• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विश्वबन्धु थापाको अनुभव : महेन्द्रसँग मन्त्री हुने मानिसै रहेनछन्, यत्तिकै 'कु' गरे [भिडियोसहित]

64x64
नेपाल लाइभ आइतबार, पुस १, २०८०  १२:५६
1140x725

खैरो रङको कमिज। सेतो सुरुवाल। कालो फ्रेमको चस्मा। तालु पछाडि सेतै फुलेको छोटो कपाल। चाउरिँदै गएको अनुहार। उनी इतिहासका एकएक घटना सम्झिन सक्छन्। घरी उत्साहित हुन्छन्, घरी आक्रोशित।

२०१५ सालको पहिलो संसद् अर्थात् प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक थापा सक्रिय राजनीतिबाट भने 'रिटायर्ड' भइसके। बिपी कोइरालाका विश्वासपात्र मानिएका थापाको राजनीति २०१७ पुस १ मा राजा महेन्द्रले ‘कु’ गरेपछि कांग्रेसबाट पञ्चायततिर ढल्कियो। राष्ट्रिय पञ्चायतको योजनाकारका रुपमा समेत चिनिने उनी महेन्द्रले ‘कु’पछि बनेको मन्त्रिमण्डलमा गृहमन्त्री बने। २०२० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष र त्यसको एक वर्षपछि मन्त्रिपरिषद्को उपाध्यक्ष भए। 

राजा महेन्द्रले 'कु' गरी कांग्रेसका सबैजसो नेतालाई थुन्दा थापा भने बाहिरै रहे। केही समयपछि भने उनी पनि जेल नै पुगे। राजा महेन्द्रको शासन व्यवस्थाका उनै साक्षी थापाले नेपाल लाइभकी पुष्पा केसीलाई राजा महेन्द्रसँग जोडिएका केही अनुभव सुनाएका छन्।

OOO

राजा भएको प्रजातान्त्रिक मुलुकमा राजाले प्रधानमन्त्री खोज्छन्, आफूले भनेको मान्ने मान्छेलाई। बेलायत र अरु देशमा पनि त्यस्तो छ। कहीँ बोल्छन्, कहीँ बोल्दैनन्। फरक त्यत्ति हो। 

यहाँका राजाले आफूले भनेको मान्ने मान्छे खोजेका थिए। अर्को त, भारतले पनि हामीकहाँ प्रभाव पारिरहेको हुन्छ। सबै सहमति भारतसँग मिलेर गर्ने। शासक भएपछि सबै आफ्नो मनले गर्छु भन्यो भने उसलाई चित्त बुझ्दैन। 

भिडियो-

nimb
nimb
Ncell 2
Ncell 2


हामी पनि चुनिएर आयौं। अहिले कम्युनिस्टहरु चुनिएर आएका छन्। कांग्रेस बाहिर बसेर 'बहुमतको धाक नलगाओ' भन्छ। 'बहुमतका आधारमा हामीलाई मारमा पार्न हुँदैन' भन्छ। अहिले त दलहरुले यस्तो कुरा गर्छन् भने राजाले त गर्ने नै भए। त्यसैले 'जनताको धेरै मत पाएँ भन्दैमा मसँग दाँजिएर काम छैन' भन्ने मनमा त हुँदो हो नि राजालाई।

राजाले सोधे- किन बिपीलाई प्रधानमन्त्री बनायौ?
२०१५ सालको पहिलो संसदीय निर्वाचन हुँदै थियो। म गोरखामा भएका बेला राजा पनि त्यहीँ थिएँ। राजाले सोधे, ‘कांग्रेसको कति सिट आऊला?’

मैले भने, ‘सरकार ७५ जति आऊला कि!’

पछि काठमाडौं आएर बुझ्दा, मैले संख्या भन्न नहुने रहेछ भन्ने बिपी र सुवर्णजीले भन्दा पो थाहा भयो।

अनि, मलाई लिएर जाने मन्त्री भूपालमान सिंहलाई नै भन्दिएँ, ‘मैले गल्ती भनेँछु। करिब ४० तिर आउँछ जस्तो छ।’

उनले पनि राजालाई त्यही भनिदिएछन्।

चुनावमा हाम्रो ७२ सिट आयो। 

राजालाई लाग्यो होला कि, मैले सही अन्दाज गर्ने रहेछु। एकदिन एउटा मान्छे आएर मलाई भन्यो, ‘राजाले तिमीलाई भेट्न खोजेका छन्, भेट्छौ?’

गएर भेटेँ पनि।

त्यो बेला सुवर्णलाई प्रधानमन्त्री बनाए हुन्थ्यो भन्ने दरबारको भित्री इच्छा थियो। तर हामीले बिपीलाई बनायौं। राजाले उनलाई मन पराएनन्। त्यो बेला बिपीलाई प्रधानमन्त्रीका लागि बोलाउनुपर्ने थियो, तर बोलाएनन्। झन्डै एक महिना लगाए।

पछि बाध्य भएर बिपीलाई नै प्रधानमन्त्री बनाए। सुवर्ण, गणेशमान र सूर्यप्रसाद नै प्रस्तावक बने। सुवर्ण बिपीकै सरकारमा अर्थमन्त्री पनि बने।

मलाई राजाले बोलाएर सोधे, ‘सुवर्ण बेस्ट थिए, किन बिपीलाई प्रधानमन्त्री बनायौ?’

'हाम्रो नेता नै बिपी हो, सुवर्ण सेकेन्ड म्यान मात्रै हुन्,' मैले जवाफ दिएँ।

राजाले बिपीलाई मन पराउँदैनन् भन्ने धेरैलाई थाहा थियो। बिपीले पनि राजा महेन्द्रलाई खुसी बनाउन सक्दो कोसिस गरेका थिए। तर, बिपी र राजाबीच प्रत्यक्ष झगडा देखिँदैनथ्यो।

राजाले एक दिन 'सुवर्णलाई प्रधानमन्त्री किन नबनाउने?' भनेर सोधे। मैले 'सुवर्णजी हुन्छन्, तर अलि समय चाहियो' भनेँ। 

राजासँगको मेरो भेट गोप्य थिएन। 

त्यतिबेला कुनै पनि सदस्यलाई राजालाई नभेट्नु भनिएको थिएन। मन्त्रीलाई पनि भनिएको थिएन। नत्र त तुलसी गिरिसँग पनि भेट हुँदैनथ्यो नि। मन्त्री पनि राजाले बोलाएपछि जान्थे। हामी पनि जान्थ्यौं। कुरा चाहिँ के भयो भन्ने हुन्थ्यो होला। राजासँग एउटा कुरा बाहिर अर्कै कुरा भयो कि भन्ने हुन्छ नि। तर, बिपीलाई सबै कुरा थाहा थियो। 

बिपीलाई भनेको थिएँ- राजाले मन पराउँदैनन्, छोडिदिनुस्
२०१७ साल पुस १ मा अमेरिकामै थिएँ। राजाले सुवर्णलाई भारत पठाएर अरु मन्त्रीहरुलाई थुने।

अमेरिकाबाट फर्किएर आएपछि मैले राजालाई सोधेँ, ‘सुवर्णलाई किन उता पठा’को?’ 

राजाले भने, ‘सुवर्णलाई मैले लन्डनमा तिमी प्रधानमन्त्री बन भनेको थिएँ। मानेनन्। कतै मानिहाल्छन् कि भनेर नथुनेर कलकत्ता पठाएको हुँ।’

बालक हुँदा राजा र सुवर्ण सँगै खेल्थे। प्रधानमन्त्रीका नाति थिए, सुवर्ण। कलकत्तामा घर भएका धनी। सुवर्ण कांग्रेसी भए पनि हाम्रो मान्छे हो भन्ने थियो, राजालाई। सुवर्ण प्रधानमन्त्री भए कांग्रेससँगको झगडा पनि नदेखिने, राजालाई पनि सजिलो हुने। यो कुरा धेरै नेपालीलाई थाहा थिएन। 

राजा चाहन्थे, म यहीँ बसौं। बिपी मेरो नेता पनि, दाजु पनि। मैले राजासँग भनेको थिएँ, 'बिपीले भनेको मान्नुपर्छ, त्यसैले सरकारले म नआउँदासम्म केही पनि नगरिबक्स्योस्, आएपछि कुरा गरौंला।'

कसैले सुनाइदिएछ, 'विश्वबन्धुले चाहेपछि बिपीविरुद्ध अविश्वासको प्रस्ताव पनि पास हुन्छ।' तर, त्यो असम्भव कुरा थियो। लक्ष्मी निवासमा एउटा महाधिवेशन भएको थियो। त्यसमा मैले बिपीको सहमतिविपरीत हाम्रा उद्योगहरु बोर्डरमा नभएर बुटवल, धरान जस्तै चुरे क्षेत्रमा हुनुपर्छ भनेको थिएँ। कार्यसमितिमा मेरो कुरा पास भएन। मैले बिपीलाई कार्यसमितिबाट राजीनामा गर्छु भनेँ। बिपीले 'राजीनामा नगर, प्रस्ताव राखे हुन्छ' भनेका थिए। मैले महाधिवेशनमा प्रस्ताव राखेँ। भोटिङ पनि भयो। निकै मतान्तरले मैले राखेको प्रस्ताव पारित भयो। त्यसैलाई आधार बनाएर कसैले राजालाई सुनाइदिएको रहेछ, 'विश्वबन्धुले चाहेपछि सबै सम्भव हुन्छ।'

तर, त्यो असम्भव थियो।

यो सबै परिस्थितिमा राजाले बिपीलाई मन पराउँदैनन् भन्ने मलाई थाहा थियो। त्यसैले 'फर्किएर आएपछि म कोसिस गर्नेछु' भन्दै राजालाई 'म आउनुअघि कुनै कदम नचाल्नु' भनेको थिएँ। 

राजा महेन्द्रले त्यही बेला नै नेपालगन्जको भाषणमा सरकारप्रति असन्तोष प्रकट गरेका थिए। म यहाँ भएको भए राजाले त्यो भाषण गर्ने थिएनन् कि भन्ने लाग्छ। 

राजाले सुवर्णलाई लन्डन लिएर गएँ। त्यसबेला राजाले भनेका थिए, 'सुवर्णले मेरो कुरा माने भने केही पनि गर्दिनँ। मानेनन् भने म फर्किएर आएपछि सोच्छु।' 

यो कुरा मैले बिपीलाई भनिनँ। किनभने मप्रति राजाको विश्वास थियो। बिपीको म विश्वासपात्र भए पनि कसैको सिआइडी त थिइनँ। साथी पो हुँ त। बिपीलाई त मैले भनिसकेको थिएँ, ‘तपाईंलाई राजाले मन पराउँदैनन्, छोडिदिनुस्।’

थुनिने १७ जनाको लिस्टमा मेरो नाम पनि रहेछ
राजाले ‘कु’ नै गर्छन् भन्ने त लागेको थिएन। केही गर्छन् भन्ने पक्का थियो। सुर्वणले विरोध गर्दैनन् भन्ने पनि थाहा थियो। तर, सुर्वणले आफ्नो कुरा नमानेकोमा राजा असन्तुष्ट थिए। 

म युएनमै थिएँ, राजाले ‘कु’ गर्दा खबर गरेनन्।
 
अमेरिका छँदा एक अमेरिकन बूढीले मलाई बेलाबेला खाना खान बोलाउँथिन्। उनी ऋषिकेश शाहकी साथी थिइन्। उनले मलाई बिहानै फोन गरेर भनिन्, ‘नेपालमा ‘कु’ भयो थाहा पायौ?’ 

मैले 'चेक गर्छु' भनेँ। 

उनले पेपरमा पढेको जानकारी दिइन्। 

अनि मैले ऋषिकेशलाई फोन गरेँ। उनले पनि 'भर्खर खबर आयो' भन्ने जानकारी दिए। राजाले सबैलाई थुनेका थिए। दुई दिनपछि, ऋषिकेशले 'तिमीलाई पठाउनु भनेका छन् राजाले, जानुस्' भने। 

थुन्ने १७ जनाको नाम लिस्टको अन्त्यमा मेरो नाम पनि रहेछ। मलाई राजाले थुन्दैनन् भन्ने थाहा थियो। त्यसपछि 'म नेपाल जान्छु' भनेर दूतावासलाई भनेँ। 

राजाले मसँग कुरा गर्छन् भन्ने थाहा थियो। तर, अरु थाहा थिएन। म एयरपोर्ट ओर्लिएँ। लगत्तै, जर्नेल भक्तनरसिंह राणा कागज लिएर आए र भने, 'तपाईंलाई थुन्नु भन्ने आदेश छ। हिँड्नुहोस्।'

पुसको महिना। बिहानै थियो। ट्याक्सी चल्दैनथ्यो। अफिसकै मोटर थियो उनीसँग। त्यही मोटरमा लिएर जर्नेल सिंहदरबार पुगे। त्यहाँ एउटा घरमा मैले केही मानिस देखेँ। 

'यहाँ कोको राख्नुभएको छ?' मैले सोधेँ। 

जर्नेलले भने, 'बिपीसहित अरु मन्त्रीहरु पनि यहीँ छन्। तपाईं पनि यहीँ बस्नुपर्छ।' 

मैले आग्रह गरेँ, 'हेर्नुस् जर्नेल सा’ब, अमेरिकाबाट म यहाँ बस्नलाई आएको होइन। किन यस्तो गरेछन् भनेर राजालाई भेट्न आएको हुँ। तपाईंले मलाई थुन्नुभयो भने म फेरि फर्केर आउँदिन्न। त्यो दोष तपाईंको हुन्छ। म माफी मागेर राजा भएको ठाउँ आउँदिनँ। त्यसकारण राजालाई एकपटक फोन गर्नुहोस्। दरबारले जे भन्छ त्यही गर्नुस्।' 

म त कांग्रेसको प्रमुख सचेतक थिएँ। त्यहाँ गइसकेपछि किन फर्कने भन्ने मेरो सोच थियो। उनले दरबारमा फोन गरे।

फोन नउठेपछि मतिर फर्किएर सोधे, 'अब के गर्ने?'

मैले भनेँ, 'तपाईंको चिफलाई फोन गर्नुहोस्, जे भन्छन् त्यही गर्नुहोस्।'

त्यसपछि तुरुन्तै उताबाट फोन आयो, 'छोड्देऊ, घर जान देऊ।' 

जर्नेलले अलि हच्किएर भने, 'गल्ती भएछ, घर जानुभए हुन्छ।'

'तपाईंले समातेर ल्याउनुभयो, यति धेरै सामान कसरी लग्नु?' भनेपछि उनैले मेरा सामान आफ्नै मोटरमा राखे। र, मलाई घर लगेर छोडिदिए। 

घर पुगेपछि सुरुमै डा गिरिलाई फोन गरेँ।

डा गिरिले भने, 'राजाले मलाई पनि थुन्यो। भर्खरै हिजो राति छोडिदियो। केके नाटक गर्छन् राजा पनि? पहिले मलाई भेट, अनि मात्रै केही 'एक्सन' गर्नू।

मैले 'हुन्छ' भनिदिएँ।

डा गिरि केहीबेरमै मेरो घरमा आए। उनले पनि राजाले आफ्नो कदमबारे केही नभनेको बताए। 

गिरिले राजालाई फोन गरेपछि उताबाट भनियो, 'तिमीलाई भरे भेट्छु, विश्वबन्धुलाई पनि सँगै ल्याउनू।'

गएर राजालाई भेट्यौं।

मैले राजालाई सोधेँ, ‘मलाई थाहा दिन्छु भनिबक्सेको थियो सरकारले। तर किन खबर गरिबक्सेन?’

राजाले भने, ‘त्यो ऋषिकेश शाह रक्सी खाएर जे पायो त्यही बोल्ने रहेछ, त्यसलाई भनेको भए गाह्रो हुने थियो मलाई। सुवर्ण शमशेरले नाइँ भन्यो। मैले छोडिदिएँ। तिमीलाई खबर नगर्नुको कारण त्यही हो।’

कुराकानीमा राजाले मलाई मन्त्रीको प्रस्ताव गरे। सुरुमा मैले मन्त्री हुने प्रस्ताव अस्वीकार गरेँ। राजा मौन बसे।

कसैलाई पनि मन्त्री नबनाएरै बसेका थिए उनी।

राजाले पुनः सोधे, 'तिमी किन मन्त्री नहुने?'

मैले भनेँ, 'केही होइन सरकार। बिपी थुनिएका छन्। अरु साथीहरु थुनिएका छन्। सुवर्ण शमशेर पनि कलकत्तामा छन्। उनलाई म भेट्छु केही कुरा छ कि।'

तर, राजाले सुवर्णलाई धेरै फकाउन खोजेका रहेछन्। सुवर्णसँगको कुराकानी सुनाए। 

राजाले भने, ‘यो सबै बिपीको नाटक हो, बिपीले छोड्दै छोड्दैनन्।’ 

मैले सोधेँ, 'मन्त्रीहरु कोको हुन्छन्?'

राजाले त मलाई नै नाम दिन आग्रह गरे।

राजासँग त मन्त्री हुने मानिस पनि कोही रहेनछन्। यत्तिकै गरेका थिए, ‘कु’।

डा गिरि मन्त्री भएको हुनाले उनी सरकारमा पहिलो वरीयताको मन्त्री हुन्छन् भन्ने थाहा थियो। ऋषिकेश शाह राजदूत भएका कारण दोस्रो वरीयतामा हुन सक्छन्। म कांग्रेसको प्रमुख सचेतक, मलाई तेस्रो वरीयतामा बस्न भन्लान्। त्यसकारण म जान्नँ भनेको थिएँ, डा गिरिसँग।

डा गिरिले राजालाई त्यही भनिदिएछन्।

राजाले मलाई मन्त्रीको दोस्रो वरीयतामै राख्ने भनेछन्। त्यही कुरा ल्याएर डा गिरिले 'नाइँ नभन' भने। नाइँ भने बिपीलाई थुन्ने राजाले मलाई पनि थुन्छन् भन्ने गिरिको तर्क थियो। 

मलाई थुनिन डर थिएन। देश–विदेशका विभिन्न ठाउँ पुगेँ, घुमेँ। त्यतिबेलादेखि नै नेपाल कहिले विकास हुन्छ भन्ने लागेको थियो। 

बिपीलाई भारतका समाजवादी नेता जयप्रकाशले ‘पञ्चायत’ नामको सानो किताब पठाएका थिए। त्यो मैले पनि पढेको थिएँ। जब म मन्त्री भएँ। राजालाई पहिलो प्रश्न गरेँ, ‘हामी मन्त्री त भयौं। तर, यो व्यवस्थाको योजना के हो? यसको नाम के हो?’ 

राजाले मलाई जवाफ दिए, ‘यसको नाम पनि राखेको छैन मैले। यसको कुनै योजना छैन। तिमीहरुलाई मैले मन्त्री बनाएँ। जे मन लाग्छ गर।’ 

मैले डा गिरिसँग पनि भनेँ, ‘यी त गज्जबका राजा रै'छन् बा। न योजना छ, न कार्यक्रम। आफू राजा हुनलाई हामीलाई मन्त्री बनाइदिए। अब के गर्ने?’

डा गिरिले भने, ‘यी सब कुरा गरेर केही फाइदा छैन। तिमीलाई थाहै छ, राजाले हामीलाई पत्याएका छन्। अरु मन्त्री भए पनि सुझाव त हामीले राखेको हो नि।’

राजासँग केही पनि थिएन। न पञ्चायतको नाम थियो, न कुनै काम थियो। सबै कुरा हामीले गरिदिनुपर्ने। नाम पनि हामीले दिएको हो।  

सूर्यबहादुर थापालाई हामीले राखेका हुन्। अनिरुद्र प्रसाद सिंहको नाम राजाले मलाई भने। मैले त्यसमा असहमति जनाएँ। 'कसलाई बनाउने त, भन न' भनेर राजाले सोधे। मैले 'सरकार, अर्को नाम बक्सियोस् न' भनेँ।

राजाले भने, ‘तिमी नै खोज न त। तिमी जसलाई भन्छौ त्यसैलाई बनाइदिन्छु।’ 

कहाँ जाने त्यो बेला? महेन्द्रनारायण निधिकहाँ गएँ। उनलाई भनेँ पनि। उनले 'विश्ववन्धु तैंले भनेको कुरा त सबै ठिक हो। तर, मलाई हुन मन छैन। मलाई नबनाउनु' भन्ने जवाफ दिए। 

त्यहाँबाट फर्किएर आएपछि राजालाई भनिदिएँ, 'मसँग कोही छैन।'

त्यसपछि अनिरुद्र प्रसाद सिंह नै मन्त्री भए। 

मैले बहुदल माग्दा राजाले जेल पुर्‍याए
प्रजातन्त्रमा विकास निर्माणका काम धेरै ढिला हुन्छन्। प्रजातन्त्र नै ढिलो प्रक्रिया हो। पञ्चायतको समयमा हामीले धेरै काम गर्‍यौं। मुलुकी ऐन पास गर्‍यौं। जातपात एकै हुन्छ भन्यौं। 

हाम्रो मन्त्रिमण्डलमा एक जना विश्वकर्मा थरका सहायक मन्त्री थिए। राजाले उनलाई माया पनि गर्थे। 

एउटा पार्टी थियो। पार्टीमा बालचन्द्र शर्मा भेटिए। शर्मा उपाध्याय बाहुन थिए, ती मन्त्री दलित। 

मैले भनेँ, 'पुरानो मुलुकी ऐन अनुसार तल्लो जातले छोएको बाहुनले खायो भने जात प्रतिबन्धित हुन्छ। उसलाई थुन्नुपर्छ। यो त ऐनको बर्खिलाप भयो।'

राजाले 'के भन्न खोजेको तिमीले' भनेर मलाई प्रश्न गरे। 

'मुलुकी ऐन फेर्नुपर्छ,' मैले जवाफ दिएँ, 'प्रजातन्त्रमा जातपात हुँदैन। बराबर हुन्छ।'

तत्काल राजाले मुलुकी ऐन बदल्न भने। लगत्तै, एउटा ड्राफ्ट तयार पारेर राजा कहाँ लगियो। त्यो पास भयो। यति छिटो काम हुन्थ्यो। 

डा गिरिलाई हटाएर राजाले मलाई अध्यक्ष बनाउन खोजे। 

'डा गिरिलाई हटाएर मलाई किन अध्यक्ष बनाउन खोजेको?' राजालाई प्रश्न गरेँ। 

त्यसअघि राजाले मलाई बोलाएर भावुक कुरा गरे, 'तिमीहरु पार्टीको नेता हौ, आज एकथोक भोलि अर्को थोक गर्दा हुन्छ। म त राजा हुँ। मैले जे भन्यो, त्यो गर्नुपर्छ। बहुदल खत्तम पारेर म राजा भएको छु। भोलि म फ्याट्ट मरेँ भने त मलाई मान्छेहरुले बहुदल मारेर मर्‍यो भन्छन्।' 

उसो त मलाई प्रभावित पार्न पनि भावुक कुरा गरेका होलान्। मैले अहिले नै के हतार भयो र? पछि गरौंला भने।

राजाले अघिल्लो दिन नै डिल्लीरमण रेग्मी, टंकप्रसाद र केआई सिंहलाई भेटेको बताए। उनीहरुलाई '५/७ वर्षपछि बहुदल दिन्छु भनेको छु। त्यसैले त्यो कुरा म आजै बोल्न चाहन्छु' भनेका रहेछन्। ताकि आफू मरे पनि मान्छेहरुले बहुदल दिने विचार त थियो राजाको भनून् भन्ने रहेछ।

मैले सुझाव दिएँ, 'हामीले निर्दलीय व्यवस्था भनेका छौं। अहिले प्याट्ट बोलेपछि त यो व्यवस्था कमजोर हुन्छ। भन्न हुँदैन। त्यतैतिर हिँड्नुपर्छ हामी। नआत्तिबक्सियोस्, भर्खर गाउँको चुनाव सकिएको छ।'

२०१८ बैसाख १ गते टुँडिखेलमा आफ्नो सभा हुने भएकाले भाषण तयार पार्न आग्रह गरे। त्यसमा पार्टी आउँछ भनेर पनि लेख्न भने।

राजाले भाषण गरे।

त्यही कुरा मैले पछि उठाएँ, 'सरकारले अहिले डा गिरिलाई हटाएर मलाई बनाउँदा बहुदल दिने कुरामा केही न केही हुनुपर्छ। सरकारले बहुदल दिन्छु भनेको ५ वर्ष बितिसक्यो। ५/७ वर्षमा बहुदल दिन्छु भन्ने सरकारबाटै हुकुम भएको थियो। त्यसो भयो भने मलाई सजिलो हुने थियो। नभए, डा गिरिलाई हटाएर म किन आउने?'

राजाले 'अहिले नै त्यो भन्ने बेला नभएको' बताए। उनले अहिले आफूले त्यसो नभन्ने भएकाले मलाई आउन आग्रह गरे। 

तर, राजा पनि निर्दलीय चाहने मान्छे थिए। 

म हाउसको अध्यक्ष थिएँ। मन्त्रिमण्डलको अध्यक्षपछि त्यही नै दोस्रो वरीयता थियो। राजाले पुनः 'तिमी त्यता गएपछि काम भएन, यता आऊ' भनेर मन्त्रिमण्डलमा बोलाए।

डा गिरि अध्यक्ष छन्। सूर्यबहादुर उपाध्यक्ष। अब, मन्त्रिमण्डलमा आएपछि सूर्यबहादुरभन्दा म मुनि बस्न चाहन्नँ। माथि बस्दा पनि सूर्यबहादुरलाई मन पर्दैन। 

राजाले मलाई आउन आग्रह गरे। म नै पहिलो उपाध्यक्ष हुने बताए। मैले मानिनँ।

डा गिरिलाई 'विश्वबन्धुले मानेनन्' भन्देछन्। डा गिरि आएर मलाई 'अध्यक्ष बन, म दोस्रो वरीयतामा बस्छु' भने।

मैले 'हुन मन नलागेर राजालाई त्यस्तो भनेको हुँ' भने। तर, डा गिरिले मानेनन्। 

पछि म उपाध्यक्ष भएर मन्त्रिमण्डलमा गएँ। 

भूमि सुधार सम्बन्धीको प्रस्ताव खड्गबहादुरका पालामा आयो। अहिले यो गर्नु हुँदैन भन्ने मेरो तर्क थियो। राजाले किन भनेर सोधे।

मैले भनेँ, ‘राजाले दिने कुरा गर्नुपर्छ। खोस्ने कुरा गर्नु हुँदैन। यदि सरकारले आज अरुको जग्गा खोस्ने हो भने सरकारको गद्दी किन नखोस्ने मान्छेले? खड्गबहादुरले मन्त्रिपरिषद्‌मा प्रस्ताव ल्याएर पास गरिबक्स्यो भने सरकारको अध्यक्षतामा मन्त्रिपरिषद्‌ले पास गरेको ठहर्छ। र, सरकारले आजदेखि लागू भयो भनेपछि सरकारले गरेको ठहर्छ। मन्त्रिपरिषद्ले हाउसमा लिएको प्रस्ताव सभामुखले सिफारिस गर्छ, त्यसपछि सरकारले हुन्छ भनिबक्स्योस्। त्यसो गरेपछि जनताले गरेको मानिन्छ। दोष सरकारलाई हुँदैन।’

भूमि सुधार आयोगको काम काज सकिएको थिएन। राजाले त्यो काम गर्ने नै भए। 

राजाले यसबारे गिरिसँग उनकै घरमा बैठक गर्न मलाई भने। त्यहाँ तिमीहरुले जे भन्छौ, म मान्छु भने।

डा गिरिको घरमा मिटिङ भयो। मैले भनेअनुसार ‘राजाले पास नगर्ने’ सहमति भयो। जब, दरबारमा आयौं सहमतिविपरीत ‘राजाले पास गर्ने’ प्रस्ताव आयो। र, पास भयो। 

अनि मैले राजालाई राजीनामा लेखेर दिएँ। 

राजाले 'चार दिनको समय लेऊ। त्यसपछि जे भन्छौ, त्यही गर्दिन्छु' भने। मैले 'हुन्छ' भनेँ।

चौथो दिन सूर्यबहादुरले मलाई फोन गरेर 'मन्त्रिपरिषद् बस्दैछ' भन्ने जानकारी दिए। त्यसअघि सूर्यबहादुरले मलाई भेट्न खोजे। हामीले भेट्यौं पनि। तर, राजाले सूर्यबहादुरलाई नभन्नु भनेको कुरा भनिसकेका रहेछन्।

मन्त्रिपरिषद् बस्नुअघि राजाले मलाई माथि बोलाए। मैले राजीनामा दिएको कुरा सरकारले कसैलाई नभन्नु भन्दा मैले डा गिरिलाई समेत भनिनँ। सूर्यबहादुर आएर कुरा गरे।

राजाको इच्छा रहेछ, मैले राजीनामा नगरुँ भनेर। 

‘म गर्दिनँ राजीनामा। सरकारबाट केही वर्षपछि बहुदल हुन्छ भनेर हुकुम बक्सियोस् न त,' मैले भनेँ।

राजाले 'त्यसो त नभन्ने विश्वबन्धु' भनेपछि मैले भनेँ, 'त्यसो भए राजीनामा दिन्छु सरकार। म बस्दै बस्दिनँ।’

त्यसपछि म बाहिर गएँ। सूर्यबहादुर अध्यक्ष भए। उनले द्रुत तरिकाले काम गर्न थाले। संविधान संशोधन गरेर उनीहरुले हामीले नराखेको निर्दलीय व्यवस्था राख्ने तयारी गर्न थालेछन्। 

त्यसपछि मैले बहुदलीय व्यवस्था हुनैपर्छ भनेर वक्तव्य पनि दिएँ। त्यही निहुँमा मलाई र सूर्यप्रसाद उपाध्यायलाई नख्खु जेलमा थुनिदिए। गिरिजा, रामराजाप्रसाद सिंह लगायत कम्युनिस्ट-कांग्रेसी त्यहीँ थिए।

मलाई राजाले असाध्यै माया पनि गर्थे। मलाई मन्त्रीहरुले राजाको 'प्याम्पर मिनिस्टर' भन्थे। राजालाई थाहा थियो, यसले धेरै कुरा बोल्छ। डराउँदैन। 

मैले बहुदल मागेँ। मलाई राजाले जेल पुर्‍याए। चार महिनाजति जेल बसेँ।

दुई वर्षपछि राजाले ‘गाउँ फर्क राष्ट्रिय अभियान’ घोषणा गरे। ०२६ सालमा मेरो अध्यक्षतामा ‘गाउँ फर्क राष्ट्रिय अभियानको केन्द्रीय समिति’ गठन भयो। राजासँग मेरा केही असहमति पनि थिए। (नेपाल लाइभ आर्काइभबाट)

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले बनायो रविको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति
नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
सम्बन्धित सामग्री
रास्वपाले बनायो रविको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि स... बुधबार, वैशाख ३०, २०८३
नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद बैठक छाडेर हिँडेका र अहिलेसम्म संसदमा प्रधानमन्त्री बालेन श... बुधबार, वैशाख ३०, २०८३
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
रास्वपाले बनायो रविको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बुधबार, वैशाख ३०, २०८३
नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने बुधबार, वैशाख ३०, २०८३
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी बुधबार, वैशाख ३०, २०८३
सुनको मूल्य घट्यो बुधबार, वैशाख ३०, २०८३
स्मार्ट सेल घोटाला प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सदनमा प्रधानमन्त्रीको व्यवहार अस्वभाविक भएकाले स्वास्थ्य जाँच गरेर संसदलाई जानकारी गराउन कांग्रेसको माग मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्