• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहिलो दिन २९ वटा मात्रै चले द्रुतबस, कसरी होला व्यवस्थित?

64x64
नेपाल लाइभ आइतबार, मंसिर १०, २०८०  १८:५८
1140x725

काठमाडौं– सरकारले सञ्चालनमा ल्याएको द्रुतबस आइतबारदेखि ३६ वटा सञ्चालन गरिने भनिए पनि पहिलो दिन २९ वटा मात्रै चलेका छन्। ११ वटा बस थप गरिए पनि पहिलो दिन यात्रु कम हुँदा सबै द्रुतबस चलाउन नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले बताएका छन्।

सोमबारबाट सबै बस सञ्चालनमा ल्याउन प्रयास गरिने उनको भनाइ छ। उक्त बस पहिलेभन्दा व्यवस्थित तरिकाले सञ्चालन गरिने उनले बताए।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रयासमा असोज ३ गते संविधान दिवसको दिनदेखि सञ्चालनमा आएको थियो। काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जामका बीच सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुलाई छिटो गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो। तर दशैंदेखि भने उक्त सेवा स्थगित भएको थियो। दशैंमा यात्रुहरुको चाप कम भएको भन्दै द्रुत बस सेवा बन्द गरिएको थियो।

‘द्रुत बस बन्द भएका बेला ती बसहरु व्यवसायीले चलाइरहेका थिए। समयमा गन्तव्यमा पुग्न सकेनौँ भनेर यात्रुको गुनासो आएपछि यात्रुको गुनासोलाई सम्बोधन गर्दै आइतबारदेखि  ११ वटा बस थप गरिएको हो,’ उनले भने।

कसरी व्यवस्थित गरिन्छ?
व्यवस्थित तरिकाले पुनः सञ्चालनमा आएका ३६ वटा बसमध्ये १८ बस एकतर्फी र १८ बस अर्कोतर्फी सञ्चालन गरिनेछ। प्रत्येक बस ३–३ मिनेटको फरकमा छुट्ने रिजाल बताउँछन्। यसअघि यी बस ५/५ मिनेटको फरकमा छुट्ने गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै उक्त सञ्चालन भएको समयमा नियमित अनुगमन गरिने समेत उनले जानकारी दिए। ‘कुन बसमा कति यात्रु चढे, कुन क्षेत्रमा बसलाई आवतजावतमा समस्या भयो भन्नेबारेमा सर्वेक्षण गरिनेछ। पहिला ट्राफिक प्रहरीबाट जानकारी लिने गरिन्थ्यो,’ रिजालले भने, ‘अब यी बस चलेको समयमा बस चलाउँदा देखिएका समस्या टिपोट गरी समाधान गरिन्छ।’

कति यात्रु बोकेर कति समयमा गन्तव्यमा पुग्यो भन्नेबारे विभागले सर्वेक्षण गर्ने उनी बताउँछन्। पहिला कति समयमा कहाँ पुग्यो भनेर ट्राफिक प्रहरीबाट जानकारी लिइँदै आएको तर सो जानकारीबाट प्रभावकारी नभएको भन्दै विभाग आफैं सर्वेक्षणमा खटिएको उनको भनाइ छ।

‘सूर्यविनायकदेखि ४५ मिनेटमा रत्नपार्क पुर्‍याउने उद्देश्यले काम गरिरहेका हौं। ४५ मिनेटमा गन्तव्यमा पुगेको छ कि छैन? पुगेको छैन भने के समस्याले ४५ मिनेटमा पुग्न नसकेको भन्ने पत्ता लगाएर सहजीकरण गर्छौं,’ उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

४५ मिनेटमा पुगिरहेका छन् भने त्योभन्दा कम समयमा कसरी पुर्‍याउन सकिन्छ, त्यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी उनले दिए।

कति खर्चियो द्रुत बसमा
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बिहान र बेलुकी आवागमनको उच्च समयमा द्रुत बस कम भएको गुनासो आएकाले बसको संख्या थपेर चलाइएको बताए। महानिर्देशक ढकालले द्रुत बस सेवा सञ्चालनका लागि यसअघि करिब ३ करोड रुपैयाँ खर्च भएको बताए। उनले अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे सार्वजनिक हुने बताए। द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागको रहेको उनले बताए।

तर, यातायात व्यवस्था विभागका महानिर्देशक रिजालले भने द्रुत बस सञ्चालन गर्दा के कति खर्च लाग्यो भन्नेबारे विभागलाई विवरण नआएको बताए।

‘भक्तपुर सडक खण्ड र काडमाडौं सडक खण्ड गरी दुई सडक खण्ड छन्। के कति खर्च भयो भन्नेबारे हामीलाई कुनै तथ्यांक उपलब्ध भएको छैन,’ रिजालले भने।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध
केनले जिते बालोन डी’ओर
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना बिहीबारदेखि भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ । सोमबार, कात्तिक ९, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
खेलकुदमन्त्री भन्छन्- एनपीएल खेल पर्यटन र पहिचान बढाउने बलियो आधार मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्