• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मलाका बाआमा काठमाडौं आए

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  २१:१४
1140x725

कन्चनपुर- ‘न्याय पाउने आशा बिस्तारै मर्दै आयो, त्यसैले हारगुहार गर्न हामी काठमाडौं आइपुग्याै‌', बलात्कारपछि हत्या भएकी कञ्चनपुरको भीमदत्त–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका बाले टेलिफोनमा भने, ‘अब बुधबार बिहानदेखि हामी भेटघाटमा लाग्छौं।’ 

निर्मलाको बलात्कारपछि हत्या भएको ४७ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि आमा दुर्गा र बुवा यज्ञराज पन्तसहित महिला अधिकारकर्मीको टोली काठमाडौ‌ पुगेको हो।

टोलीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सभामुख कृष्णबहादुर महरा, सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षक लगायतलाई भेट्ने योजना बनाएको छ।

टोलीमा रहेकी महिला अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘काठमाडौं पुगिसकेका छौं। कसैसँग भेटघाट गर्न पाइएको छैन। अब सबैसँग भेटघाट गरी घटनाबारे जानकारी गराउने र निष्पक्ष छानबिनको माग गर्ने छौं।’

टोलीमा निर्मलाका आमाबुबासँगै अधिकारकर्मीहरु शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी  जोशी र रमा पन्त रहेका छन्। 

चन्दले भनिन्, ‘स्वयम् प्रधानमन्त्रीले नै निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएपछि कञ्चनपुरवासीको मन दुखेको छ। मेयरको आँगनमा शव राखिएको छैन, प्रधानमन्त्रीलाई गलत सूचना प्रवाह भएको छ, यो सच्याइनुपर्छ।’ प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ नामक टिभी कार्यक्रममा निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएका थिए।

प्रहरीको नयाँ अनुसन्धान टोली र सीआइबीकै नयाँ नेतृत्वले सत्यतथ्य बाहिर ल्याउला भन्ने आशामा रहेका पन्त परिवार उच्चस्तरीय समितिका सदस्यको राजीनामाले झन् सशंकित बनेका छन्। सोमबारमात्र छानबिन समितिबाट सदस्य रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले राजीनामा दिएका थिए।

अपराधी पक्राउ पर्छन् भन्ने आशामा रहेका निर्मलाका बुवाआमामा न्याय नपाउने आशंका बढेपछि सरकारका सबैसँग भेटघाट गरेर न्यायको माग गर्न काठमाडौं पुगेको प्रतिक्रिया दिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘मैले त अहिलेसम्म पनि न्याय पाइएला कि भन्ने सोचेको थिएँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘अब भने यो आस मर्न थाल्यो।’ घटनाले प्रतिदिन नयाँ मोड लिनुले न्याय पाउने कुनै सम्भावना नरहेको उनी बताउँछन्। उनले न्यायका लागि आफूहरु जतिसक्यो दुःख गर्न तयार रहेको बताए। उनले वास्तविक अपराधी जोगाउन राज्य नै लागेकाले आफूहरू न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको गुनासो गरे।

‘छोरीका हत्यारा पक्राउ पर्लान् र राज्यले छोरीलाई न्याय देला भन्ने आशा थियो’, निर्मलाकी आमा दुर्गादेवीले भनिन् ‘अब झन् शंका बढ्दै गएको छ।’ 

मूख्य दोषी भनिएका विष्ट रिहा

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भनी पक्राउ परेका दीलिपसिंह विष्ट २१ दिनपछि रिहा भएका छन्।

भदौ ४ गते प्रहरीले विष्टलाई पक्राउ गरी निर्मला हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। ४ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका विष्ट र निर्मलाको डिएनए मेल नखाएपछि मंगलबार उनलाई रिहा गरिएकाे हाे।

विष्टको संलग्नता पुष्टि गर्ने आधार नभएको भन्दै सरकारी वकिलको रायमा साधारण तारेखमा रिहा गर्न अदालतले यस्तो आदेश गरेको थियो। डिएनए परीक्षणको प्रतिवेदन जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उक्त प्रतिवेदन अध्ययन गरी विष्टलाई साधारण तारेखमा रिहा गरेको हो।

निर्मला पन्तको ‘भेजाइनल स्वाब’ (योनीभित्रको तरलवस्तु)मा रहेको बलात्कारीको डिएनए र दीलिपसिंह विष्टको डिएनए फरक भएको पाइएको थियो। विधि विज्ञान प्रयोगशालाले दीलिपको डिएनए नमिलेको रिपोर्ट प्रेषित गरेको छ।

दीलीपलाई पक्राउ गर्नु अघिल्लो दिन भदौ ३ मा सादा पोसाकका प्रहरी उनको घरमा पुगी सुकाइराखेको सर्टको गोजी च्यातेर ल्याएका थिए। जुन अर्को दिन घटनास्थलमा ओभानै भेटिएको थियो। घटनास्थलमा ओभानै अवस्थामा कण्डमको खोल पनि भेटिएको थियो। 

‘संलग्न नभएको घटनामा पक्राउ गरी हत्या तथा बलात्कार मुद्दा चलाउँदा कत्तिको पिडा हुन्छ?’, दिलिपका बुबा खडक विष्टले नेपाल लाइभसँग भने, ‘निर्दोषलाई नगरेको अपराधमा संलग्न गराउने कस्तो कानुन हो?’ उनले प्रहरी प्रशासनले छोरालाई अपराध स्विकार्न कुटपिटदेखि विभिन्न मानसिक यातना दिएको बताए। उनले संघीय, प्रदेश तथा स्थानीय सरकारले क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गरे। नयाँ मुलुकी ऐनमा दोषी नदेखिए त्यो बराबरको क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। 

बम दिदीबहिनी पनि छुटे

स्थानीयको प्रदर्शनपछि नियन्त्रणमा लिइएका बम दिदीबहिनी पनि रिहा भएका छन्। निर्मलाकी साथी भनिएकी रोशनी बम र उनकी दिदी बबिता बम सरकारी वकिलको हाजिरी जवानीमा रिहा भएकाको कन्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए। रोशनी बम साधारण तारेखमा रिहा भएकी छन् हुन् भने उनकी दिदी बबिता बम ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। 

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको शव भीमदत्त नगरपालिका–२ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  २१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी पुस्तासँग गरेको सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग
दार्चुलाका पाँच बेपत्ताको अवस्था तत्काल पत्ता लगाइयोस् : ठगुन्ना
सत्ता जोगाउने होइन, नागरिकको ज्यान जोगाउने सरकारको पहिलो दायित्व हो : कांग्रेस
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जेनजी पुस्तासँग गरेको सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग बुधबार, भदौ २४, २०८३
दार्चुलाका पाँच बेपत्ताको अवस्था तत्काल पत्ता लगाइयोस् : ठगुन्ना बुधबार, भदौ २४, २०८३
सत्ता जोगाउने होइन, नागरिकको ज्यान जोगाउने सरकारको पहिलो दायित्व हो : कांग्रेस बुधबार, भदौ २४, २०८३
रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन बुधबार, भदौ २४, २०८३
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? नेपाल लाइभ
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्