• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा निर्वाचनमा सत्ता-गठबन्धन र एमालेलाई कति सहज?

राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीको २, जसपाको १, स्वतन्त्र १, मनोनित (एमाले) १ सांसदको पद रिक्त हुँदै
64x64
किशोर दहाल आइतबार, मंसिर १०, २०८०  १८:४८
1140x725

काठमाडौं- आगामी फागुन २० पछि रिक्त हुने राष्ट्रिय सभाका २० मध्ये १९ पदका लागि माघमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले १९ पदका लागि माघ ११ का लागि निर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको छ। सम्भवतः सोही दिनमा निर्वाचन हुनेछ। रिक्त हुने बाँकी एक स्थान (मनोनित)मा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

फागुन २० गते पदावधि सकिनेमा एमालेका ९ जना छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छिन्। कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना छन्। पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुनेछ।

त्यसैले आगामी निर्वाचनमा गठबन्धनका १०, एमालेका ८ र स्वतन्त्र सांसद एक जनाको स्थानपूर्तिका लागि प्रतिस्पर्धा हुनेछ। राष्ट्रपतिबाट मनोनित पौड्यालको ठाउँमा भने सरकारले आफ्नो अनुकूलतामा सिफारिस गर्नेछ। 

अहिले राष्ट्रिय सभामा एमालेका १७, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपाका एक, राजमोका एक, स्वतन्त्र एक जना छन्। त्यस्तै, राष्ट्रपतिबाट मनोनित ३ जना छन्। निर्वाचनपछि राष्ट्रिय सभाको शक्ति सन्तुलनमा परिवर्तन आउने अपेक्षा छ।

निर्वाचनका लागि निर्वाचन आयोगले मतभारमा परिवर्तन गरेको छ। जसअनुसार अब प्रदेश सभा सदस्यको मतभार ५३ पुगेको छ। त्यस्तै, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ पुगेको छ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : मतभार बढेर ४८ र १८ बाट बढेर कसरी पुग्यो ५३ र १९?

२०७८ को राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा तथा राजमोबीच गठबन्धन बनेको थियो। उनीहरूले साझा उम्मेदवार तय गरेका थिए। यसपटक पनि त्यो सम्भावना कायम छ। संघीय र प्रादेशिक सत्ता साझेदारीमा जनमत तथा नागरिक उन्मुक्ति पार्टी पनि मिसिएका छन्। त्यसैले साझेदारीको दायरा थप फराकिलो हुने आकलन गर्न सकिन्छ।

अर्कोतिर, एमालेलाई राप्रपा लगायतका दलले सघाउने सम्भावना छ। तर राष्ट्रिय सभा निर्वाचनको मत परिणाम धेरै हदसम्म पहिल्यै आकलन गर्न सकिने भएकाले सोही अनुसारका रणनीति (साझा उम्मेदवार उठाउने वा नउठाउने) तय हुनसक्छन्। अहिलेका सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धन भएको अवस्थामा एमाले र राप्रपाबीच गठबन्धन भएमा पनि खासै फरक पर्ने छैन। किनकि, सबै जसो प्रदेशमा उनीहरूको मत न्यून छ। यद्यपि, सत्ता साझेदार दलहरूले साझा उम्मेदवार नउठाएर एउटा पदमा धेरै उम्मेदवारी पर्‍यो भने त्यतिबेला एमालेलाई लाभ पुग्न पनि सक्छ।

कोशी प्रदेश
कोशी प्रदेशबाट दुई जनाको पद रिक्त हुँदैछ, माओवादी केन्द्रकी विना पोखरेल र कांग्रेसका रमेशजंग रायमाझी। पोखरेल महिला र रायमाझी अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती दुवै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

nimb
nimb
Ncell 2
Ncell 2

कोशी प्रदेशमा प्रदेश सभा सदस्यको संख्या ९३ छ। त्यस्तै, स्थानीय तहको संख्या १३७ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २७४ हुनेछ। यसरी कोशी प्रदेशको कुन मतदाता ३६७ र कुल मतभार १०, १३५ हुनेछ।

koshi-1700997265.JPG

प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिन्न। तर कुल मतभारको बहुमत अर्थात् ५०६८ मत भए जित सुनिश्चित हुन्छ। ‍

कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा नेपालबीच गठबन्धन छ। उनीहरूले साझा उम्मेदवार तय गरेमा तिनै उम्मेदवारले जित्ने सम्भावना देखिन्छ। किनकि, यो गठबन्धनसँग ५४७४ मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ।

मधेस प्रदेश
फागुन २० पछि मधेस प्रदेशबाट पनि दुई जनाको पद रिक्त हुँदैछ, जसपाकी प्रमिला कुमारी र कांग्रेसका जितेन्द्रनारायण देव। प्रमिला महिला र देव अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती दुवै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

मधेस प्रदेशमा प्रदेश सभा सदस्यको संख्या १०७ छ। त्यस्तै, स्थानीय तहको संख्या १३६ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २७२ हुनेछ। यसरी मधेस प्रदेशको कुल मतदाता ३७९ र कुल मतभार १०, ८३९ हुनेछ।

madesh-1700997291.JPG

प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिन्न। तर कुल मतभारको बहुमत अर्थात् ५४२० मत भए जित सुनिश्चित हुन्छ। ‍

मधेस प्रदेशमा जसपा, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, लोसपाबीच गठबन्धन छ। संघीय सरकारमा नागरिक उन्मुक्त पार्टी पनि छ। उनीहरूले साझा उम्मेदवार तय गरेमा तिनै उम्मेदवारले जित्ने सम्भावना देखिन्छ। किनकि, यो गठबन्धनसँग ७९९९ मत छ। त्यति मत हुँदा सहज जित हासिल हुन्छ। यीमध्ये साना केही पार्टीले मत नदिए पनि गठबन्धन उम्मेदवारलाई फरक पर्ने देखिँदैन।

बागमती प्रदेश
बागमती प्रदेशबाट चार जनाको पद रिक्त हुँदैछ। यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद् खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो। रावल महिला, राई अपांगता/अल्पसंख्यक, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती चार वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

बागमती प्रदेशमा प्रदेश सभा सदस्यको संख्या ११० छ। त्यस्तै, स्थानीय तहको संख्या ११९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २३८ हुनेछ। यसरी बागमती प्रदेशको कुल मतदाता ३४८ र कुल मतभार १०, ३५२ हुनेछ।

bagmati-1700997315.JPG

प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिन्न। तर कुल मतभारको बहुमत अर्थात् ५, १७७ मत भए जित सुनिश्चित हुन्छ।‍

बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस लगायतको गठबन्धन छ। उनीहरूले साझा उम्मेदवार तय गरेमा तिनै उम्मेदवारले जित्ने सम्भावना देखिन्छ। किनकि, उल्लेखित तीन वटा पार्टीसँग मात्रै ६, ७५१ मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशबाट तीन जनाको पद रिक्त हुँदैछ। यस प्रदेशबाट एमालेका दिपा गुरुङ र गणेशप्रसाद तिमिल्सिना तथा कांग्रेसका प्रकाश पन्थको पद रिक्त हुन लागेको हो। गुरुङ महिला, तिमिल्सिना अन्य र पन्थ अल्पसंख्यक/अपांगता समूहबाट निर्वाचित भएका थिए। अब ती तीन वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यको संख्या ६० छ। त्यस्तै, स्थानीय तहको संख्या ८५ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या १७० हुनेछ। यसरी गण्डकी प्रदेशको कुल मतदाता २३० र कुल मतभार ६, ४१० हुनेछ।

gandaki-1700997339.JPG

प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिन्न। तर कुल मतभारको बहुमत अर्थात् ३,२०६ मत भए जित सुनिश्चित हुन्छ।‍

गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रको सत्ता साझेदारी छ। स्थानीय तहमा प्रतिनिधित्व रहेका राजमो र नेकपा एस पनि उनीहरूसँग निकट छन्। यी चार दलसँग प्रदेशमा ३,७७४ मत छ। त्यो कुल मतको बहुमत हो। उनीहरूले साझा उम्मेदवार तय गरेमा तिनै उम्मेदवारले जित्ने सम्भावना देखिन्छ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशबाट दुई जनाको पद रिक्त हुँदैछ। यस प्रदेशबाट कांग्रेसका अनिता देवकोटा र एमालेका कुमार दसौंदीको पद रिक्त हुन लागेको हो। देवकोटा महिला र दसौंदी अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती दुवै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको संख्या ८७ छ। त्यस्तै, स्थानीय तहको संख्या १०९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २१८ हुनेछ। यसरी लुम्बिनी प्रदेशको कुल मतदाता ३०५ र कुल मतभार ८,७५३ हुनेछ।

Lumbini-1700997359.JPG

प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिन्न। तर कुल मतभारको बहुमत अर्थात् ४,३७७ मत भए जित सुनिश्चित हुन्छ।‍

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जसपाको सत्ता साझेदारी छ। जनमत पार्टी, राजमो र नेकपा एस पनि निकटका शक्ति हुन्। उनीहरूले साझा उम्मेदवार तय गरेमा तिनै उम्मेदवारले जित्ने सम्भावना देखिन्छ। किनकि, यो पक्षमा ५, ४७७ मत छ। कुनै साना दल बाहिर रहेमा पनि खासै फरक पर्ने देखिँदैन।

कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट तीन जनाको पद रिक्त हुँदैछ। यस प्रदेशबाट एमालेका नरपति लुवार भैरव सुन्दर श्रेष्ठ तथा एकीकृत समाजवादीबाट नन्दा चपाईंको पद रिक्त हुन लागेको हो। लुवार दलित, श्रेष्ठ अन्य र चपाईं महिला समूहबाट निर्वाचित भएका थिए। अब ती तीन वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको संख्या ४० छ। त्यस्तै, स्थानीय तहको संख्या ७९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या १५८ हुनेछ। यसरी कर्णाली प्रदेशको कुल मतदाता १९८ र कुल मतभार ५,१२२ हुनेछ।

Karnali-1700997381.JPG

प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिन्न। तर कुल मतभारको बहुमत अर्थात् २५६१ मत भए जित सुनिश्चित हुन्छ।‍

कर्णाली प्रदेशमा माओवादी केन्द्र र कांग्रेसको सत्ता साझेदारी छ। साथै उनीहरूसँग निकट मानिने एकीकृत समाजवादीको पनि प्रदेशमा उपस्थिति छ। उनीहरूले साझा उम्मेदवार तय गरेमा तिनै उम्मेदवारले जित्ने सम्भावना देखिन्छ। किनकि, उल्लेखित तीन वटा पार्टीसँग मात्रै ३,७०७ मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट तीन जनाको पद रिक्त हुँदैछ। यस प्रदेशबाट माओवादी केन्द्रका महेशकुमार महरा र हरिराम चौधरी र एमालेका इन्दु कडरियाको पद रिक्त हुन लागेको हो। महरा अल्पसंख्यक/अपांगता, चौधरी अन्य र कडरिया महिला समूहबाट निर्वाचित भएका थिए। अब ती तीन वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यको संख्या ५३ छ। त्यस्तै, स्थानीय तहको संख्या ८८ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या १७६ हुनेछ। यसरी सुदूरपश्चिम प्रदेशको कुल मतदाता १९८ र कुल मतभार ६,१५३ हुनेछ।

Sudurpashchim-1700997399.JPG

प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिन्न। तर कुल मतभारको बहुमत अर्थात् ३,०७७ मत भए जित सुनिश्चित हुन्छ।‍

कर्णाली प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा नागरिक उन्मुक्ति पार्टीको सत्ता साझेदारी छ। उनीहरूले साझा उम्मेदवार तय गरेमा तिनै उम्मेदवारले जित्ने सम्भावना देखिन्छ। किनकि, उल्लेखित तीन वटा पार्टीसँग मात्रै ४,५१० मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ।

(निर्वाचनका लागि अझै दुई महिना समय बाँकी छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका मतदाता (प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष) को अन्तिम नामावली सार्वजनिक गरिसकेको छैन। त्यसैले २०७९ मा भएको निर्वाचनपछि भएका र हुनसक्ने पार्टी परिवर्तन तथा सम्भाव्य पद रिक्तताले कतिपय प्रदेशको दलीय तथा कुल मतमा फरक पर्न सक्नेछ।)

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा कसको मत कति?

यो पनि पढ्नुहोस्

सातै प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरु सहज स्थितिमा [मतदाता संख्या, मत र सम्भावित नतिजासहित]

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदक... आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। मन्त्री... आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्