• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख ६, २०८३ Sun, Apr 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अनिवार्य शिक्षा विधेयकमा ६४ सांसद्को २७४ बुँदे संशोधन दर्ता

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०७५  १४:१७
1140x725

काठमाडौं– संविधानको मौलिक हकको रूपमा रहेको अनिवार्य शिक्षासम्बन्धी हक  कार्यान्वयन गर्न सरकारले निर्माण गरेको विधेयकमा ६४ जना सांसदले २ सय ७४ वटा बुँदामा संशोधन दर्ता गराएका छन् ।

सांसदहरूले ९८ भाषालाई मातृभाषाको मान्यता दिँदै निःशुल्क शिक्षा उपलब्ध गराउनु पर्नेदेखि आवासीय सुविधा सहितको विद्यालय सञ्चालन गर्नुपर्ने सम्मका विषय समावेश गरिएका छन्। राज्यले गरिब, विपन्न, दलित, उत्पीडित, अपाङ्ग र पिछडिएको क्षेत्रका विद्यार्थीलाई शिक्षा दिने उद्देश्य राख्नु पर्नेसम्मका संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

विधेयकमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, खगराज अधिकारी, विन्दा पाण्डे, दुर्गा पौडेल, शशि श्रेष्ठ, यशोदा सुवेदी, योगेश भट्टराई, नविना लामालगायतले संशोधन प्रस्ताव पेश गरेका छन्।
विद्यालयमा कुनै पनि किसिमको बन्द, हडताल तथा सैन्य क्रियाकलाप गर्न नपाईने र आधारभूत तहका विद्यार्थीलाई कुनै पनि राजनीतिक क्रियाकलापमा संलग्न गराउन नपाइने भन्ने व्यवस्था राख्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ।

कुनै पनि नाफामूलक विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाबाट दान सामाग्री/अनुदान/जग्गा तथा अन्य कुनै पनि उपहार प्राप्त गर्न रोक लगाउनु पर्ने संशोधन प्रस्तावमा उल्लेख छ। यदि प्राप्त भएको खण्डमा नेपाल सरकारलाई बुझाउनु पर्ने व्यवस्था विधेयकमा राख्न प्रस्ताव गरिएको छ।

छात्रवृति प्राप्त विधार्थीलाई विद्यालय पोशाक, स्टेसनरी, आवास, खाना, यातायात खर्च, स्वास्थ्य सेवा, पुस्तक एवं दिवा खाजा सम्बन्धित विधालयले नै उपलब्ध गराउनु पर्ने व्यवस्था विधेयकमा राख्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ।

विधेयकमा नीजि विद्यालयले दश प्रतिशतको सट्टा २५ प्रतिशत व्यवस्था हुनुपर्ने गर्ने र भर्ना लैंंगिक समावेशी आधारमा हुनुपर्ने व्यवस्था राख्नु पर्ने सांसदले माग गरेका छन्। 
 
यो व्यवस्था सुरुमा सरकारले मस्यौदा गरेको विधेयकमा राखिएको थियो। तर नीजि विद्यालयका सञ्चालकको लविङपछि दश प्रतिशतमा झारिएको थियो।

अनिवार्य र निशुल्क आधारभुत शिक्षा 

२०८५ साल वैशाखसम्म आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्तिले सरकारी सेवा, गैरसकारी सेवा र नीजि क्षेत्रमा स्थापित संस्थाको पदमा निर्वाचित, नियुक्ती, मनोनयन हुने वा कुनै रोजगारी प्राप्त गर्न नपाउने भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

आधारभूत शिक्षाको पहुँच विस्तार गर्न सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा यस्तो व्यवस्था गर्न लागेको हो। विधेयकको दफा १९ मा अयोग्य हुने भनी ३ वटा उपदफामा यस्तो व्यवस्था उल्लेख छ।

सरकारले संघीय संसदमा दर्ता गरेको सो विधेयकले आधारभूत शिक्षा नलिएको व्यक्तिलाई कुनै पनि कम्पनी, फर्म, सहकारी संस्था र गैरसरकारी संस्थाको संस्थापक सेयरधनी, सञ्चालक, सदस्य र पदाधिकारी हुन समेत रोक लगाएको छ।

त्यस्तै विधेयकको दफा १९ को उपदफा (ग) मा कुनै पनि पेसा, रोजगार, व्यवसाय सञ्चालन गर्न नियमनकारी निकायबाट लिनुपर्ने अनुमतिपत्र वा इजाजतपत्र प्राप्त गर्न पनि आधारभूत शिक्षा हासिल गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यो व्यवस्था संसदबाट पारित भएर कानुन भएमा कुनै पनि तहको निर्वाचनमा उठ्न पनि आधारभूत तह उत्तीर्ण भएको हुनुपर्ने छ। त्यस्तै कुनै पनि काम गर्नका लागि सरकारी निकायमा आधारभूत शिक्षा पारित गरेको व्यक्तिले मात्र निवेदन दिन पाउने छ।

अनिवार्य शिक्षा प्रदान गर्नुपर्ने
विधेयकको दफा ६ मा अनिवार्य शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

उक्त दफामा ऐन प्रारम्भ भएपछि प्रत्येक स्थानीय तहले ५ वर्ष पूरा भई १२ वर्ष पूरा नभएका प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।

सरकारी विद्यालयले भर्ना गर्न इन्कार गर्न नपाउने 

अभिभावकले आफूलाई पायक पर्ने विद्यालयमा आफ्ना बालबालिका आधारभूत तहसम्म भर्ना गर्न ल्याएमा कुनै पनि विद्यालयले भर्ना गर्न अस्वीकार गर्न नपाउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

तर निजी विद्यालयलाई अस्वीकार गर्ने सहज ठाउँ समेत उक्त विधेयकमा राखिएको छ। कोटा समाप्त भएमा, कक्षाको न्युनतम स्तर पूरा नगरेमा र भौतिक अवस्था अभाव भएमा भने अस्वीकार गर्ने सहज बाटो विधेयकमा राखिएको छ। 

मन्त्रिपरिषद्'मा मस्यौदा नै हेरफर
सरकारले अनिवार्य तथा निशुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्ने गरी संसदमा दर्ता गरेको छ। कानुन आयोगले तयार गरेको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको हो।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पेस गरेको मस्यौदा मन्त्रिपरिषद्ले आइतबार स्वीकृत गरेको थियो। विधेयकबाट निजी विद्यालयलाई भार पर्ने प्रायः सबै प्रावधान हटाइएको छ।

आयोगले चैत २३ मा शिक्षा मन्त्रालयमा पठाएको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था थियो। तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मन्त्रालयका सचिव, सहसचिवहरू, निजी विद्यालयका प्रतिनिधि र सरोकारवालाले छलफल गरेर मस्यौदा टुंग्याएका थिए।

निजी विद्यालयले आरक्षण गरिएको स्थानमा सूचना प्रकाशन गरी प्रतिस्पर्धाका आधारमा योग्य र सक्षम बालबालिकालाई भर्ना गर्नुपर्ने प्रावधान विधेयकमा छ।

निजी विद्यालयलाई खुकुलो
निजी विद्यालय सञ्चालकको दबाबमा मस्यौदा मन्त्रिपरिषदमा पेस गर्नै ढिलाइ गरिएको मन्त्रालयका एक अधिकारीले बताए। निजी विद्यालयको लबिङमा छात्रवृत्ति प्रतिशत घटाइएको ती अधिकारी बताउँछन्। मस्यौदामा निजीबाट छात्रवृत्ति पाउने विद्यार्थीलाई पाठ्यपुस्तक, पोसाक, दिवा खाजा, शैक्षिक सामग्रीसमेत प्रदान गर्नुपर्ने व्यवस्था थियो। यो प्रावधान समेत संसद् सचिवालय पुग्दा हराएको छ।

सामुदायिक विद्यालयमा भर्ना भएका पिछडिएका समुदाय र विपन्न परिवारका बालबालिकालाई स्थानीय तहले पोसाक उपलब्ध गराउनुपर्ने प्रावधान मस्यौदामा थियो। घरमा खाजा खान नपाउने र पोसाकसमेत किन्न नसक्ने बालबालिकालाई समेट्न यस्तो प्रावधान राखिएको थियो।

सामुदायिकमा अध्ययन गर्ने विद्यार्थीले यसअघि पाइरहेको पाठ्यपुस्तक सुविधाले भने निरन्तरता पाएको छ। विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री दिने व्यवस्था थप भएको छ। सरकारी स्वास्थ्य संस्थाबाट प्राथमिक उपचार र छात्रवृत्ति सहायता पनि कायमै छ।

संविधानले माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनेको छ। तर, सामुदायिक विद्यालयले भर्ना, मासिक, प्रयोगशाला, खेलकुद शुल्क लिने गरेका थिए। केही विद्यायलले शुल्कवापत् अभिभावकबाट चन्दा लिने गरेका थिए। मस्यौदामा शुल्क, दस्तुर वा चन्दा लिन नहुने प्रावधान राखिएकामा मन्त्रिपरिषद्ले यसलाई पनि हटाएको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु
सुनको मूल्य वृद्धि
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट
सम्बन्धित सामग्री
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स... आइतबार, वैशाख ६, २०८३
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थि... आइतबार, वैशाख ६, २०८३
अतिक्रिमित घरटहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काएर सडक विस्तारको काम सुरु गरेको हो । आइतबार, वैशाख ६, २०८३
ताजा समाचारसबै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक आइतबार, वैशाख ६, २०८३
संविधान संशोधनसम्बन्धी अध्ययन समितिलाई काँग्रेसद्वारा पूर्णता आइतबार, वैशाख ६, २०८३
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु आइतबार, वैशाख ६, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
देउवा पक्षद्वारा सर्वोच्चको फैसला स्वीकार, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी गगनलाई शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्