• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

१०० वर्ष पुरानो तुषले जारी इजरायल–प्यालेस्टिन युद्ध: हमास कति शक्तिशाली?

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०८०  १३:५०
1140x725

काठमाडौं– प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएको छ। हमासको आक्रमणपछि इजरायल सरकारले आइतबार युद्धको घोषणा गरेको छ। हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ।

७ अक्टोबरको बिहान हमासले इजरायलतर्फ करिब ५ हजार रकेट प्रहार गरेको थियो। यसपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गर्दै प्यालेस्टिन र गाजा क्षेत्रसँग जोडिएको क्षेत्रमा बसोबास गर्ने आफ्ना नागरिकलाई घरमै बस्न आग्रह गरेको छ। देशका अधिकांश भागमा साइरनको आवाज सुनिएको छ।

के हो हमास?
इजरायलसँग शत्रुता रहेको हमास प्यालेस्टिनको इस्लामिक चरमपन्थी संगठन हो। सन् १९८७ को जनआन्दोलनका क्रममा शेख अहमद यासिनले यस संस्थाको स्थापना गरेका थिए। त्यसयता हमासको एउटै लक्ष्य प्यालेस्टिन क्षेत्रबाट इजरायललाई हटाउनु रहेको छ। गाजा पट्टीबाट सञ्चालित हमासले इजरायललाई देशको रूपमा मान्यता दिँदैन र यो सम्पूर्ण क्षेत्रमा इस्लामिक राज्य स्थापना गर्न चाहन्छ।

गाजा पट्टीमा सत्तामा रहेको हमासलाई इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली संघलगायत धेरै देशहरूले आतंकवादी संगठन मानेका छन्। हमासले गाजा पट्टीमा २० लाख प्यालेस्टिनीहरूलाई शासन गर्छ।

इजरायल, अमेरिका र बेलायत लगायतका देशले हमासलाई मान्यता दिन अस्वीकार गरेका छन्। उनीहरूले सन् १९९७ मा उक्त संस्थालाई ‘आतंकवादी संगठन’ घोषणा गरेका थिए। जबकि हमासले पनि इजरायललाई एक देश मान्दैन। हमास मुख्यतया प्यालेस्टिन क्षेत्रबाट इजरायल हटाउन लडिरहेको छ। सन् १९८८ मा हमासले इजरायल र यहुदीहरुका सम्बन्धमा जारी गरेको बडापत्रमा यहुदी समुदाय र इजरायललाई पूर्ण रुपमा नष्ट गरेर मात्रै हमासको मृत्यु हुने उल्लेख गरिएको थियो।

इजरायल र प्यालेस्टिनबीचको द्वन्द्व नयाँ होइन। २०औं शताब्दीको प्रारम्भमा प्यालेस्टिनमा यहुदी मातृभूमिको लागि सियोनिस्ट आन्दोलनको प्रयासमा यसको युद्धको विजारोपण भएको थियो। जुन एक शताब्दीभन्दा बढी समयदेखि रहेको छ।

मध्यपूर्वको यो क्षेत्रमा ओटोमान साम्राज्य थियो। पहिलो विश्वयुद्धमा ओटोमन साम्राज्यको हार भएपछि बेलायतले प्यालेस्टिनलाई नियन्त्रणमा लिएको थियो। त्यस समयमा इजरायल थिएन। दोस्रो विश्वयुद्धपछि यहुदीहरूका लागि छुट्टै देशको माग उठेको थियो। १४ जुन १९४८ मा प्यालेस्टिनबाट बेलायती सत्ता समाप्त भएपछि इजरायल देश बनेको थियो। 

यस अवधिमा, संयुक्त राष्ट्रले यहुदीहरूलाई मध्यपूर्वमा इस्लाम, इसाई र यहुदीहरूको पवित्र स्थान जेरुसेलमलाई स्थान दियो। अरबीहरूले उक्त भूमिलाई आफ्नो दाबी गर्दै आए पनि यहुदीहरूको दाबी उक्त थातथलो आफ्नो पुर्ख्यौली भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ बस्ने प्यालेस्टिनीहरू अरबी थिए, तर यहुदीहरू बाहिरबाट आएका थिए। अन्तर्राष्ट्रिय समुदायले बेलायतलाई प्यालेस्टिनलाई यहुदीहरूको पुर्ख्यौली थलोका रूपमा स्थापित गर्न आग्रह गरेपछि दुईबीच विवाद सुरु भयो। यहुदीहरूले यो भूमिलाई आफ्नो पुर्खा मानेका थिए, जबकि प्यालेस्टिनी अरबीहरू यहाँ प्यालेस्टिन नामको देश चाहन्छन्। यहीँबाट इजरायल र प्यालेस्टिनबीच विवाद सुरु भएको थियो।

यो अवस्था सन् १९४८ मा इजरायलको स्वतन्त्रता घोषणासँगै चरम सीमामा पुग्यो, जसले अरब-इजरायल युद्धको नेतृत्व गर्‍यो। युद्धपछि अनगिन्ती प्यालेस्टिनीहरू विस्थापित भए। त्यसपछि दुई देशबीच बेलाबेलामा द्वन्द्व जारी रह्यो। यसको सबैभन्दा ठूलो उदाहरण २०१४ मा गाजा युद्धमा देखियो, जसमा २ हजारभन्दा बढी प्यालेस्टिनी र ७० इजरायलीहरूले ज्यान गुमाएका थिए। उक्त इजरायल–प्यालेस्टिन युद्धको सबैभन्दा ठूलो थियो। युद्ध ५० दिनसम्म चलेको थियो। 

हमास कति शक्तिशाली?
इजरायली सेनाको तुलनामा हमासलाई कमजोर संगठनका रुपमा आकलन गर्दै आइएको छ। तर उक्त संगठनलाई बेवास्ता भने गर्न सकिन्न। किनभने हमासले आफूलाई मोर्टार, ड्रोन र रकेट आक्रमणका लागि प्रविधिमा विकास गरेको छ। बीबीसीका अनुसार हमासले युद्धमा आधुनिक एन्टी-ट्यांक मिसाइलहरू प्रयोग गरेको देखिन्छ। यो संंगठनले गाजा क्षेत्रमा ठूलो मात्रामा हतियार कारखानाहरू पनि सञ्चालन गरिरहेको छ। इरानबाट अत्याधुनिक हतियार बनाउने प्रविधि हमासले भित्र्याएको मानिन्छ।

इस्लामिक देशहरूले हमासलाई सहायता गरिरहेको पश्चिमा देशहरुको आरोप छ। विश्वभर हमास समर्थक देशहरू रहेकाले यसले राम्रो आर्थिक सहयोग पनि पाएको बताइन्छ।

हमासका लागि अर्को शक्तिशाली हतियार हो युवा सदस्यहरू। हमास संगठनमा कति लडाकु छन् भन्ने यकिन तथ्यांक बाहिरिएको छैन। तर केही रिपोर्टमा हमास लडाकुको सं‌ख्या ५० हजारभन्दा बढी रहेको बताइएको छ। जसमा ठूलो सं‌ख्यामा युवा लडाकुहरू रहेको विश्वास गरिन्छ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित १२० साइटमध्ये ११३ सञ्चालनमा, टेलिकमले थप तीन साइट चलायो
सिटी एक्सप्रेसले बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग
बाढीपीडितको उद्धारमा बिजी ग्रुपको मानवीय पहलः बटु र गणेशको नेतृत्वमा १ करोड २ लाख सहयोग
सम्बन्धित सामग्री
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । सोमबार, भदौ १५, २०८३
अमेरिकालाई तेलमा पहुँच दिए पनि सार्वभौमसत्ता नछाड्ने भेनेजुएलाको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर... आइतबार, भदौ १४, २०८३
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र नेपालमा बुधबार आएको विनाशकारी बाढीले पुर्‍याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष खर्गेले भारतीय राष्ट्रिय आपदा मोचन बलको... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित १२० साइटमध्ये ११३ सञ्चालनमा, टेलिकमले थप तीन साइट चलायो मंगलबार, भदौ १६, २०८३
सिटी एक्सप्रेसले बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपीडितको उद्धारमा बिजी ग्रुपको मानवीय पहलः बटु र गणेशको नेतृत्वमा १ करोड २ लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीबारे नेपाल र क्यानडाका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता मंगलबार, भदौ १६, २०८३
छोचेन खोला क्षेत्रमा हिमपहिरोको जोखिम कायमै, ड्रोन तस्बिरले देखायो नयाँ खतरा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्