• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

रोगहरुको जननी मोटोपना

डा राकेश शाह सोमबार, कात्तिक २७, २०८०  ०८:१५
1140x725

पहिले मोटोपना खाने-पिउने घरको निसानी हो भन्ने प्रचलन थियो। तर अब मोटोपना रोगका रुपमा वर्णित गरिएको छ। किनभने, मोटोपना विभिन्न रोगहरुको जननी हो। यससँग जोडिएर आउने रोग धेरै नै छन्। जसलाई हामी चिकित्सकीय भाषामा 'ओबिसिटी सिन्ड्रोम' भन्छौं। 

मोटोपना त्यस्तो दीर्घकालीन समस्या हो, जुन मुटुको रोग, ब्लड प्रेसर,  सुगर, डायबिटिज, क्यान्सर, घुँडा खिइने समस्या, श्वासप्रश्वासको समस्या र निद्रासँग जोडिएको समस्या हो।  

मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तो: ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।

किन बढ्दो छ नेपालमा?
सुन्दा अपत्यारिलो लाग्न सक्छ। अहिले विकासोन्मुख देशमा कुपोषणले भन्दा मोटपनाले मान्छे धेरै मरिरहेका छन्। डब्लूएचओका अनुसार वर्षेनी ४० देखि ५० लाख मानिस मोटापनाले निम्त्याउने रोगहरुका कारण मृत्युवरण गरिरहेका छन्‍। रोड ट्राफिक एक्सिडेन्टपछि मोटोपनाबाट मृत्यु हुनेको संख्या छ। विकासोन्मुख देशमै पर्ने नेपालमा  गएको दुई दशकदेखि बढ्दो क्रममा छ। 

मोटोपना आहार-विहारको रोग हो। हाम्रो आहार परिवर्तन हुँदै गइरहेको छ। पहिले हामी गाउँ-घरमा बस्दा स्थानीय खानेकुरा खान्थ्यौं। ढिकीमा कुटेको चामलमा फाइबर धेरै हुन्थ्यो। अहिले पोलिसवाला सेतो चामल हुन्छ। फाइबर हटाइसकेको हुन्छ। क्यालोरी मात्रै राखिएको हुन्छ। त्यसैगरी गहुँको पिठो गाउँको खैरो रङको हुन्छ तर अहिले किनेर खाने सेतो हुन्छ। त्यहाँबाट पनि फाइबर हराइसक्यो। 

अहिलेको जीवनशैली यति व्यस्त छ कि पकाएर खाने फुर्सद छैन। हामीले फास्टफुड खान्छौं। पेय पदार्थमा कोल्ड ड्रिक्स खान्छौं। पहिले सिधै फलफूल खान्थ्यौं। अहिले फलफूलको कुरा त परै छाडौं,  जुस पनि बट्टाको खान्छौं। 

पहिले हामीलाई ५ देखि १० किलोमिटर हिँड्ने कुरा सामान्य थियो। कि साइकल चलाएर पुग्थ्यौं। अहिले त्यो सम्भव छैन। दुई तलामाथि जान पनि लिफ्ट प्रयोग गर्छौं। 

मोटोपना बढ्नुको कारण यही हो। छोटकरीमा भन्दा पेटमा आम्दानी धेरै भयो,  हामीले खर्च कम गर्न थाल्यौं। त्यही बचत भएर मोटोपना बढेको हो। केही मोटोपना वंशाणुगत हुन्छन्,  त्यो निकै कमलाई हुन्छ।  

nimb
nimb
Ncell 2
Ncell 2

अहिले एउटा संख्यामा छ। आगामी दशकमा यसको समस्या अझै धेरै हुने अनुमान अहिलेबाट नै गर्न सकिन्छ। किनभने, बच्चामा मोटोपना बढिरहेको छ। 'चाइल्ड इज फादर'  भनेझैं उनीहरु एक दशकमा प्रौढ हुन्छन्। 

बेरियाट्रिक सर्जरी कसलाई ?
मोटोपनाको उपचारका लागि बेरियाट्रिक सर्जरी एउटा उपाय हो। तर,  हामीले सुरुमा यस्तो गर्न भन्दैनौं। पहिले त आहाबिहारमै ध्यान दिन हाम्रो सुझाव रहन्छ। अन्य उपायबाट मोटोपना घटाउन सकिएन भने हामीले बेरियाट्रिक सर्जरीबाट घटाउने गरेका छौ। 

नेपालमा हामीले सन् २०१४ देखि सुरु गर्‍यौं। तर अधिकांशलाई बेरियाट्रिक सर्जरी र लाइपोसेक्सन उस्तै लाग्ने रहेछ। लाइपोसेक्सन भनेको पेटमा जमेको बोसो तान्ने हो। सर्जरीकै माध्यमबाट बोसो झिकिन्छ। तर बेरियाट्रिक  सर्जरीमा आन्द्रा र आमासयमा केही चिकित्सकीय उपाय अपनाइन्छ। जसले पेटमा बोसो लगाउने मुल स्रोत नै बन्द गर्छ। 

हामीले खाना खाएपछि त्यो आमासयमा गएर बस्ने हो। त्यहाँ एउटा भाग हुन्छ, जसलाई फन्डस भनिन्छ। त्यहाँ एउटा हर्मोन निस्किन्छ,  जसले गर्दा मान्छेले धेरै खान्छ। हामीले  यो सर्जरीका क्रममा फन्डस काटिदिन्छौं र आमासयको साइज घटाउँछौं। त्यसपछि ब्रेनमा धेरै खान हुँदैन भन्ने संकेत जान्छ, जसले गर्दा मान्छेले चाहिनेजति खाँदा अघाएको महसुस गरेर खान छाड्छ। त्यसरी एक त क्यालोरी शरीरमा कम जाने भयो, अर्को मोटोपना बढाउने त्यो हर्मोन नै हटाइदिएको हुन्छ। यसलाई 'स्लिम भ्याक्सेक्टोमी'का रुपमा पनि बुझ्न सकिन्छ।  

अर्को 'बिलियो प्याङ्क्राइटिक डाइभर्सन' गरिन्छ। यो पनि खाने थोरै खाँदा अघाउने उपाय नै हो। यसमा सानो आन्द्राको माथिल्लो भागलाई पूर्ण रूपमा बाइपास गरेर त्यसको अन्तिम खण्डमा सिधै जोडिएको हुन्छ। यसले गर्दा शरीरमा धेरैलाई के लाग्छ भने तुरुन्तै घट्छ।

यस्तो गरिएको एक महिनादेखि तौल घट्न थाल्छ। दुई वर्षमा नतिजा देखिन्छ। 

बेरियाट्रिक सर्जरीपछि डायबिटिजको बिरामीमा ७० प्रतिशतले औषधि खानु नपर्ने गरी निको भएको पाइएको छ। उच्च रक्तचाप पनि ६०-७० प्रतिशतको निको हुने देखाएको छ। यो सर्जरी दूरबिन विधिबाट गरिन्छ। पेटमा ठूलो घाउ बनाइरहन पर्दैन। विकसित देशमा रोबर्टिक सर्जरी समेत आइसकेको छ। अप्रेसनको तीनदेखि पाँच दिनमा डिस्चार्ज हुन्छ। 

कसलाई यसको आवश्यकता पर्छ भन्नेमा विश्व स्वास्थ्य संगठन र एसिया प्यासिफिकको मान्यतामा केही फरक देखिन्छ। विश्व स्वास्थ्य संगठनले कुनै रोग नभएकोमा बडी मास इन्डेस्क ४० भन्दा बढी रहेकोलाई बेरियाट्रिक सर्जरी गर्न सकिने बताएको छ। मोटोपनाका साथै अन्य समस्या हुँदा बडी मास इन्डेक्स ३० भन्दा बढी भएमा सर्जरी गर्नुपर्छ। एसियाका लागि भने बडी मास इन्डेक्स ३५ माथि छ भने गर्नुपर्छ। यदि कुनै समस्या छ भने ३२.५ भन्दा माथि गर्नुपर्ने बताइएको छ।  

(बेरियाट्रिक सर्जन डा शाहसँग गरिएको कुराकानीमा आधारित।)

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा काठमाडाैंबाट पक्राउ बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्