• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

लम्पी स्किन पीडितले अझै पाएनन् राहत, मन्त्रालय र विभागको तथ्यांक नै गलत

64x64
कल्पना घिमिरे शुक्रबार, पुस ६, २०८०  १९:२७
1140x725

काठमाडौं- गत असोज २८ गतेसम्म १५ लाख ३६ हजार १८० पशु (गाई-भैंसी)मा लम्पी स्किन देखिएको थियो। तीमध्ये १४ लाख ५३ हजार ४ सय ६४ पशु संक्रमणमुक्त भएको पशु सेवा विभागले जनाएको छ।

यस्तै ६५ हजार ४ सय ४१ अर्थात् ४ दशमलव २६ प्रतिशत लम्पी स्किन संक्रमित पशु मरेका छन्। करिब १० लाख ५३ हजार ५ सय ५२ पशुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको विभागले जनाएको छ। 

विभागका अनुसार देशभर अझै पनि १७ हजार बढी पशु लम्पी स्किनबाट संक्रमित छन्। लम्पी स्किन सङ्क्रमित ९४ प्रतिशत पशु निको भइसकेका विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले जानकारी दिए।

पछिल्लो समय पशुमा देखिने लम्पी स्किन सङ्क्रमण दर घट्दो क्रममा रहेको बताए। लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने यो रोग चिसो मौसममा निरन्तर घटेर शून्यमा देखिएको र अहिले तथ्यांक संकलन समेत नगरिएको उनको भनाइ छ।

मरेका पशुको यकिन तथ्यांक छैन
गत पुस ३ गते कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु धन अनुसन्धान संस्थानले सोल्टी होटलमा आयोजना गरेको एक गोष्ठीमा करिब ५० हजार पशु मरेको तथ्यांक प्रस्तुत गरिएको थियो। 

विभागले असोजसम्म ६५ हजार पशु मरेको तथ्यांक प्रस्तुत गरिसकेको छ। तर मन्त्रालय लम्पी स्किनबाट मरेका पशुहरुको यकिन तथ्यांक बताउन सक्दैन। मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहरा करिब ६० हजार पशु मरेको बताउँछन्। 

‘ठ्याक्कै यति पशु मरे भन्ने विवरण हामीसँग छैन। तर ६० हजार जति पशु मरेका छन्। अहिले चिसो सिजनका कारण संक्रमण दर घटेको छ,’ बोहराले भने।

गत साउन १४ गते पनि लम्पी स्किनको तथ्याङ्क सार्वजनिक गर्दै मन्त्रालयले देशभर ११ लाख ४९१ पशु–चौपाया संक्रमित भएको, ८ लाख ६७ हजार ८१० पशु उपचारपछि निको भएको, एक लाख ८३ हजार ८०१ पशु सक्रिय संक्रमित रहेको र ४८ हजार ८८० पशु मरेको विवरण सार्वजनिक गरेको थियो। फेरि भदौ २ गते ४७ हजार ६४९ पशु महामारी कारण मरेको विवरण प्रस्तुत गरिएको थियो। २ साताको अवधिमा मर्ने पशुको संख्या भने पहिलेको तुलनामा १ हजार २३१ ले घटाएर मन्त्रालयले सार्वजनिक गरेको थियो।

Ncell 2
Ncell 2

केही सूचक तलमाथि भएपछि गल्ती स्वीकार गर्दै कृषिको सूचनाका लागि एकीकृत प्रणाली नहुँदा पनि समस्या आएको प्रवक्ता ढकाल बताएका थिए। विभागले मन्त्रालय पठाएर मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा मरेका पशुको संख्यामा ठूलो अन्तर देखिएपछि अन्य सूचनाको विश्वसनीयतामा समेत प्रश्न उठेको थियो। 

लम्पी स्किनको तथ्यांकमै विश्वसनीयता छैन। न लम्पी स्किनबाट प्रभावित बनेका किसानको तथ्यांक छ न कति नोक्सान भयो भन्ने नै। त्यसको कुनै लेखाजोखा छैन। विभागलाई लम्पी स्किन विरुद्धको भ्याक्सिन आयातको विवरण समेत जानकारी छैन। विभागका प्रवक्ता ढकाल विभागले भ्याक्सिन नल्याएको हुँदा भ्याक्सिन आयात गर्न कति रकम बाहिरियो भन्नेबारे आफूलाई जानकारी नभएको बताउँछन्। मोटो रकम चलखेल गर्न लम्पी स्किनबाट मरेका पशुहरुको तथ्यांक पनि गलत हुन सक्ने सरोकारवालाहरु बताउँछन्। 

कति नोक्सानी भयो, छैन तथ्यांक
करिब ६५ हजार पशु मर्दा किसानलाई कति नोक्सान भयो भन्नेबारे मन्त्रालयसँग कुनै तथ्यांक छैन न त विभागसँग नै छ। मन्त्रालयका सहप्रवक्ता बोहरा करिब ६० हजार पशु मरेको र ती पशुको प्रति पशु ५० हजारका दरले नोक्सानी भएको बताउँछन्।

‘एउटा गाईको मूल्य ५० हजार पर्छ। त्यसै अनुसार ६० हजार पशुको संख्या छ भने ५० हजारका दरले नोक्सान भएको बुझौँ,’ उनले भने।

जस अनुसार हिसाब गर्ने हो भने ३ अर्बको नोक्सानी भएको देखिन्छ। तर लम्पी स्किनले गाई मात्रै नभएर भैंसी, गोरु, बाच्छाबाच्छी, पाडापाडी समेत मरेका छन्। ती सबैको छुट्टाछुट्टै तथ्यांक समेत छैन।

अर्थमा थन्कियो ४ महिनादेखि राहत दिने मापदण्ड
गत भदौमा लम्पी स्किनबाट पशु मरेमा क्षतिवापत सरकारले किसानलाई राहत उपलब्ध गराउने घोषणा गरेको थियो। तर ४ महिना बितिसक्दा पनि राहत वितरण हुन सकेको छैन।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले लम्पी स्किन प्रभावित (पशु मरेर पीडित) किसानलाई राहत दिने मापदण्ड तयार गरी विश्लेषणका लागि गत भदौ १२ गते नै अर्थ मन्त्रालय पठाएको जनाइएको थियो।

सो प्रस्ताव अहिलेसम्म अर्थ मन्त्रालयमा छलफलका क्रमा रहेको कृषि मन्त्रालयका सहप्रवक्ता तपेन्द्र बोहरा बताउँछन्।

‘राहत वितरणका लागि केही प्रक्रियागत ढिलाइ भएको छ। अर्थ मन्त्रालय र गृह मन्त्रालयबाट स्वीकृति पाएपछि मन्त्रिपरिषद्मा पेस हुन्छ,’ बोहराले भने, ‘अहिले प्रोसेसमै छ।’

५ हजारदेखि २० हजार राहत दिने मापदण्ड 
मापदण्डमा प्रभावित किसानलाई मरेका पशु अनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

मापदण्ड अनुसार किसानलाई विवरण संकलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी तीन चरण प्रस्ताव गरिएको छ। लम्पी स्किनबाट पशु मरेका किसानलाई तीन शीर्षकमा राहत वितरण हुने मन्त्रालयको भनाइ छ। 

उन्नत जातका वयस्क भैंसी र गाई मरेको भए किसानलाई प्रति पशु २० हजार रुपैयाँ दिइने मापदण्ड बनाइएको छ। यस्तै स्थानीय जातको ठूला गाई-भैंसी, गोरु र राँगा मरेका किसानले प्रति पशु १५ हजार पाउनेछन्। बाच्छाबाच्छी मरेका किसानलाई प्रति पशु ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको छ।

कृषि मन्त्रालयका अनुसार राहतमा ठूलो आर्थिक दायित्व सिर्जना हुने भएकाले भदौ १२ गते मापदण्डको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो। यस्तै, गृह मन्त्रालयमार्फत क्षतिको विवरण संकलन र राहत वितरण हुने भएकाले गृहमा पनि सहमति माग गर्दै पत्राचार गरिसकेको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्