• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

इजरायलमा १२ वर्षदेखि बल्झिइरहेको दर

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  ०८:२७
1140x725

आमा, मेरो आगाडि एउटा मनहुस रात चुकपोते भएर घोप्टिएको छ। संसार निदाउने तरखर गर्दैछ तर म भने आफ्नो जिम्मेवारी पूरा गर्न अनिंदो तैनाथ छु । यो पनि मेरो जिम्मेवारीकै एउटा पाटो हो। पापी पेट पाल्नुपर्ने बाध्यताबाट सुरु भएको जिम्मेवारी। कसैको अगाडि ‘केहि गर्ने’ भएर देखिनुको रहरबाट सुरु भएको मेरो जिम्मेवारी। अभावको अगाडि आफूले जन्माएका सन्तानले घुँडा टेकेको देख्न नसकेर सुरु भएको जिम्मेवारी अथवा आफ्नो खुट्टामा आफैं उभिएर संसारलाई ‘ई हेर, मैले पनि केही गर्न सक्छु’ भनेर देखाउने हुटहुटीले थोपरेको जिम्मेवारी। जे भने पनि यसरी तैनाथ हुनु मेरो कर्म हो, मेरो जागिर हो र मेरो कमाइको जरिया हो। तिमी कुरा बुझ्छेउ नि मेरी आमा!  

विदेशी भूमि त्यसमाथि बिरामी र जीर्ण रोजगारदाताको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी वहन आफैंमा चुनौतीपूर्ण काम हो। घडीले त्यस्तै बाह्र बजाएको हुनुपर्छ। मध्यरातमा अहँ पटक्कै सुस्ताउँदैन यो सहर। बरु झन्–झन् जतिजति रातलाई जवानी चढ्दै जान्छ यो सहर उति नै तन्नेरी भएजस्तो देखिन्छ। सहरका बीचोबीच अवस्थित यी सुपरमार्केटहरु झिलिमिली बत्तिको उज्यालोले रंगीन हुँदै जान्छन्। खासमा कहिल्यै ननिदाउने सहर हो यो। म बाल्कोनीबाट एकटकले रंगीन सहर नियाल्छु। कतै कुनै कुनामा आफ्ना खुसीहरु पनि रंगीन अवस्थामा भेटिन्छन् कि भनेर, म तिम्रो अनुहारमा मेरो खुसी भेटाउँछु। सहरको उज्यालोमा पर कतै तिम्रो प्रतिबिम्ब पो देखिन्छ कि भनेर नजर दौडाउँछु।  

म रातको समयमा खाना खाँदै मोबाइल चलाउँदै छु। खाना त के खानु, गाँस मुखमा पुग्नु अगाडि अरु कस–कसले खाए होलान् अथवा कस–कसले खाने बेलामा मलाइ याद गरे होलान् भनेर टोलाउँदै आधा खाना चिसो भएर जान्छ। आज दिउँसोदेखि नै हिक्क–हिक्क बाडुल्की लागिरहेको छ। पक्कै तिमीले धेरै सम्झियौ, यति जोडसँग नसम्झ न आमा! यता तिम्री छोरीलाई गाँस निल्न गाह्रो भइसक्यो

म पनि दर खाँदैछु आमा! हुन त यस्ता फगत सम्झनामा हराएर दुई गाँस खाना उभिएरै निल्नुलाई पनि कसरी दर भन्न सकिएला र? केही नखाई प्राण पनि त धानिन्नँ। पेट भरियो भने पो सकुँला आफूप्रति आशावादीहरुको घाउमा मल्हम लगाउन। माया गर्नेहरुको ओठमा हाँसो छर्न र लामो यात्रा तय गरेका तिम्रा कलिला नातिनीहरुको लागि सामल जुटाउन। 

आज गाउँघरका चेलीहरु गहनामा सजिएर दाजुभाइ र बाबाको हात समातेर आमाको हातबाट बनेको दर खान माइत जाने दिन। पराया घरमा हुँदाका वर्षभरिका दुःख आमाको काखमा बिसाउने दिन। आज अबेरसम्म नाँचगान गरेर आमाकै काखमा निदाउने दिन। मनमा भएका सम्पूर्ण दुःखलाई कुनामा मिल्काएर खुसी हुने दिन। मनका भारी बिसाएर हल्का हुने दिन। यो संसारमा अनुपम दिन कुनै छ भने त्यो दर खाने दिन नै हो र अनुपम स्थान कुनै छ भने त्यो आमाको काख नै हो।

Ncell 2
Ncell 2
nimb
nimb

बाह्र वर्ष भन्दा बढी भयो आमा! म चाहेर पनि तिम्रो काखमा लुटपुटिन पाइनँ। न आमा बनेर छोरीहरुलाई काखमा निदाउने बनाउन नै पाएँ। न चाहेर पनि तिमीले पकाएको दर खान पाएँ न छोरीहरुलाई खुवाउन नै सकें। परिबन्द भनेको यही त होला। तर पिर नगर आमा, तिम्री छोरी पैसा कमाउँदै छे। सुन्दर भविष्य कोर्न तिमीले पकाएको दर माया मारेर पैसा कमाउँदै छे भनेर चित्त बुझाऊ।   

म जान्दछु, पैसा सबैथोक होइन, तिमीले सिकाएको पनि त्यही हो। हामी सबै रित्तै आएका हौं, रित्तै जाने निश्चित छ। तर, रित्तै हुँदाकी तिम्री छोरी र अहिलेकी तिम्री छोरीको हैसियतमा आकाश–जमिनको फरक छ। कैयौं पटक म अभावमा घिसारिएँ, लतारिएँ र अपमानित भएँ। त्यो मेरो कहालीलाग्दो समय तिमीलाई सम्झना होला नै। हुन त कसरी मेटिन्छन् र ती चोटहरु। मलाई लागेका हरेक चोटमा पीडा त तिमीलाई नै हुन्थ्यो। काँडा निस्के पनि खिल त बल्झिरहन्छ नि होइन र? 

अहिले समय फेरिएको छ आमा। मिहिनेतको कमाइमा तिम्री छोरी शिर ठाडो पारेर बाँच्नसक्ने भएकी छे। अपमानले विक्षिप्त हुन नपर्ने भएकी छे। दर खान नपाए पनि स्वाभिमानले पेट भर्न सक्ने भएकी छे। अहिलेलाई यत्तिमै खुसी हुनु। समय आउला अनि म पनि तिम्रो काखमा निदाउन पाउँला, भगवान्ले त्यो दिन त कसो नजुराउलान्!     

Xtrem
Xtrem

हुन त प्रविधिले मान्छेलाई टाढा भएको अनुभूति दिएको छैन। दैनिक आमासँग भिडियो कल गरेर सँगै भएको अनुभव गरिरहेकी छु। दैनिक आमाका निर्देशन अनि आशिर्वादले ओतप्रोत हुन पाइरहेकी छु। त्यसरी नै छोरी हरुसँग पनि दैनिक अनुहार हेरेर बोल्न पाइरहेकी छु। दिदीबहिनीसँगको सामिप्य महसुस गर्न पाइरहेकी छु। तर, पनि त्यो आमाको काखको न्यानो मोबाइलबाट छिरेर यो उराठ ठाउँसम्म आउन सक्दैन। न मैले मेरो वात्सल्यलाई नै कुनै डिभाइसको एप्सबाट छोरीहरुसम्म पुर्‍याएर उनीहरुको कपाल सुम्सुम्याउन सक्छु। उफ् यो दुरी! उफ् यो दर!
 

हाल इजरायल

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्