• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

न सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापित भयो, न देशव्यापी बन्यो विद्युतीय चुल्हो

64x64
कल्पना घिमिरे बुधबार, माघ ३, २०८०  ०८:०७
1140x725

काठमाडौं– ‘सिंहदरबार परिसरबाट आगामी साउनभित्र ग्यास सिलिण्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्नुपर्ने व्यवस्था मिलाएको छु,’ आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्थन शर्माले सुनाएका थिए। 

यदि शर्माको घोषणा पूरा हुन्थ्यो भने सोही वर्षको साउनभित्र सिंहदरबार परिसरमा ग्यास सिलिण्डर विस्थापित हुने थियो, र विद्युतीय चुल्हो उपयोगमा आइसक्ने थियो। त्यतिमात्र हैन, बजेट भाषणमा त ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई पनि ग्यास सिलिण्डर मुक्त गराइ क्रमशः विद्युतीय चुल्हो प्रयोग देशव्यापी बनाउने प्रतिबद्धता थियो।

तर, डेढ वर्ष बित्यो न त सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापित भयो, न देशव्यापी रुपमा विद्युतीय चुल्हो उपयोग नै भयो। अर्थमन्त्री फेरिए, सरकारको नेतृत्व फेरियो। तर ग्यासको ठाउँमा विद्युतीय चुल्हो फेरिएन। यो घोषण केवल बजेट भाषणमा सीमित भयो।

अहिलेसम्म पनि सिंहदरबारमा रहेका हरेक क्यान्टिनमा ग्यास चुल्होको प्रयोग गरी खाना तथा खाजा पकाइरहेको पाइएको छ। 

सिंहदरबारभित्रै ग्यास चुल्होको उपयोग हटेको छैन। गाउँपालिका, नगरपालिका लगायतका कार्यालयमा हट्ने सम्भावना न्यून नै रहन्छ। सिंहदरबारभित्र ग्यास चुल्हो नहट्नु तथा विद्युतीय चुल्हो प्रयोगमा नआउनुको कारणबारे आफू जानकार नरहेको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्मा बताउँछन्।

‘अघिल्लो वर्षको बजेटको कुरा हो। यसबारे त मलाई कुनै जानकारी छैन। कसले विद्युतीय चुल्हो प्रयोग गरिरहेको छ, कसले गरेको छैन। यसबारे त आफैं क्यान्टिनहरुतिर बुझ्नुस् न,’ बजेटको व्यवस्था कार्यान्वयन भए/नभएको विषयमा समीक्षा गर्नुपर्ने मन्त्रालयका प्रवक्ता शर्माले गैरजिम्मेवार हुँदै भने।

अर्थ मन्त्रालयको क्यान्टिनमासमेत ग्यास चुल्होको प्रयोग गरिरहेको पाइएको छ। अर्थ मन्त्रालयको क्यान्टिनका सञ्चालक मानप्रसाद भट्टले सरकारले ग्यास चुल्हो विस्थापित गर्ने घोषणा गरेको केही समयपछि विद्युतीय चुल्हो उपयोग गरेको, तर आफूहरुले प्रयोगमा ल्याएपछि विविध समस्याका कारण इन्डक्सन (विद्युतीय) चुल्हो उपयोग गर्न नसकेको बताउँछन्।

‘ग्यास चुल्हो विस्थापित गर्ने सरकारको निर्देशनअनुसार हामीले इन्डक्सन चुल्हो लगायत भान्सामा आवश्यक पर्ने अन्य विद्युतीय उपकरणहरु किन्यौं। घोषणा भएको वर्षको साउनदेखि गत असोजसम्म प्रयोग गरेका थियौं। तर यहाँको विद्युतीय जडान पुरानो सिस्टममा आधारित भएका कारण आगजनी हुनसक्ने समस्या नै देखिन थाल्यो त्यसपछि विद्युतीय चुल्हो छोडेको हो,’ भट्टले भने।

Ncell 2
Ncell 2
nimb
nimb

विद्युतीय चुल्हो प्रयोग गरी खाना तथा खाजा पकाउँदा ग्यासको तुलनामा खर्च कम लाग्ने भनिए पनि पटक–पटक विद्युतीय चुल्हो बिग्रिने र अर्को किन्नुपर्दा थप खर्च बढेको उनको भनाइ छ। 

विद्यतीय चुल्हो छाडेर ग्यास चुल्लो प्रयोग गर्न कसैले निर्देश नगरेको र आफूहरुले ग्यास प्रयोग गरेकोबारे सम्बन्धित निकायलाई जानकारी नगराएको उनी बताउँछन्। यस्तै, ग्यास चुल्हो प्रयोग गर्दा कुनै निकाय अनुगमन गर्नसमेत नआएको उनको भनाइ छ।

‘हामीलाई कसैले ग्यास चुल्हो प्रयोग गर्नु भनेको होइन। विद्युतीय चुल्हो प्रयोग गर्दा तार जलेर आगलागी हुने,, बारम्बार चुल्हो बिग्रिरहने, साथै ग्राहकको समयअनुसार खाना तथा खाजा दिननसक्ने जस्ता विभिन्न समस्या आएका कारण आफैं प्रयोग गरेका हौं,’ उनले भने।

ग्यासबाट छोटो समयमा खानेकुरा पाक्ने, तर विद्युतीय चुल्होको प्रयोग गर्दा घन्टौंसम्म ग्राहकले कुर्नुपर्ने हुँदा व्यापारमा समेत समस्या आएको उनले सुनाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छेउको क्यान्टिनका कामदारले सरकारले विद्युतीय चुल्हो प्रयोग गर्न निर्देश गरे पनि आफूहरुलाई विद्युतीय चुल्होभन्दा ग्यास चुल्हो छिटो छरितो भएका कारण ग्यास नै प्रयोग गरिरहेको बताउँछन्।

ग्राहकले अर्डर गरेको समयमा खाजा नपाक्ने, ढिलो भएर ग्राहक रिसाएर नखाइ खाजा छाडेर गैदिने गर्दा आफूहरु हैरान भएको उनीहरुको भनाइ छ। ‘पहिला प्रयोग गरेको हो। खाजाहरु ढिलो पाक्छ। ग्राहकलाई छिटो चाहिन्छ। ग्राहकको समयअनुसार खाजा बनाउन नसक्दा ग्राहक आउन छाडेपछि विद्युतीय चुल्हो प्रयोग गर्न छाडेको हो,’ एक कामदारले भने।

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंह धेरैजसो मन्त्रलयमा विद्युतीय चुल्हो प्रयोग गरिरहेको बताउँछन्। सिंहदरबारका सबै क्यान्टिनले विद्युतीय चुल्हो प्रयोग नगरे पनि केही क्यान्टिनले भने प्रयोग गरिरहेको उनको भनाइ छ।

‘यो एकैपटक तत्काल परिवर्तन भइहाल्ने कुरा होइन। विस्तारै मन्त्रालयमा प्रयोग हुँदै आएको छ। केही मन्त्रालयमा ग्यास सिलिण्डर र विद्युतीय चुल्हो दुवै प्रयोग भइरहेको पनि छ। केही मन्त्रालयमा प्रयोगमा आउन नसकेको भए हामी अवलोकन गरेर उहाँहरुलाई निर्देश गर्छौं,’ सिंहले भने।

यस्तै, सिंहदरबारभित्र वाइरिङ सिस्टम पुरानो मोडलको भएका ठाउँहरुमा परिवर्तन गरिने उनले बताए। यस्तै ५ एम्पियरको विद्युत् प्रवाह हुने विद्युतीय मिटरहरु परिवर्तन गरी १५ एम्पियरको राखिने उनी बताउँछन्।

अघिल्लो बजेटमार्फत् ग्यास चुल्हो हटाउने घोषणा भएको तर आफू चालु वर्षमा ऊर्जा मन्त्रालयको प्रवक्ता भएका कारण अघिल्ला दिनहरुमा आफूले यसबारे खासै काम गर्न नसकेको उनको भनाइ छ।

विद्युतीय चुल्हो: ०.५ प्रतिशतले गर्छन् प्रयोग
२०७८ को जनगणना अनुसार विद्युतीय चुल्हो प्रयोग गर्नेको संख्या ०.०५ प्रतिशत रहेको छ। २०६८ को जनगणनाअनुसार विद्युतीय चुल्हो प्रयोग गर्नेको संख्या ०.०८ प्रतिशत रहेको थियो। जसअनुसार पछिल्लो समय विद्युतीय चुल्हो प्रयोग गर्नेको संख्या न्यूनमात्रामा बढेको पाइएको छ।
 
यस्तै २०७८ को जनगणना अनुसार ४४.३ प्रतिशत घरधुरीले ग्यास प्रयोग गरी खाना पकाउने गर्छन्। काठ–दाउरा प्रयोग गरी खाना पकाउनेको संख्या ५१  प्रतिशत रहेको छ। गुइँठा प्रयोग गर्ने २.९ प्रतिशत, बायोग्यास १.२ प्रतिशत, मट्टितेल प्रयोग गर्नेको ०.०५  प्रतिशत र अन्य ०.१ प्रतिशत  रहेका छन्।

बर्सेनि अर्बौं रुपैयाँ ग्यासमा खर्च
२०७८ को जनगणनाअनुसार ४४.३ प्रतिशत घरधुरीले ग्यास प्रयोग गरी खाना पकाउने गर्छन्। यसर्थ नेपालमा बर्सेनि ग्यास आयात गर्न ठूलो रकम बाहिरिँदै आएको छ। बर्सेनि अर्बौं रुपैयाँको ग्यास आयात हुने गरेको नेपाल आयल निगमको तथ्याङ्कले देखाउँछ। 

आर्थिक वर्ष २०७९/०८० मा ५३ अर्ब रुपैयाँ बराबरको ५ लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा ६१ अर्ब रुपैयाँ बराबरको ५ लाख २६  हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको छ। २०७७/०७८ मा ३४ अर्ब २४ करोड ६० लाख ५८ हजार रुपैयाँ बराबरको ४ लाख ८१ हजार २५८ मेट्रिक टन ग्यास आयात भएको छ।

२०७६/०७७ मा २८ अर्ब ६२ करोड ७६ लाख ५१ हजार रुपैयाँ बराबरको ४ लाख ४८ हजार ५४९ मेट्रिक टन ग्यास आयात भएको छ। २०७५/०७६ मा ३३ अर्ब ९३ करोड ३९ लाख ६ हजार रुपैयाँको ४ लाख २९ हजार ५०२ मेट्रिक टन ग्यास आयात भएको छ।

के छ विद्युतीय चुल्हो आयातको अवस्था?
चालु आर्थिक वर्ष (२०८०/८१) को मंसिर मसान्तसम्ममा १५ करोड २४ लाख ९० हजार रुपैयाँको ६६ हजार ६२३ थान विद्युतीय चुल्हो आयात भएको छ। जसमध्ये ४४ हजार ७३७ थान इन्डक्सन र २१ हजार ८८६ थान इन्फ्रारेड चुल्हो आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० मा ४२ करोड ५४ लाख ७४ हजार रुपैयाँको २ लाख ४ हजार ३९३ थान विद्युतीय चुल्हो भएको छ। जसमा एक लाख ३० हजार ७४५ थान इन्डक्सन चुल्हो रहेका छन् भने ७३ हजार ६४८ थान इन्फ्रारेड चुल्हो नेपालमा आयात भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३२ करोड २८ लाख ४७ हजार रुपैयाँको १ लाख ५८ हजार २६४ थान विद्युतीय चुल्हो आयात भएको थियो। जसमा एक लाख १६ हजार ८१० थान इन्डक्सन र ४१ हजार ४५४ थान इन्फ्रारेड चुल्हो रहेका थिए।

यस्तै, आर्थिक वर्ष २०७७/८८ मा २४ करोड ८२ लाख रुपैयाँ बराबरको १ लाख ५४ हजार थान विद्युतीय चुल्हो आयात भएका थिए। जसमा २४ सय थान इन्फ्रारेड चुल्हो थिए। आर्थिक वर्ष २०७६/७७ मा नेपालले १० हजार ४३५ थान इन्डक्सन चुल्हो आयात गरेको थियो।
 
केन्द्रीय भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय विद्युतीय चुल्हो आयातको अवस्था बढ्दो छ। तर लक्ष्यअनुसार प्रयोग बढेको पाइँदैन।

विद्युत् निर्यातभन्दा आयात बढी
नेपालमा विद्युत् आयात/निर्यात ५० वर्षअघिदेखि हुनेगरेको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को आँकडा छ। आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १० अर्ब ४५ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो। र सोही वर्ष १९ अर्ब ४४ करोडको विद्युत आयात भएको थियो। जसअनुसार नेपालबाट विद्युत् निर्यात भन्दा आयात झण्डै दोब्बरले बढी देखिएको छ।

इप्पानको एक सर्वेक्षण अनुसार नेपालमा ७२ हजार ५४४ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ। तर सुख्खा याममा अहिले पनि भारतबाट विद्युत् आपूर्ति भइरहेको छ। अहिले नेपालमा २ हजार ८३७ मेगावाट बराबर विद्युत् उत्पादन भएको इप्पानका महासचिव बलराम खतिवडा बताउँछन्। 

जसमा २ हजार १७५ मेगावाट निजी क्षेत्रको उत्पादन रहेको उनको भनाइ छ। सानो परिमाणमा विद्युत् निर्यात हुँदै आएको थियो। अबका १० वर्षमा १० हजार विद्युत् निर्यात हुने भएको छ। गत पुस १९ गते भारतीय विदेशमन्त्री जयशंकरले नेपाल भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्