• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दिल्ली जी-२० सम्मेलनमा ‘शेर्पा’ को चर्चा

64x64
दुर्गा दुलाल आइतबार, भदौ २४, २०८०  १४:३९
1140x725
फोटो साभार : @amitabhk87 को ट्विटबाट

काठमाडौं- शेर्पा भन्ने बित्तिकै हिमाल चढ्ने वीर समुदायको रुपमा सबैले सम्झन्छन्। पासाङ ह्लामु शेर्पादेखि आङरिता शेर्पासम्मले हिमाल चढेर राखेको रेकर्ड सबैको दिमागमा आउँछ। नेपालको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने यी शेर्पा समुदायको मुख्य पेसा नै पर्वतारोहीहरुलाई पथ प्रदर्शक (गाइड) को रुपमा सघाउने हो। उनीहरु पर्वतारोहीहरुसँगै हिमाल चढ्छन् र काम फत्ते गरी छाड्छन्। 

विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरु जस्तै अहिले भारतमा भइरहेको जी-२० सम्मेलनमा पनि शेर्पाको चर्चा भइरहेको छ। भारतको राजधानी नयाँदिल्लीमा आयोजित जी-२० सदस्य मुलुकहरुको दुई दिने सम्मेलन आइतबार समापन हुँदैछ। 

सम्मेलनले दिल्ली घोषणापत्र जारी गरिसकेको छ। यो सम्मेलन धेरै कोणबाट महत्वपूर्ण मानिएको छ। जलवायु सम्मेलन, कूटनीतिक सम्बन्ध र रुस-क्रेन युद्ध तथा विश्वका देशहरुबीच बढ्दो  ध्रुवीकरणलाई लिएर पनि यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ। 

सन् १९९९ मा जब एसियामा आर्थिक संकट आइलाग्यो अनि यी देशका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरू मिलेर यो फोरम निर्माण गरेका थिए। यो फोरममा 'ग्लोबल इकोनोमी' र आर्थिक मुद्दामा चर्चा हुने गर्छ। 

त्यसको केही वर्षपछि २००७ मा विश्वभर आर्थिक मन्दी देखापर्‍यो। यो अवस्थामा यो मञ्चको महत्व झन् बढ्यो। यो सम्मेलन अर्थमन्त्रीबाट माथि उठेर राज्य प्रमुखको सहभागितामा आयोजना हुनेमा पुग्यो। अर्थात् यो सम्मेलनमा सदस्य देशका राष्ट्राध्यक्षले भाग लिन्छन्। जी-२० को पहिलो बैठक २००८ मा अमेरिकाको वासिंटनमा बसेको थियो। अहिलेसम्म १७ बैठक भएको छ। भारतमा १८औं बैठक भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो सम्मेलनमा एकाएक नेपाली समुदाय शेर्पाको पनि चर्चा भएको छ।  ग्लोबल समिट जी-७ र जी-२० मा 'शेर्पा' भनेको 'हेड अफ स्टेट' को व्यक्तिगत प्रतिनिधि हुन्। यो शब्द ‘शेर्पा’ नामबाट उत्पत्ति भएको हो। हिमाली भूभागमा बसोबास गर्ने तिब्बती जातीय समुदायका मानिसहरू उत्कृष्ट पर्वतारोहण र पदयात्रा कौशलका लागि प्रसिद्ध छन्। 

जी-२० सम्मेलनमा शेर्पाहरुको मुख्य जिम्मेवारी भनेको सहभागी राष्ट्रहरूका नेताहरूको शिखर सम्मेलनअघि सम्भावित सम्झौताहरू तयार गर्ने हो। उनीहरुले पहिले नै सबै तयारी गर्ने गर्दा यस्ता सम्मेलनमा राज्य वा सरकार प्रमुखहरूको वार्तामा अनावश्यक समय र स्रोतहरू खेर नजाओस् भन्ने उद्देश्य राखिएको हुन्छ। ‘शेर्पा’ हरूले विभिन्न योजना र एजेन्डामा काम गरिरहेका हुन्छन्। उनीहरूले आफ्ना नेताहरूको तर्फबाट एजेन्डा तयार गर्छन्। राजनीतिक सहमतिमा पुग्ने प्रयास गर्छन् र मुख्य शिखर सम्मेलनअघि धेरै बैठकहरूमा भाग लिन्छन्। 

जी-२० का 'शेर्पा'
अमिताभ कान्त भारतीय प्रशासनिक सेवा (आईएएस) का पूर्व अधिकारी हुन्। नीति आयोगको पूर्व प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका कान्तलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० सम्मेलन सफल पार्न आफ्नो व्यक्तिगत प्रतिनिधि (शेर्पा) को जिम्मेवारी दिएका थिए। सम्मेलनको पहिलो दिन नै सर्वसम्मतिबाट दिल्ली घोषणापत्र जारी भएपछि एक ट्विट गर्दै कान्तले भने, ‘म विकसित तथा उदाउँदा अर्थतन्त्रका शेर्पाहरुसँग छु। उहाँहरु संसारकै सबैभन्दा कडा तथा सबैभन्दा बढी पेसेवर वार्ताकारहरु हुनुहुन्छ। र, उहाँहरुले मलाई मेरो जीवनमै राम्रोसँग सुत्न नपाएका धेरै रातहरु दिनुभयो।’

Xtrem
Xtrem

'शेर्पा' हरुले कस्तो भूमिका खेल्छन्? 
सम्मेलनअघि  प्रत्येक सदस्य राष्ट्रले एक अधिकारी (शेर्पा) तोक्छन् र तिनीहरू बन्द कोठाका बैठकहरूमा भाग लिन्छन्। मुख्य शिखर सम्मेलनका क्रममा आफ्ना नेताहरूलाई सहज होस् भनेर धेरै विषयमा सहमतिमा पुग्ने जिम्मेवारी शेर्पाहरूलाई नै दिइएको हुन्छ। 'शेर्पा' हरुले आफ्नो देशको हितलाई प्राथमिकता राखेर यसमा वार्ता गर्छन्। उनीहरु सम्मेलनअघि नै भेला हुन्छन्। नेताहरु दिल्ली आइपुग्नुअघि नै शेर्पाहरू र अन्य सरकारी प्रतिनिधिहरूले जी-२० शिखर सम्मेलनको घोषणापत्रको मस्यौदा तयार पारिसकेका थिए तर अन्तिम सहमति भने शुक्रबार राति मात्रै भएको कान्तले बताएका छन्।  'शेर्पा' हरूले व्यापार, ऊर्जा, पर्यटन, स्वास्थ्य, कृषि, विकास, डिजिटल अर्थतन्त्र, शिक्षा, वातावरण आदिका १३ कार्य समूहहरूको विषयमा संलग्न भएर काम गरेका थिए। 

 'शेर्पा' शब्दको प्रयोग यसअघि पनि कूटनीतिक रुपमा यस्ता सम्मेलनहरुमा हुने गरेको तर पछिल्लो समयमा अलि बढेको भूराजनीतिक मामलाका जानकार चन्द्रदेव भट्टले बताए। भारतमा आयोजना भएको जी-२० सम्मेलनमा पनि शेर्पा शब्द प्रयोग भएकोमा उनलाई खुसी लागेको छ तर उनीहरुको कामको मूल्यांकन भने नपुगेको उनी ठान्छन्। 

‘शेर्पा’ शब्दको  प्रयोग यस्ता सम्मेलनहरुमा व्यापक रुपमा हुन थालेको छ। यसमा खुसी नै हुने होला तर  जसरी प्रयोग भइरहेको छ, मलाई चित्त बुझेको छैन,’ भट्टले भने। ‘शेर्पा भनेको अघि लागेर अप्ठेरो काम फत्ते गर्ने व्यक्तिको रुपमा मात्र लिइएको छ।’ हिमाल आरोहण गर्दा जसरी सबैलाई बाटो देखाउनेदेखि कठिन यात्रालाई सहज बनाउने काम शेर्पाहरुले गरेर आरोहण सफल बनाउँछन्, यसैगरी यस्ता सम्मेलनहरु सफल हुन् भनेर ‘शेर्पा’ हरुलाई जिम्मेवारी दिनु राम्रै पनि हुने उनको विचार छ।  

यसरी 'शेर्पा' शब्दको व्यापक प्रयोगले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा शेर्पा समुदायको पहिचान मात्रै बढाएको छैन, उक्त पहिचानलाई नयाँ अर्थ पनि दिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्