• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

१०० वर्ष पुरानो तुषले जारी इजरायल–प्यालेस्टिन युद्ध: हमास कति शक्तिशाली?

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०८०  १३:५०
1140x725

काठमाडौं– प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएको छ। हमासको आक्रमणपछि इजरायल सरकारले आइतबार युद्धको घोषणा गरेको छ। हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ।

७ अक्टोबरको बिहान हमासले इजरायलतर्फ करिब ५ हजार रकेट प्रहार गरेको थियो। यसपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गर्दै प्यालेस्टिन र गाजा क्षेत्रसँग जोडिएको क्षेत्रमा बसोबास गर्ने आफ्ना नागरिकलाई घरमै बस्न आग्रह गरेको छ। देशका अधिकांश भागमा साइरनको आवाज सुनिएको छ।

के हो हमास?
इजरायलसँग शत्रुता रहेको हमास प्यालेस्टिनको इस्लामिक चरमपन्थी संगठन हो। सन् १९८७ को जनआन्दोलनका क्रममा शेख अहमद यासिनले यस संस्थाको स्थापना गरेका थिए। त्यसयता हमासको एउटै लक्ष्य प्यालेस्टिन क्षेत्रबाट इजरायललाई हटाउनु रहेको छ। गाजा पट्टीबाट सञ्चालित हमासले इजरायललाई देशको रूपमा मान्यता दिँदैन र यो सम्पूर्ण क्षेत्रमा इस्लामिक राज्य स्थापना गर्न चाहन्छ।

गाजा पट्टीमा सत्तामा रहेको हमासलाई इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली संघलगायत धेरै देशहरूले आतंकवादी संगठन मानेका छन्। हमासले गाजा पट्टीमा २० लाख प्यालेस्टिनीहरूलाई शासन गर्छ।

इजरायल, अमेरिका र बेलायत लगायतका देशले हमासलाई मान्यता दिन अस्वीकार गरेका छन्। उनीहरूले सन् १९९७ मा उक्त संस्थालाई ‘आतंकवादी संगठन’ घोषणा गरेका थिए। जबकि हमासले पनि इजरायललाई एक देश मान्दैन। हमास मुख्यतया प्यालेस्टिन क्षेत्रबाट इजरायल हटाउन लडिरहेको छ। सन् १९८८ मा हमासले इजरायल र यहुदीहरुका सम्बन्धमा जारी गरेको बडापत्रमा यहुदी समुदाय र इजरायललाई पूर्ण रुपमा नष्ट गरेर मात्रै हमासको मृत्यु हुने उल्लेख गरिएको थियो।

इजरायल र प्यालेस्टिनबीचको द्वन्द्व नयाँ होइन। २०औं शताब्दीको प्रारम्भमा प्यालेस्टिनमा यहुदी मातृभूमिको लागि सियोनिस्ट आन्दोलनको प्रयासमा यसको युद्धको विजारोपण भएको थियो। जुन एक शताब्दीभन्दा बढी समयदेखि रहेको छ।

मध्यपूर्वको यो क्षेत्रमा ओटोमान साम्राज्य थियो। पहिलो विश्वयुद्धमा ओटोमन साम्राज्यको हार भएपछि बेलायतले प्यालेस्टिनलाई नियन्त्रणमा लिएको थियो। त्यस समयमा इजरायल थिएन। दोस्रो विश्वयुद्धपछि यहुदीहरूका लागि छुट्टै देशको माग उठेको थियो। १४ जुन १९४८ मा प्यालेस्टिनबाट बेलायती सत्ता समाप्त भएपछि इजरायल देश बनेको थियो। 

यस अवधिमा, संयुक्त राष्ट्रले यहुदीहरूलाई मध्यपूर्वमा इस्लाम, इसाई र यहुदीहरूको पवित्र स्थान जेरुसेलमलाई स्थान दियो। अरबीहरूले उक्त भूमिलाई आफ्नो दाबी गर्दै आए पनि यहुदीहरूको दाबी उक्त थातथलो आफ्नो पुर्ख्यौली भएको थियो।

Ncell 2
Ncell 2

यहाँ बस्ने प्यालेस्टिनीहरू अरबी थिए, तर यहुदीहरू बाहिरबाट आएका थिए। अन्तर्राष्ट्रिय समुदायले बेलायतलाई प्यालेस्टिनलाई यहुदीहरूको पुर्ख्यौली थलोका रूपमा स्थापित गर्न आग्रह गरेपछि दुईबीच विवाद सुरु भयो। यहुदीहरूले यो भूमिलाई आफ्नो पुर्खा मानेका थिए, जबकि प्यालेस्टिनी अरबीहरू यहाँ प्यालेस्टिन नामको देश चाहन्छन्। यहीँबाट इजरायल र प्यालेस्टिनबीच विवाद सुरु भएको थियो।

यो अवस्था सन् १९४८ मा इजरायलको स्वतन्त्रता घोषणासँगै चरम सीमामा पुग्यो, जसले अरब-इजरायल युद्धको नेतृत्व गर्‍यो। युद्धपछि अनगिन्ती प्यालेस्टिनीहरू विस्थापित भए। त्यसपछि दुई देशबीच बेलाबेलामा द्वन्द्व जारी रह्यो। यसको सबैभन्दा ठूलो उदाहरण २०१४ मा गाजा युद्धमा देखियो, जसमा २ हजारभन्दा बढी प्यालेस्टिनी र ७० इजरायलीहरूले ज्यान गुमाएका थिए। उक्त इजरायल–प्यालेस्टिन युद्धको सबैभन्दा ठूलो थियो। युद्ध ५० दिनसम्म चलेको थियो। 

हमास कति शक्तिशाली?
इजरायली सेनाको तुलनामा हमासलाई कमजोर संगठनका रुपमा आकलन गर्दै आइएको छ। तर उक्त संगठनलाई बेवास्ता भने गर्न सकिन्न। किनभने हमासले आफूलाई मोर्टार, ड्रोन र रकेट आक्रमणका लागि प्रविधिमा विकास गरेको छ। बीबीसीका अनुसार हमासले युद्धमा आधुनिक एन्टी-ट्यांक मिसाइलहरू प्रयोग गरेको देखिन्छ। यो संंगठनले गाजा क्षेत्रमा ठूलो मात्रामा हतियार कारखानाहरू पनि सञ्चालन गरिरहेको छ। इरानबाट अत्याधुनिक हतियार बनाउने प्रविधि हमासले भित्र्याएको मानिन्छ।

इस्लामिक देशहरूले हमासलाई सहायता गरिरहेको पश्चिमा देशहरुको आरोप छ। विश्वभर हमास समर्थक देशहरू रहेकाले यसले राम्रो आर्थिक सहयोग पनि पाएको बताइन्छ।

हमासका लागि अर्को शक्तिशाली हतियार हो युवा सदस्यहरू। हमास संगठनमा कति लडाकु छन् भन्ने यकिन तथ्यांक बाहिरिएको छैन। तर केही रिपोर्टमा हमास लडाकुको सं‌ख्या ५० हजारभन्दा बढी रहेको बताइएको छ। जसमा ठूलो सं‌ख्यामा युवा लडाकुहरू रहेको विश्वास गरिन्छ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन...
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो
सम्बन्धित सामग्री
अस्ट्रेलियाको सिड्नीमा यहुदीहरुको पर्वमा मुस्लिम आतंकवादी आक्रमण, १२ जनाको हत्या सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशंकामा दुई जनालाई हिरासतमा लिइएको... सोमबार, मंसिर २९, २०८२
जापानमा भूकम्पबाट कम्तिमा ३० जना घाइते जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभ... मंगलबार, मंसिर २३, २०८२
सुडान नागरिक बस्ती आक्रमण : ६३ बालबालिकासहित ११४ को मृत्यु सुडानी अधिकारीहरूले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आक्रमण गरे... सोमबार, मंसिर २२, २०८२
ताजा समाचारसबै
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति सोमबार, मंसिर २९, २०८२
एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्