• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पर्याप्त छलफल नै नभई आउँदैछन् मौलिक हकसम्बन्धी कानुन

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २२, २०७५  ००:५३
1140x725

काठमाडौं– भदौ ४ गते वैयक्तिक गोपनियतासम्बन्धी विधेयकको मस्यौदा सरकारले प्रतिनिधि सभामा दर्ता गराएसँगै यसका व्यवस्थाप्रति आलोचना सुरु भयो।

संविधानमा व्यवस्था गरिएको व्यक्तिको गोपनियताको हक संरक्षण गर्न नसक्ने भन्दै विधेयकमा भएका केही व्यवस्थाप्रति सञ्चार माध्यम, नागरिक समाज र सांसदले आपत्ति जनाए। सत्तापक्षकै सांसदले पनि विधेयकका केही व्यवस्था लोकतान्त्रिक पद्धति अनुसार नभएको भन्दै आलोचना गरे। 

उक्त विधेयकमा सरकारले संसदमा दर्ता गराएको ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि १६ सांसदले ९० वटा संशोधन प्रस्ताव दर्ता गरे। सांसदहरू दुर्गा पौडेल, भरतकुमार साह, खगराज अधिकारी, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, विन्दा पाण्डे, गगन थापालगायतले संशोधन प्रस्ताव दर्ता गराउँदै सार्वजनिक पदाधिकारी पारदर्शी हुनुपर्ने र सूचना संकलनमा रोक्न नहुने व्यवस्था गर्न माग गरेका छन्।

सरकारले बेरोजागार युवालाई रोजगार दिने भन्दै मौलिक हक अन्र्तगत रहेको रोजगारीको हक सम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता गरायो। उक्त विधेयकमा भएका कतिपय व्यवस्थाको सर्मथन र आलोचना सुरु भयो। विधेयकमा रोजगारीका लागि अघि सारिएका सर्त पालना गर्दा कसैले पनि रोजगारी नपाउने भन्दै संशोधन दर्ता भएका छन्। १ सय दिन मात्र रोजगार दिने योजना अपूर्ण भएको, रोजगारी दिँदा पछाडि परेका वर्ग, महिला र हिसांमा पीडित भएकालाई प्राथमिकता नदिएको भन्दै आलोचना भएको छ।

मौलिक हक अन्र्तगत रहेको आवासको हकसम्बन्धी विधेयक सरकारले संसद्मा दर्ता गरायो। विधेयकले आवासविहीनलाई आवासको व्यवस्था प्रस्ताव ग¥र्यो। तर उक्त विधेयकमा भएका मापदण्डले मात्र सबै नगारिकले आवास पाउने सम्भावना नदेखिएको भन्दै आलोचना भयो। सांसदले उक्त विधेयकमा पनि ५० भन्दा धेरै संशोधन दर्ता गराए।

मौलिक हकसम्बन्धी १५ वटा विधेयक अहिले संघीय संसदमा विचाराधीन छन्।

मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ। उक्त समयसम्ममा प्रर्याप्त छलफल भएर विधेयक पारित हुने अवस्था छैन। सभामुख कृष्णबहादुर महराले पनि यो कुरा स्वीकार गरेका छन्। संवैधानिक बाध्यता भएकोले हाललाई पारित गर्ने र पछि आवश्यक परे संशोधन गर्न सकिने उनको दाबी छ।

मौलिक हकसम्बन्धी कानुन पहिलो पटक बन्न लागेकाले प्रर्याप्त समय नदिँदा पछि संशोधनको झमेला हुने नेपाल बारका महासचिव सुनील पोखरेलले बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘संसदमा दर्ता भएका कतिपय विधेयक दर्ता भए लगत्तै विवादमा परेका छन्’ उनले भने ‘ यस्ता कानुन बनाउँदा सरोकारवाला निकाय र नागरिकसँग प्रर्याप्त बहस र छलफल गरिनुपर्छ।’ 

तर नेपालमा हतारमा कानुन निर्माण हुने गरेको उनले बताए।

कानुन तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले पनि पर्यात्प समय लिएर बनाउनुपर्ने बताए। तर संविधानको सीमा र समय अनुरुप प्रर्याप्त तयारी नहुदाँ हतारमा कानुन बनाउनु परेको उनको तर्क छ। हतारमा बनाउँदै सरोकारवाला र नागरिकको मत समेट्न नसकिने कुरामा सहमत हुदै उनले असन्तुष्टि देखिएमा केही नेपाल ऐन मार्फत् पनि पुनः संशोधन गरी सम्बोधन गर्नु पर्ने बताए।

सभामुख महरा चीन भ्रमणमा जाने भएकाले बिहिबार नै प्रतिनिधि सभामा दुुई बैठक राख्दै मौलिक हकसम्बन्धी विधेयक समितिमा पठाएका छन्। उनले विधेयकमाथि अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।

समितिका जेष्ठ सदस्यलाई बोलाएर आजै महराले धेरै छलफलमा अल्झने कार्य नर्गन समितिलाई निर्देशन दिएका छन्। समितिमा अनिवार्य उपस्थित हुने वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी दलका नेता शेरबहादुर देउवासँग आग्रह समेत गरेका छन्। आफ्नो भ्रमणका लागि सभामुखले हतार–हतार विधेयकहरू समितिमा पठाएर छलफल बिना नै प्रतिवेदन तयार गर्न निर्देशन दिएका हुन्।

‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’मा सहभागी हुन सभामुख महरा १० सदस्यीय टोलीको नेतृत्व गर्दै भदौ २२ गते चीनको ल्हासा जाँदैछन्। टोली २७ गते स्वदेश फर्किने कार्यक्रम छ। आफू फर्केको भोली पल्ट उनले सबै समितिको प्रतिवेदन संसद्मा पेश गर्न भन्दै बैठक राख्ने तय गरेका गरेका छन्। टोलीमा नेकपाकी शान्तिमाया तामाङ, हेमकुमार राई, कांग्रेसकी रंगमती शाही, फोरमका उमाशंकरप्रसाद अरगरिया र राजपाका एकवाल मियाँलगायत ६ जना सांसद छन्।
 
असोज २ गतेसम्म मौलिक हकसम्बन्धी १६ वटा विधेयक संसद्ले पारित गरी प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक बाध्यता छ। अहिलेसम्म एउटा विधेयकमा मात्र दफावार छलफल सुरु भएको छ।

संविधानको धारा ४७ मा संविधान जारी भएको तीन वर्षमा मौलिक हक कार्यान्वयन गर्ने कानुन बनाइसक्नुपर्ने अनिवार्य व्यवस्था छ।

सभामुख चीन उड्नुअघि जम्मा तीन दिन बैठक बस्ने समय छ। फर्केपछि पनि जम्मा ५ दिन समय रहन्छ। यस अवधिमा सबै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने सभामुख महराको दाबी छ।
 
‘मौलिक हकसम्बन्धी कुनै पनि विधेयक कानुन बन्नवाट रोकिदैन’ उनले भने ‘संसद् गम्भीर भएर यसको छलफलमा लागेको छ’। प्रतिनिधिसभाबाट उत्पत्ति भएका मौलिक हकसम्बन्धी ११ वटा विधेयक राष्ट्रिय सभाबाट समेत पारित गराउनुपर्छ। त्यस्तै राष्ट्रिय सभाबाट उत्पत्ति भएका चारवटा विधेयक पनि प्रतिनिधिसभाबाट पारित गर्नुपर्छ।

दुईमध्ये एउटा सभाले विधेयक अस्वीकृत गरे संयुक्त बैठकले टुंगो लगाउनुपर्ने प्रावधान भएकाले थप समय लाग्नेछ।
 
यस्ता छन् प्रतिनिधि सभाका समितिमा पुगेका विधेयकहरू

  • सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) ऐनलाई संशोधन गर्न बनेको विधेयक 

  • रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • अनिवार्य तथा निःशुल्क शिक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

  • वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • उपभोक्ता संरक्षण सम्बन्धी  विधेयक 

राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयक

  • अपाङ्गता भएका व्यक्तिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

  • अपराध पीडित संरक्षण विधेयक

  • वातावरण संरक्षण ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  ००:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा काठमाडाैंबाट पक्राउ बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्