• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भ्याटको बहानामा व्यापारीले आलु-प्याज बेच्नै छोडे, ५ दिनदेखि कालीमाटीका स्टल रित्तै

64x64
कल्पना घिमिरे शुक्रबार, मंसिर २२, २०८०  १९:०१
1140x725

काठमाडौं- बिहीबार साँझ कलंकीको तरकारी बजारमा ग्राहकको घुइँचो थियो। व्यापारीहरु ‘साग सस्तो–सस्तो, ‘काउली २५ रुपैयाँ किलो’ भन्दै ग्राहकलाई आफ्नो स्टलतिर आकर्षित गर्दै थिए।

ग्राहकमध्ये एक महिलाले काउली व्यापारीसँग सोधिन्, ‘आलु चाहिँ पाइन्न यहाँ?’ 

‘आज बजारमै छैन आलु, अस्तितिर ३ वटा आलुका स्टल थिए। २ दिन जति भयो, आलु राख्नै छाडे। भ्याट लगाएर महँगो भएको छ रे। होलसेलमै आलु छैन भन्छन्,’ ती व्यापारीले भने।

आलु किन्न आउँने थुप्रै ग्राहक बजारमा आलु नपाएर फर्किरहेका थिए। 

कलंकी मन्दिर छेउकै तरकारी पसलमा एक ग्राहक आलु किन्न आए। त्यस पसलमा बाहिर नखोली राखेको आलुको एउटा बोरा थियो। ती ग्राहकले आलु किन्न खोजे तर पसलले आफ्नो चटपटे र पानीपुरीको पसल भएकाले आफैँलाई आवश्यक रहेको बताए।

‘चटपट पसल छ, आफैँलाई चाहिन्छ। यति आलु त चार दिनलाई पनि भ्याउँदैन। बजारमा आलु अभाव छ। किलोको २ सय दिन्छु भने पनि बिक्री नगर्ने,’ ती पसलेले भने।

ती ग्राहक पनि आलु नपाएर रित्तै फर्किए।

अहिले बजारमा आलु पाउन मुश्किल छ। यति मात्र होइन, सरकारले भ्याट लगाएको भन्दै व्यापारीहरुले आफूसँग भएको आलु र प्याज पनि लुकाएर कृत्रिम अभाव सिर्जना गरिरहेको उपभोक्ताको गुनासो छ।

Ncell 2
Ncell 2

चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको थियो। जसको निकै विरोध भयो तर सो निर्णय सरकारले फिर्ता गरेको थिएन।

आयातित आलु-प्याजमा भ्याट लाग्ने भनिए पनि अहिले स्वदेशमा उत्पादित आलु खरिद गरेर बिक्री गर्दा पनि सरकारले भ्याट लगाएको व्यवसायीहरुको गुनासो छ। 

४ दिनदेखि कालीमाटीमा कारोबार ठप्प
सरकारले भ्याट लगाएको भन्दै देशैभरका व्यवसायीले यसै सातादेखि आलु-प्याजको कारोबार ठप्प पारेको कालीमाटी तरकारी बजार तथा विकास समितिले जनाएको छ। 

समितिका निर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले ४ दिनदेखि कालीमाटीमा रहेको व्यवसायीका ८१ वटै स्टलले आलु-प्याज बिक्री ठप्प पारेको जानकारी दिए।

‘सरकारले आलु-प्याजमा भ्याट लगाएकाले व्यापारीले व्यापार गर्न नसक्ने भन्दै ४ दिनदेखि व्यापार ठप्प पारेका छन्। अहिले बजारमा आलु र प्याजको कारोबार छैन। कारोबार नै नभएपछि समितिको दैनिक मूल्य सूचीमा समेत आलु-प्याजको मूल्य समावेश गरेका छैनौँ,’ उनले भने।

कालीमाटी बजारमा दैनिक ८० टनको हाराहारीमा प्याज र १५० टनको हाराहारीमा आलु आउने गरेको तर ४ दिनदेखि आगमन समेत ठप्प रहेको उनले बताए। 

आलु-प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेल सरकारले स्थानीय उत्पादन आलु-प्याजलाई भ्याट लगाउने भनेपछि व्यापारीले आलु-प्याज बिक्री वितरण बन्द गरेको बताउँछन्।

‘सरकारले बजेट भाषणमा आलु-प्याजमा १३ प्रतिशत भ्याट लगाउने भने तापनि स्वदेशी उत्पादनलाई प्रोमोट गर्ने भनिएको थियो। तर अहिले स्वदेशी उत्पादन आलु-प्याज बिक्री गर्न पनि व्यावसायीको फर्म भ्याटमा दर्ता नगरिएको भन्दै राजस्व कार्यालयले अनुगमन गर्न आउने र भ्याटमा नगएको भन्दै कार्बाही गर्ने गरेकाले व्यापार बन्द गरेको हो,’ गजुरेलले भने।

आर्थिक वर्षको बजेट ल्याउँदा नै आलु-प्याज छिटो बिग्रिने तरकारी भएकाले भ्याट नलगाउन आफूहरुले सरकारलाई निर्देशन दिइएको गजुरेल बताउँछन्। यस्तै आयातित तरकारीलाई निरुत्साहित गर्न भारतीय आलु-प्याजमा भ्याट लगाइने भनिएको र स्वदेशी कृषि उपजमा भ्याट नलगाउने भनिएको हुँदा स्वदेशी उत्पादन आलु र प्याजमा भ्याट लगाउन नहुने उनको दाबी छ।

सरकारले स्वदेशी उत्पादनमा लगाउने भ्याट फिर्ता नगरेसम्म आलु-प्याजको कारोबार नगर्ने उनको भनाइ छ। सरकारले स्वदेशी उत्पादन आलु-प्याजमा भ्याट लगाउने नै हो भने किसानबाट खरिद गर्दा नै व्यापारीले भ्याटबिल पाउने व्यवस्था गर्नुपर्ने आफूहरुको माग रहेको गजुरेल बताउँछन्।   

किसानसँग बिना भ्याट-बिल खरिद गरेर आफूले भ्याटबिल राख्न र काट्न नमिल्ने उनी बताउँछन्।

यसअघि नै बढाएका थिए व्यपारीले प्याजको मूल्य 
सरकारले आलु-प्याजमा भ्याट लगाएको भन्दै व्यापारीहरुले यसअघि नै प्याज र आयातित आलुको मूल्य बढाएका थिए। बजेट भाषण अघिल्लो दिनसम्म प्याज प्रतिकिलो ३० देखि ४० रुपैयाँ पर्थ्यो। गत जेठ १५ मा भएको बजेट भाषणमा अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषण गरे। त्यसैको भोलिपल्ट व्यापारीहरुले प्याजको मूल्य दोब्बरले बढाएका थिए। होलसेलमै प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको थियो।

यसपछि कात्तिकमा भारतले प्याज निर्यातमा कडाइ गरेको भन्दै प्याजको मूल्य बढेको थियो। कालीमाटी फलफूल तथा तरकारी बजारमा असोजको अन्तिम साता सुकेको प्याजको औसत मूल्य ७६.४० रुपैयाँ रहेको थियो। 

कात्तिकको दोस्रो सातमा आइपुग्दा व्यापारीले प्याजको मूल्य ६० प्रतिशतले बढाएर १२२.५० रुपैयाँ पुर्‍याएका थिए। 

चार दिनअघि कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकिलो ९५ रुपैयाँदेखि १०५ रुपैयाँ रहेको थियो।

तर, आलु-प्याज व्यवसायी संघका महासचिव गजुरेल यसअघि प्याजमा भ्याट लगाउँने हुँदा व्यापारीले मूल्य नबढाएको दाबी गर्छन्।

‘यसअघि भ्याट लाग्ने भएर मूल्य बढाइएको थिएन। भारतले निर्यातमा कडाइ गर्दा मूल्य बढाइएको हो। भारतीय बजारमै महँगो भएपछि सस्तो मूल्यमा घाटा खाएर व्यापार गर्न त कुनै व्यापारी बसेको होइन नि,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्