यो।’ कम्लरी छाडेर गाउँमै सञ्चालन भएको नौ महिने अनौपचारिक शिक्षा लिएर पुनः विद्यालय पुगेकी रीताले ७ कक्षा भन्दा माथी औपचारिक शिक्षा लिन सकिनन्। कक्षा ७ उत्तीर्ण गरेकी उनले आर्थिक अवस्थाकै कारण पढ्न सकिनन्।

त्यसपछिका एक दशक अरुकै घरमा ज्याला मजदुरी गरेर जीविका चलाएकी रीता यतिबेला व्यावसायिक बन्ने प्रयत्नमा छिन्। गाउँकै साथी मुक्तकम्लरी सरस्वती थारूसँग मिलेर यही साउन ६ गतेबाट खाजा, नास्ता पसल सञ्चालन गरेकी छन्। नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा १० दिने खाजा नास्तासम्बन्धी तालिम लिएकी रीता र सरस्वतीले गाउँमै खाजा पसल सञ्चालन गरेका हुन्।

ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरूले खाजा पसल सञ्चालन गरेपछि अरुकामा काम गर्नुपर्ने बाध्यता हटेको छ। त्यतिमात्र होइन आफ्नो मेहनतले कमाएको थोरै पैसा पनि ठूलो लाग्ने सरस्वती बताउँछिन्। ‘दिनभर अरुकामा काम गरेर जीवन चलाउनुपर्ने स्थिति थियो। दश दिनको तालिमले व्यवसायी बनायो’, उनले भनिन्, ‘अब यसैमा मेहनत गरेर सिकेको सीपलाई व्यावसायिक बनाउने सोचाइ छ।’

संस्थाले ८५ जना मुक्त कमैया महिला, एकल महिला र मुक्तकम्लरीलाई खाजा नास्ताको परिकार बनाउने तालिम दिएको थियो। तालिमसँगै रु २५ हजार बराबरको भाँडाकुँडा पनि  सहयोग गरेको छ।  भजनी नगरपालिका–४ खैलाडकी मुक्तकम्लरी निलम चौधरीले पनि यही साउन ९ गतेबाट खाजा पसल सुरु गरेकी छन्। घरायसी काममा व्यस्त रहने निलम आजभोलि समोसा, चाउमिन, पकौडा, चटपटेलगायत परिकार बनाएर बिक्री गर्छिन्। ‘घरको काम, बालबालिकाको हेरचाहमै दिन बिताउनुपर्ने बाध्यताबाट तालिमले व्यावसायिक बनायो’, उनले भनिन्, ‘अब यही व्यवसायलाई निरन्तरता दिएर आत्मनिर्भर बन्ने आशा गरेकी छु।’

Ncell 2
Ncell 2
nimb
nimb

उक्त तालिम लिएका ३२ जना मुक्तकम्लरीले व्यवसाय सुरु गरेका छन्। टीकापुर शिवनगर शिविरमा बस्दै आएकी पुष्पा थारूको समस्या पनि रीता र सरस्वतीको भन्दा फरक छैन। घरको आर्थिक अवस्थाले कम्लरी बस्नुपरेको बाध्यता छिचोल्दै आएकी पुष्पाले विगत एक वर्षदेखि खाजा पसल सञ्चालन गर्दै आएकी छन्। अरुले पकाएको देखेर सुरु गरेको खाजा पसल चलाउँदै आएकी पुष्पा १० दिनको तालिमले व्यवसायमा परिपक्व भएको बताउँछिन्।

‘सीप सिकेर काम गर्दा राम्रो हुँदोरहेछ भन्ने लागेको छ। पहिला व्यापारबाट भविष्य सुनिश्चित नदेखेकी मैले आजभोलि भविष्य देख्न थालेकी छु’, पुष्पाले भनिन्, ‘कामको सिलसिलामा भारत गएका श्रीमान्लाई बोलाएर यही पेसामा लगाउने सोच छ।’

टीकापुरकै सङ्गीताले पहिलेदेखि किराना पसल सञ्चालन गर्दै आएकी थिइन्। उनका श्रीमानले फ्रेसहाउस सञ्चालन गरेका छन्।  मुक्तकम्लरी सङ्गीताले खाजा बनाउने तालिम लिएपछि किरानासँगै खाजा पसल थप गरेकी छन्। व्यावसायिक रूपमा आफू परिपक्व भएको सङ्गीताको भनाइ छ। ‘हामी पहिले पनि सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका थियौँ’, सङ्गीताले भनिन्, ‘घरायसी देखि बालबालिकाको स्कुलको खर्च सबै व्यवसायले धानेको छ।’

Xtrem
Xtrem

कैलारी गाउँपालिका हसुलियाकी निर्मला चौधरी दुई वर्ष कम्लरी बसिन्। पढ्ने समयमा आर्थिक अभावका कारण अरुकोमा कम्लरी बसेकी निर्मला ७ कक्षाभन्दा माथि पढ्न नसकेकामा दुःख व्यक्त गर्छिन्। अहिले उनी रेष्टुरेन्ट सञ्चालनको तयारीमा छिन्। 

सरकारले विसं २०७० असार १३ गते कम्लरी मुक्त घोषणा गरेको थियो। विभिन्न सङ्घसंस्थाको सहयोगमा तालिम लिएरै आजसम्म छ सयभन्दा बढी कम्लरी आत्मनिर्भर भएका छन्। कैलालीमा चार हजार ७४ जना पूर्व मुक्तकम्लरी छन्। त्यसमध्ये दुई हजार पाँच सयसँग मात्रै कम्लरी परिचयपत्र छ। बाँकीले अझै परिचयपत्र पाउन सकेका छैनन्। परिचयपत्र पाएकाहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन नसकेको मुक्तकम्लरीहरू बताउँछन्।

‘राज्यले मुक्तकम्लरीको व्यवस्थापनमा ध्यान नदिँदा आज कैयौँ पूर्व कम्लरीले दुःख पाइरहेको अवस्था छ। सङ्घसंस्थाको सहयोग र समन्वयमा केही मुक्तकम्लरी आफ्नो खुट्टामा उभिन सक्ने भएका छन्’, मुक्तकम्लरी विकास मञ्च कैलालीकी अध्यक्ष विन्द्रा चौधरी भन्छिन्, ‘स्थानीय सरकारले मुक्तकम्लरीको अभिभावकत्व निर्वाह गर्नुपर्ने हो, त्यो हुनसकेको छैन।’ आर्थिक अभावकै कारण मुक्त कम्लरीले पढाइ छाड्नुपर्ने स्थिति आएको उनको भनाइ छ। रासस

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु मंगलबार, असोज १३, २०८३
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्