• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मलाका बाआमा काठमाडौं आए

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  २१:१४
1140x725

कन्चनपुर- ‘न्याय पाउने आशा बिस्तारै मर्दै आयो, त्यसैले हारगुहार गर्न हामी काठमाडौं आइपुग्याै‌', बलात्कारपछि हत्या भएकी कञ्चनपुरको भीमदत्त–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका बाले टेलिफोनमा भने, ‘अब बुधबार बिहानदेखि हामी भेटघाटमा लाग्छौं।’ 

निर्मलाको बलात्कारपछि हत्या भएको ४७ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि आमा दुर्गा र बुवा यज्ञराज पन्तसहित महिला अधिकारकर्मीको टोली काठमाडौ‌ पुगेको हो।

टोलीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सभामुख कृष्णबहादुर महरा, सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षक लगायतलाई भेट्ने योजना बनाएको छ।

टोलीमा रहेकी महिला अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘काठमाडौं पुगिसकेका छौं। कसैसँग भेटघाट गर्न पाइएको छैन। अब सबैसँग भेटघाट गरी घटनाबारे जानकारी गराउने र निष्पक्ष छानबिनको माग गर्ने छौं।’

टोलीमा निर्मलाका आमाबुबासँगै अधिकारकर्मीहरु शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी  जोशी र रमा पन्त रहेका छन्। 

चन्दले भनिन्, ‘स्वयम् प्रधानमन्त्रीले नै निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएपछि कञ्चनपुरवासीको मन दुखेको छ। मेयरको आँगनमा शव राखिएको छैन, प्रधानमन्त्रीलाई गलत सूचना प्रवाह भएको छ, यो सच्याइनुपर्छ।’ प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ नामक टिभी कार्यक्रममा निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएका थिए।

प्रहरीको नयाँ अनुसन्धान टोली र सीआइबीकै नयाँ नेतृत्वले सत्यतथ्य बाहिर ल्याउला भन्ने आशामा रहेका पन्त परिवार उच्चस्तरीय समितिका सदस्यको राजीनामाले झन् सशंकित बनेका छन्। सोमबारमात्र छानबिन समितिबाट सदस्य रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले राजीनामा दिएका थिए।

अपराधी पक्राउ पर्छन् भन्ने आशामा रहेका निर्मलाका बुवाआमामा न्याय नपाउने आशंका बढेपछि सरकारका सबैसँग भेटघाट गरेर न्यायको माग गर्न काठमाडौं पुगेको प्रतिक्रिया दिए।

Ncell 2
Ncell 2

‘मैले त अहिलेसम्म पनि न्याय पाइएला कि भन्ने सोचेको थिएँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘अब भने यो आस मर्न थाल्यो।’ घटनाले प्रतिदिन नयाँ मोड लिनुले न्याय पाउने कुनै सम्भावना नरहेको उनी बताउँछन्। उनले न्यायका लागि आफूहरु जतिसक्यो दुःख गर्न तयार रहेको बताए। उनले वास्तविक अपराधी जोगाउन राज्य नै लागेकाले आफूहरू न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको गुनासो गरे।

‘छोरीका हत्यारा पक्राउ पर्लान् र राज्यले छोरीलाई न्याय देला भन्ने आशा थियो’, निर्मलाकी आमा दुर्गादेवीले भनिन् ‘अब झन् शंका बढ्दै गएको छ।’ 

मूख्य दोषी भनिएका विष्ट रिहा

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भनी पक्राउ परेका दीलिपसिंह विष्ट २१ दिनपछि रिहा भएका छन्।

भदौ ४ गते प्रहरीले विष्टलाई पक्राउ गरी निर्मला हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। ४ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका विष्ट र निर्मलाको डिएनए मेल नखाएपछि मंगलबार उनलाई रिहा गरिएकाे हाे।

विष्टको संलग्नता पुष्टि गर्ने आधार नभएको भन्दै सरकारी वकिलको रायमा साधारण तारेखमा रिहा गर्न अदालतले यस्तो आदेश गरेको थियो। डिएनए परीक्षणको प्रतिवेदन जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उक्त प्रतिवेदन अध्ययन गरी विष्टलाई साधारण तारेखमा रिहा गरेको हो।

निर्मला पन्तको ‘भेजाइनल स्वाब’ (योनीभित्रको तरलवस्तु)मा रहेको बलात्कारीको डिएनए र दीलिपसिंह विष्टको डिएनए फरक भएको पाइएको थियो। विधि विज्ञान प्रयोगशालाले दीलिपको डिएनए नमिलेको रिपोर्ट प्रेषित गरेको छ।

दीलीपलाई पक्राउ गर्नु अघिल्लो दिन भदौ ३ मा सादा पोसाकका प्रहरी उनको घरमा पुगी सुकाइराखेको सर्टको गोजी च्यातेर ल्याएका थिए। जुन अर्को दिन घटनास्थलमा ओभानै भेटिएको थियो। घटनास्थलमा ओभानै अवस्थामा कण्डमको खोल पनि भेटिएको थियो। 

‘संलग्न नभएको घटनामा पक्राउ गरी हत्या तथा बलात्कार मुद्दा चलाउँदा कत्तिको पिडा हुन्छ?’, दिलिपका बुबा खडक विष्टले नेपाल लाइभसँग भने, ‘निर्दोषलाई नगरेको अपराधमा संलग्न गराउने कस्तो कानुन हो?’ उनले प्रहरी प्रशासनले छोरालाई अपराध स्विकार्न कुटपिटदेखि विभिन्न मानसिक यातना दिएको बताए। उनले संघीय, प्रदेश तथा स्थानीय सरकारले क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गरे। नयाँ मुलुकी ऐनमा दोषी नदेखिए त्यो बराबरको क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। 

बम दिदीबहिनी पनि छुटे

स्थानीयको प्रदर्शनपछि नियन्त्रणमा लिइएका बम दिदीबहिनी पनि रिहा भएका छन्। निर्मलाकी साथी भनिएकी रोशनी बम र उनकी दिदी बबिता बम सरकारी वकिलको हाजिरी जवानीमा रिहा भएकाको कन्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए। रोशनी बम साधारण तारेखमा रिहा भएकी छन् हुन् भने उनकी दिदी बबिता बम ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। 

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको शव भीमदत्त नगरपालिका–२ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  २१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट'
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्