• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भ्याटको बहानामा व्यापारीले आलु-प्याज बेच्नै छोडे, ५ दिनदेखि कालीमाटीका स्टल रित्तै

64x64
कल्पना घिमिरे शुक्रबार, मंसिर २२, २०८०  १९:०१
1140x725

काठमाडौं- बिहीबार साँझ कलंकीको तरकारी बजारमा ग्राहकको घुइँचो थियो। व्यापारीहरु ‘साग सस्तो–सस्तो, ‘काउली २५ रुपैयाँ किलो’ भन्दै ग्राहकलाई आफ्नो स्टलतिर आकर्षित गर्दै थिए।

ग्राहकमध्ये एक महिलाले काउली व्यापारीसँग सोधिन्, ‘आलु चाहिँ पाइन्न यहाँ?’ 

‘आज बजारमै छैन आलु, अस्तितिर ३ वटा आलुका स्टल थिए। २ दिन जति भयो, आलु राख्नै छाडे। भ्याट लगाएर महँगो भएको छ रे। होलसेलमै आलु छैन भन्छन्,’ ती व्यापारीले भने।

आलु किन्न आउँने थुप्रै ग्राहक बजारमा आलु नपाएर फर्किरहेका थिए। 

कलंकी मन्दिर छेउकै तरकारी पसलमा एक ग्राहक आलु किन्न आए। त्यस पसलमा बाहिर नखोली राखेको आलुको एउटा बोरा थियो। ती ग्राहकले आलु किन्न खोजे तर पसलले आफ्नो चटपटे र पानीपुरीको पसल भएकाले आफैँलाई आवश्यक रहेको बताए।

‘चटपट पसल छ, आफैँलाई चाहिन्छ। यति आलु त चार दिनलाई पनि भ्याउँदैन। बजारमा आलु अभाव छ। किलोको २ सय दिन्छु भने पनि बिक्री नगर्ने,’ ती पसलेले भने।

ती ग्राहक पनि आलु नपाएर रित्तै फर्किए।

अहिले बजारमा आलु पाउन मुश्किल छ। यति मात्र होइन, सरकारले भ्याट लगाएको भन्दै व्यापारीहरुले आफूसँग भएको आलु र प्याज पनि लुकाएर कृत्रिम अभाव सिर्जना गरिरहेको उपभोक्ताको गुनासो छ।

Ncell 2
Ncell 2
nimb
nimb

चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको थियो। जसको निकै विरोध भयो तर सो निर्णय सरकारले फिर्ता गरेको थिएन।

आयातित आलु-प्याजमा भ्याट लाग्ने भनिए पनि अहिले स्वदेशमा उत्पादित आलु खरिद गरेर बिक्री गर्दा पनि सरकारले भ्याट लगाएको व्यवसायीहरुको गुनासो छ। 

४ दिनदेखि कालीमाटीमा कारोबार ठप्प
सरकारले भ्याट लगाएको भन्दै देशैभरका व्यवसायीले यसै सातादेखि आलु-प्याजको कारोबार ठप्प पारेको कालीमाटी तरकारी बजार तथा विकास समितिले जनाएको छ। 

समितिका निर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले ४ दिनदेखि कालीमाटीमा रहेको व्यवसायीका ८१ वटै स्टलले आलु-प्याज बिक्री ठप्प पारेको जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सरकारले आलु-प्याजमा भ्याट लगाएकाले व्यापारीले व्यापार गर्न नसक्ने भन्दै ४ दिनदेखि व्यापार ठप्प पारेका छन्। अहिले बजारमा आलु र प्याजको कारोबार छैन। कारोबार नै नभएपछि समितिको दैनिक मूल्य सूचीमा समेत आलु-प्याजको मूल्य समावेश गरेका छैनौँ,’ उनले भने।

कालीमाटी बजारमा दैनिक ८० टनको हाराहारीमा प्याज र १५० टनको हाराहारीमा आलु आउने गरेको तर ४ दिनदेखि आगमन समेत ठप्प रहेको उनले बताए। 

आलु-प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेल सरकारले स्थानीय उत्पादन आलु-प्याजलाई भ्याट लगाउने भनेपछि व्यापारीले आलु-प्याज बिक्री वितरण बन्द गरेको बताउँछन्।

‘सरकारले बजेट भाषणमा आलु-प्याजमा १३ प्रतिशत भ्याट लगाउने भने तापनि स्वदेशी उत्पादनलाई प्रोमोट गर्ने भनिएको थियो। तर अहिले स्वदेशी उत्पादन आलु-प्याज बिक्री गर्न पनि व्यावसायीको फर्म भ्याटमा दर्ता नगरिएको भन्दै राजस्व कार्यालयले अनुगमन गर्न आउने र भ्याटमा नगएको भन्दै कार्बाही गर्ने गरेकाले व्यापार बन्द गरेको हो,’ गजुरेलले भने।

आर्थिक वर्षको बजेट ल्याउँदा नै आलु-प्याज छिटो बिग्रिने तरकारी भएकाले भ्याट नलगाउन आफूहरुले सरकारलाई निर्देशन दिइएको गजुरेल बताउँछन्। यस्तै आयातित तरकारीलाई निरुत्साहित गर्न भारतीय आलु-प्याजमा भ्याट लगाइने भनिएको र स्वदेशी कृषि उपजमा भ्याट नलगाउने भनिएको हुँदा स्वदेशी उत्पादन आलु र प्याजमा भ्याट लगाउन नहुने उनको दाबी छ।

सरकारले स्वदेशी उत्पादनमा लगाउने भ्याट फिर्ता नगरेसम्म आलु-प्याजको कारोबार नगर्ने उनको भनाइ छ। सरकारले स्वदेशी उत्पादन आलु-प्याजमा भ्याट लगाउने नै हो भने किसानबाट खरिद गर्दा नै व्यापारीले भ्याटबिल पाउने व्यवस्था गर्नुपर्ने आफूहरुको माग रहेको गजुरेल बताउँछन्।   

किसानसँग बिना भ्याट-बिल खरिद गरेर आफूले भ्याटबिल राख्न र काट्न नमिल्ने उनी बताउँछन्।

यसअघि नै बढाएका थिए व्यपारीले प्याजको मूल्य 
सरकारले आलु-प्याजमा भ्याट लगाएको भन्दै व्यापारीहरुले यसअघि नै प्याज र आयातित आलुको मूल्य बढाएका थिए। बजेट भाषण अघिल्लो दिनसम्म प्याज प्रतिकिलो ३० देखि ४० रुपैयाँ पर्थ्यो। गत जेठ १५ मा भएको बजेट भाषणमा अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषण गरे। त्यसैको भोलिपल्ट व्यापारीहरुले प्याजको मूल्य दोब्बरले बढाएका थिए। होलसेलमै प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको थियो।

यसपछि कात्तिकमा भारतले प्याज निर्यातमा कडाइ गरेको भन्दै प्याजको मूल्य बढेको थियो। कालीमाटी फलफूल तथा तरकारी बजारमा असोजको अन्तिम साता सुकेको प्याजको औसत मूल्य ७६.४० रुपैयाँ रहेको थियो। 

कात्तिकको दोस्रो सातमा आइपुग्दा व्यापारीले प्याजको मूल्य ६० प्रतिशतले बढाएर १२२.५० रुपैयाँ पुर्‍याएका थिए। 

चार दिनअघि कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकिलो ९५ रुपैयाँदेखि १०५ रुपैयाँ रहेको थियो।

तर, आलु-प्याज व्यवसायी संघका महासचिव गजुरेल यसअघि प्याजमा भ्याट लगाउँने हुँदा व्यापारीले मूल्य नबढाएको दाबी गर्छन्।

‘यसअघि भ्याट लाग्ने भएर मूल्य बढाइएको थिएन। भारतले निर्यातमा कडाइ गर्दा मूल्य बढाइएको हो। भारतीय बजारमै महँगो भएपछि सस्तो मूल्यमा घाटा खाएर व्यापार गर्न त कुनै व्यापारी बसेको होइन नि,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्