• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

रोगहरुको जननी मोटोपना

डा राकेश शाह सोमबार, कात्तिक २७, २०८०  ०८:१५
1140x725

पहिले मोटोपना खाने-पिउने घरको निसानी हो भन्ने प्रचलन थियो। तर अब मोटोपना रोगका रुपमा वर्णित गरिएको छ। किनभने, मोटोपना विभिन्न रोगहरुको जननी हो। यससँग जोडिएर आउने रोग धेरै नै छन्। जसलाई हामी चिकित्सकीय भाषामा 'ओबिसिटी सिन्ड्रोम' भन्छौं। 

मोटोपना त्यस्तो दीर्घकालीन समस्या हो, जुन मुटुको रोग, ब्लड प्रेसर,  सुगर, डायबिटिज, क्यान्सर, घुँडा खिइने समस्या, श्वासप्रश्वासको समस्या र निद्रासँग जोडिएको समस्या हो।  

मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तो: ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।

किन बढ्दो छ नेपालमा?
सुन्दा अपत्यारिलो लाग्न सक्छ। अहिले विकासोन्मुख देशमा कुपोषणले भन्दा मोटपनाले मान्छे धेरै मरिरहेका छन्। डब्लूएचओका अनुसार वर्षेनी ४० देखि ५० लाख मानिस मोटापनाले निम्त्याउने रोगहरुका कारण मृत्युवरण गरिरहेका छन्‍। रोड ट्राफिक एक्सिडेन्टपछि मोटोपनाबाट मृत्यु हुनेको संख्या छ। विकासोन्मुख देशमै पर्ने नेपालमा  गएको दुई दशकदेखि बढ्दो क्रममा छ। 

मोटोपना आहार-विहारको रोग हो। हाम्रो आहार परिवर्तन हुँदै गइरहेको छ। पहिले हामी गाउँ-घरमा बस्दा स्थानीय खानेकुरा खान्थ्यौं। ढिकीमा कुटेको चामलमा फाइबर धेरै हुन्थ्यो। अहिले पोलिसवाला सेतो चामल हुन्छ। फाइबर हटाइसकेको हुन्छ। क्यालोरी मात्रै राखिएको हुन्छ। त्यसैगरी गहुँको पिठो गाउँको खैरो रङको हुन्छ तर अहिले किनेर खाने सेतो हुन्छ। त्यहाँबाट पनि फाइबर हराइसक्यो। 

अहिलेको जीवनशैली यति व्यस्त छ कि पकाएर खाने फुर्सद छैन। हामीले फास्टफुड खान्छौं। पेय पदार्थमा कोल्ड ड्रिक्स खान्छौं। पहिले सिधै फलफूल खान्थ्यौं। अहिले फलफूलको कुरा त परै छाडौं,  जुस पनि बट्टाको खान्छौं। 

पहिले हामीलाई ५ देखि १० किलोमिटर हिँड्ने कुरा सामान्य थियो। कि साइकल चलाएर पुग्थ्यौं। अहिले त्यो सम्भव छैन। दुई तलामाथि जान पनि लिफ्ट प्रयोग गर्छौं। 

मोटोपना बढ्नुको कारण यही हो। छोटकरीमा भन्दा पेटमा आम्दानी धेरै भयो,  हामीले खर्च कम गर्न थाल्यौं। त्यही बचत भएर मोटोपना बढेको हो। केही मोटोपना वंशाणुगत हुन्छन्,  त्यो निकै कमलाई हुन्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

अहिले एउटा संख्यामा छ। आगामी दशकमा यसको समस्या अझै धेरै हुने अनुमान अहिलेबाट नै गर्न सकिन्छ। किनभने, बच्चामा मोटोपना बढिरहेको छ। 'चाइल्ड इज फादर'  भनेझैं उनीहरु एक दशकमा प्रौढ हुन्छन्। 

बेरियाट्रिक सर्जरी कसलाई ?
मोटोपनाको उपचारका लागि बेरियाट्रिक सर्जरी एउटा उपाय हो। तर,  हामीले सुरुमा यस्तो गर्न भन्दैनौं। पहिले त आहाबिहारमै ध्यान दिन हाम्रो सुझाव रहन्छ। अन्य उपायबाट मोटोपना घटाउन सकिएन भने हामीले बेरियाट्रिक सर्जरीबाट घटाउने गरेका छौ। 

नेपालमा हामीले सन् २०१४ देखि सुरु गर्‍यौं। तर अधिकांशलाई बेरियाट्रिक सर्जरी र लाइपोसेक्सन उस्तै लाग्ने रहेछ। लाइपोसेक्सन भनेको पेटमा जमेको बोसो तान्ने हो। सर्जरीकै माध्यमबाट बोसो झिकिन्छ। तर बेरियाट्रिक  सर्जरीमा आन्द्रा र आमासयमा केही चिकित्सकीय उपाय अपनाइन्छ। जसले पेटमा बोसो लगाउने मुल स्रोत नै बन्द गर्छ। 

हामीले खाना खाएपछि त्यो आमासयमा गएर बस्ने हो। त्यहाँ एउटा भाग हुन्छ, जसलाई फन्डस भनिन्छ। त्यहाँ एउटा हर्मोन निस्किन्छ,  जसले गर्दा मान्छेले धेरै खान्छ। हामीले  यो सर्जरीका क्रममा फन्डस काटिदिन्छौं र आमासयको साइज घटाउँछौं। त्यसपछि ब्रेनमा धेरै खान हुँदैन भन्ने संकेत जान्छ, जसले गर्दा मान्छेले चाहिनेजति खाँदा अघाएको महसुस गरेर खान छाड्छ। त्यसरी एक त क्यालोरी शरीरमा कम जाने भयो, अर्को मोटोपना बढाउने त्यो हर्मोन नै हटाइदिएको हुन्छ। यसलाई 'स्लिम भ्याक्सेक्टोमी'का रुपमा पनि बुझ्न सकिन्छ।  

Xtrem

Xtrem

अर्को 'बिलियो प्याङ्क्राइटिक डाइभर्सन' गरिन्छ। यो पनि खाने थोरै खाँदा अघाउने उपाय नै हो। यसमा सानो आन्द्राको माथिल्लो भागलाई पूर्ण रूपमा बाइपास गरेर त्यसको अन्तिम खण्डमा सिधै जोडिएको हुन्छ। यसले गर्दा शरीरमा धेरैलाई के लाग्छ भने तुरुन्तै घट्छ।

यस्तो गरिएको एक महिनादेखि तौल घट्न थाल्छ। दुई वर्षमा नतिजा देखिन्छ। 

बेरियाट्रिक सर्जरीपछि डायबिटिजको बिरामीमा ७० प्रतिशतले औषधि खानु नपर्ने गरी निको भएको पाइएको छ। उच्च रक्तचाप पनि ६०-७० प्रतिशतको निको हुने देखाएको छ। यो सर्जरी दूरबिन विधिबाट गरिन्छ। पेटमा ठूलो घाउ बनाइरहन पर्दैन। विकसित देशमा रोबर्टिक सर्जरी समेत आइसकेको छ। अप्रेसनको तीनदेखि पाँच दिनमा डिस्चार्ज हुन्छ। 

कसलाई यसको आवश्यकता पर्छ भन्नेमा विश्व स्वास्थ्य संगठन र एसिया प्यासिफिकको मान्यतामा केही फरक देखिन्छ। विश्व स्वास्थ्य संगठनले कुनै रोग नभएकोमा बडी मास इन्डेस्क ४० भन्दा बढी रहेकोलाई बेरियाट्रिक सर्जरी गर्न सकिने बताएको छ। मोटोपनाका साथै अन्य समस्या हुँदा बडी मास इन्डेक्स ३० भन्दा बढी भएमा सर्जरी गर्नुपर्छ। एसियाका लागि भने बडी मास इन्डेक्स ३५ माथि छ भने गर्नुपर्छ। यदि कुनै समस्या छ भने ३२.५ भन्दा माथि गर्नुपर्ने बताइएको छ।  

(बेरियाट्रिक सर्जन डा शाहसँग गरिएको कुराकानीमा आधारित।)

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्