• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

लम्पी स्किन पीडितले अझै पाएनन् राहत, मन्त्रालय र विभागको तथ्यांक नै गलत

64x64
कल्पना घिमिरे शुक्रबार, पुस ६, २०८०  १९:२७
1140x725

काठमाडौं- गत असोज २८ गतेसम्म १५ लाख ३६ हजार १८० पशु (गाई-भैंसी)मा लम्पी स्किन देखिएको थियो। तीमध्ये १४ लाख ५३ हजार ४ सय ६४ पशु संक्रमणमुक्त भएको पशु सेवा विभागले जनाएको छ।

यस्तै ६५ हजार ४ सय ४१ अर्थात् ४ दशमलव २६ प्रतिशत लम्पी स्किन संक्रमित पशु मरेका छन्। करिब १० लाख ५३ हजार ५ सय ५२ पशुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको विभागले जनाएको छ। 

विभागका अनुसार देशभर अझै पनि १७ हजार बढी पशु लम्पी स्किनबाट संक्रमित छन्। लम्पी स्किन सङ्क्रमित ९४ प्रतिशत पशु निको भइसकेका विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले जानकारी दिए।

पछिल्लो समय पशुमा देखिने लम्पी स्किन सङ्क्रमण दर घट्दो क्रममा रहेको बताए। लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने यो रोग चिसो मौसममा निरन्तर घटेर शून्यमा देखिएको र अहिले तथ्यांक संकलन समेत नगरिएको उनको भनाइ छ।

मरेका पशुको यकिन तथ्यांक छैन
गत पुस ३ गते कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु धन अनुसन्धान संस्थानले सोल्टी होटलमा आयोजना गरेको एक गोष्ठीमा करिब ५० हजार पशु मरेको तथ्यांक प्रस्तुत गरिएको थियो। 

विभागले असोजसम्म ६५ हजार पशु मरेको तथ्यांक प्रस्तुत गरिसकेको छ। तर मन्त्रालय लम्पी स्किनबाट मरेका पशुहरुको यकिन तथ्यांक बताउन सक्दैन। मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहरा करिब ६० हजार पशु मरेको बताउँछन्। 

‘ठ्याक्कै यति पशु मरे भन्ने विवरण हामीसँग छैन। तर ६० हजार जति पशु मरेका छन्। अहिले चिसो सिजनका कारण संक्रमण दर घटेको छ,’ बोहराले भने।

गत साउन १४ गते पनि लम्पी स्किनको तथ्याङ्क सार्वजनिक गर्दै मन्त्रालयले देशभर ११ लाख ४९१ पशु–चौपाया संक्रमित भएको, ८ लाख ६७ हजार ८१० पशु उपचारपछि निको भएको, एक लाख ८३ हजार ८०१ पशु सक्रिय संक्रमित रहेको र ४८ हजार ८८० पशु मरेको विवरण सार्वजनिक गरेको थियो। फेरि भदौ २ गते ४७ हजार ६४९ पशु महामारी कारण मरेको विवरण प्रस्तुत गरिएको थियो। २ साताको अवधिमा मर्ने पशुको संख्या भने पहिलेको तुलनामा १ हजार २३१ ले घटाएर मन्त्रालयले सार्वजनिक गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

केही सूचक तलमाथि भएपछि गल्ती स्वीकार गर्दै कृषिको सूचनाका लागि एकीकृत प्रणाली नहुँदा पनि समस्या आएको प्रवक्ता ढकाल बताएका थिए। विभागले मन्त्रालय पठाएर मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा मरेका पशुको संख्यामा ठूलो अन्तर देखिएपछि अन्य सूचनाको विश्वसनीयतामा समेत प्रश्न उठेको थियो। 

लम्पी स्किनको तथ्यांकमै विश्वसनीयता छैन। न लम्पी स्किनबाट प्रभावित बनेका किसानको तथ्यांक छ न कति नोक्सान भयो भन्ने नै। त्यसको कुनै लेखाजोखा छैन। विभागलाई लम्पी स्किन विरुद्धको भ्याक्सिन आयातको विवरण समेत जानकारी छैन। विभागका प्रवक्ता ढकाल विभागले भ्याक्सिन नल्याएको हुँदा भ्याक्सिन आयात गर्न कति रकम बाहिरियो भन्नेबारे आफूलाई जानकारी नभएको बताउँछन्। मोटो रकम चलखेल गर्न लम्पी स्किनबाट मरेका पशुहरुको तथ्यांक पनि गलत हुन सक्ने सरोकारवालाहरु बताउँछन्। 

कति नोक्सानी भयो, छैन तथ्यांक
करिब ६५ हजार पशु मर्दा किसानलाई कति नोक्सान भयो भन्नेबारे मन्त्रालयसँग कुनै तथ्यांक छैन न त विभागसँग नै छ। मन्त्रालयका सहप्रवक्ता बोहरा करिब ६० हजार पशु मरेको र ती पशुको प्रति पशु ५० हजारका दरले नोक्सानी भएको बताउँछन्।

‘एउटा गाईको मूल्य ५० हजार पर्छ। त्यसै अनुसार ६० हजार पशुको संख्या छ भने ५० हजारका दरले नोक्सान भएको बुझौँ,’ उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जस अनुसार हिसाब गर्ने हो भने ३ अर्बको नोक्सानी भएको देखिन्छ। तर लम्पी स्किनले गाई मात्रै नभएर भैंसी, गोरु, बाच्छाबाच्छी, पाडापाडी समेत मरेका छन्। ती सबैको छुट्टाछुट्टै तथ्यांक समेत छैन।

अर्थमा थन्कियो ४ महिनादेखि राहत दिने मापदण्ड
गत भदौमा लम्पी स्किनबाट पशु मरेमा क्षतिवापत सरकारले किसानलाई राहत उपलब्ध गराउने घोषणा गरेको थियो। तर ४ महिना बितिसक्दा पनि राहत वितरण हुन सकेको छैन।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले लम्पी स्किन प्रभावित (पशु मरेर पीडित) किसानलाई राहत दिने मापदण्ड तयार गरी विश्लेषणका लागि गत भदौ १२ गते नै अर्थ मन्त्रालय पठाएको जनाइएको थियो।

सो प्रस्ताव अहिलेसम्म अर्थ मन्त्रालयमा छलफलका क्रमा रहेको कृषि मन्त्रालयका सहप्रवक्ता तपेन्द्र बोहरा बताउँछन्।

‘राहत वितरणका लागि केही प्रक्रियागत ढिलाइ भएको छ। अर्थ मन्त्रालय र गृह मन्त्रालयबाट स्वीकृति पाएपछि मन्त्रिपरिषद्मा पेस हुन्छ,’ बोहराले भने, ‘अहिले प्रोसेसमै छ।’

५ हजारदेखि २० हजार राहत दिने मापदण्ड 
मापदण्डमा प्रभावित किसानलाई मरेका पशु अनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

मापदण्ड अनुसार किसानलाई विवरण संकलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी तीन चरण प्रस्ताव गरिएको छ। लम्पी स्किनबाट पशु मरेका किसानलाई तीन शीर्षकमा राहत वितरण हुने मन्त्रालयको भनाइ छ। 

उन्नत जातका वयस्क भैंसी र गाई मरेको भए किसानलाई प्रति पशु २० हजार रुपैयाँ दिइने मापदण्ड बनाइएको छ। यस्तै स्थानीय जातको ठूला गाई-भैंसी, गोरु र राँगा मरेका किसानले प्रति पशु १५ हजार पाउनेछन्। बाच्छाबाच्छी मरेका किसानलाई प्रति पशु ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको छ।

कृषि मन्त्रालयका अनुसार राहतमा ठूलो आर्थिक दायित्व सिर्जना हुने भएकाले भदौ १२ गते मापदण्डको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो। यस्तै, गृह मन्त्रालयमार्फत क्षतिको विवरण संकलन र राहत वितरण हुने भएकाले गृहमा पनि सहमति माग गर्दै पत्राचार गरिसकेको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्