• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

लघुवित्त, वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरीवेक्षण : निष्क्रिय कर्जा बढ्यो, ऋणी घटे, २१ संस्था खुद नोक्सानीमा

64x64
कल्पना घिमिरे सोमबार, फागुन ७, २०८०  २०:०२
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्मम (६ महिना) मा खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा साढे ७ प्रतिशत पुगेको छ। अर्धवार्षिक अवधिमा थोक कर्जा प्रदाय लघुवित्तको निष्क्रिय कर्जा केही कमी आएको राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ। 

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम २०८० असार तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको छ। 

जसमध्ये निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात् ७.४९ प्रतिशत छ। २०८० असार मसान्तमा निष्क्रिय कर्जा अनुपात ५.५२ प्रतिशत थियो। गत असारको तुलनामा पुसमा निष्क्रिय कर्जा वृद्धिदर ४०.७८ प्रतिशत थियो।

गत वर्षको २०७९ पुस मसान्तमा ४.६८ प्रतिशत रहेको निष्क्रिय कर्जा एक वर्षमा करिब २.८० प्रतिशत बिन्दुले बढेको हो। २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाले पुनर्तालिकीकरण गरेको कर्जा रकम ४२ अर्ब १७ करोड छ। थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ। 

चालू आवको दोस्रो त्रैमासमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई ५४ अर्ब ८ करोड पुगेको छ। उक्त कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब २२ करोड अर्थात् २.२५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

२०८० असार मसान्तमा निष्क्रिय कर्जा अनुपात ०.७१ प्रतिशत र २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र थियो। ६ महिनामै निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ। सक्रिय कर्जा भने ११.७१ प्रतिशतले घटेको छ। २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाले पुनर्तालिकीकरण गरेको कर्जा रकम २६ करोड छ।

१९.३८ प्रतिशत बढ्यो कर्जा नोक्सानी व्यवस्था
चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा  खुद्रा कर्जा प्रदायक लघुवित्तको खुद्रा कर्जा प्रदायक कूल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ। २०८० पुस मसान्तमा लघुवित्तको कूल कर्जा नोक्सानी व्यवस्था गत असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर २० अर्ब २२ करोड पुगेको छ। जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ३२.८९ प्रतिशतले वृद्वि भई १४ अर्ब १७ करोड पुगेको छ।

अर्थतन्त्रमा देखिएको शिथिलताका साथै ऋण नतिर्न गरिएका विभिन्न गतिविधिको प्रभावले कर्जा असुलीमा समस्या आएर निष्क्रिय कर्जा वृद्धि हुँदै गएको छ। निष्क्रिय कर्जा बढेसँगै लघुवित्त संस्थाले कर्जा जोखिममा रहेको कर्जाका लागि गरेको कर्जा नोक्सानी व्यवस्था रकम पनि बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको कूल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था पनि बढेको छ। २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाको कूल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ७.१६ प्रतिशतले बढेर १ अर्ब ६८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ६७.८६ प्रतिशतले वृद्वि भई ७१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले असल कर्जाका लागि १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकको कर्जा नोक्सानी व्यवस्था अनुसार सुक्ष्म निगरानी र पुनर्संरचना/पुनर्तासलकीकरण कर्जाका लागि ५ प्रतिशत तथा बीमित कर्जाका हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिएको बैंकले जनाएको छ।

यस्तै सक्रिय कर्जाका लागि कूल कर्जा रकमको १.६० प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिएको छ। जुन राष्ट्र बैंकले तोकेभन्दा बढी हो। यस्तै राष्ट्र बैंकको निर्देशन अनुसार २०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमशः २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाका हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिएको छ। 

२०८० पुस मसान्तमा लघुवित्तहरूको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ६.८५ प्रतिशत देखिन्छ। साथै, निष्क्रिय कर्जाका लागि कूल कर्जा रकमको ३.३९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन्। २०८० पुस मसान्तसम्ममा लघुवित्तहरूले २१ अर्ब ९० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन्।
उक्त रकम कूल कर्जाको ४.९८ प्रतिशत र निष्क्रिय कर्जाको ७२.७४ प्रतिशत छ।

लघुवित्तका ऋणी घट्दै
चालू आर्थिक वर्षको ६ महिनामा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ। गत असारमा ६० लाख १६ हजार थियो। राष्ट्र बैंकको निर्देशन अनुसार एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणी संख्या पनि घटेको राष्ट्र बैंकले जनाएको छ। 

गत असारमा २९ लाख ८४ हजार रहेको कूल ऋणी संख्या २०८० पुसमा आउँदा घटेर २७ लाख ३६ हजार भएको छ। २०७९ असारमा ३३ लाख ३ हजार रहेको ऋणी संख्या १८ महिनामा करिब ५ लाख ६७ हजारले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। लघुवित्तका ऋणी संख्या घट्दा कर्जा लगानी पनि घट्न पुगेको देखिन्छ। 

२०७९ असारपछि घट्न लागेको कर्जा गत असारबाट भने पुनः सुधार देखिएको हो। २०७९ असारमा ३ खर्ब ९१ अर्ब ७५ करोड रहेको कुल कर्जा २०७९ पुसमा ३ खर्ब ९१ अर्ब ४४ करोड र २०८० असारमा ३ खर्ब ७१ अर्ब ९३ करोडमा झरेको थियो। चालू आव पुस आउँदा सुधार भएर ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको छ र यसबाहेक थोक कर्जा कारोबार गर्ने लघुवित्तको कूल कर्जा २०८० असारमा ६० अर्ब ३१ करोड रहेकोमा पुसमा घटेर ५४ अर्ब ८ करोड भएको छ।

बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घटेको र अधिक तरलताले बैंकहरूले आधार दरमै थोक कर्जा दिन लागेपछि थोक कर्जा प्रवाह गर्ने लघुवित्तको लगानी घटेको पाइएको छ।

२१ लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५७ मध्ये २१ लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा रहेको बैंकले जनाएको छ। निष्किय कर्जा अनुपातमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्ट्याएको रकममा वृद्धि हुँदा वित्तीय विवरणमा दबाब बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

जसमध्ये थोक कारोबार गर्न तीन संस्थाको खुद नाफामा गिरावट भएको र खुद्रा कर्जा कारोबार गर्ने ५४ लघुवित्तमध्ये २१ खुद नोक्सानीमा रहेको छ। चालू आर्थिक वर्षको ६ महिनामा थोक कर्जा प्रदायक लघुवित्तको नाफा २४.५८ प्रतिशतले घटेको छ। गत आव पुस मसान्तमा ७८ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आव सोही अवधिमा ५९ करोड २५ लाख मात्रै नाफा आर्जन गरेको छ।

यस्तै खुद्रा कारोबार गर्ने ५४ लघुवित्तको ६ महिनाको नाफा ३१ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ। गत आव दोस्रो त्रैमासमा २ अर्ब ४२ करोड ८७ लाख नाफा कमाएकोमा चालु आवमा ८७ प्रतिशतले घटेको हो। खुद्रा कर्जा प्रदायक लघुवित्तको खुद ब्याज आम्दानी नै २२.४० प्रतिशतले गिरावट हुँदा नाफा घटेको हो।

गत आव दोस्रो त्रैमासमा ११ अर्ब २८ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू वर्षको सोही अवधिमा ९ अर्ब २१ करोड ८२ लाख मात्रै खुद ब्याज आम्दानी गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ... बिहीबार, भदौ २५, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्