buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसदको सवालमा प्रधानमन्त्री प्रचण्डको जवाफ– म आफैंमाथि अनुसन्धान गर्नुपरे पनि बाधा पुर्‍याउँदिन

64x64
नेपाल लाइभ मंगलबार, भदौ १२, २०८०  १२:३७
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको विषयमा आफू र आफ्नो पार्टीकै मानिस भए पनि अनुसन्धान गर्न बाधा नगर्ने बताएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा भाग लिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवास र सुन तस्करीमा जो सुकैको संलग्नता देखिए पनि अनुसन्धान गर्न आफूले निर्देशन दिएको दाबी गरे। 

प्रश्नोत्तरका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भ्रष्टाचारको विषयमा प्रश्न सोधेका थिए।   ‘भुटानी शरणार्थी प्रकरणमा यही रोस्ट्रमबाट उभिएर तपाईंले यो त टेलर मात्र हो पुरा फिल्म गज्जब आउँछ भन्नुभएको थियो। तर जे आयो टालटुले आयो। नक्कली भुटानी शरणार्थी प्रकरणमार्फत् नेपाली कांग्रेस, ललिता निवास प्रकरणमार्फत् एकीकृत समाजवादी र गौर हत्याकाण्डमार्फत् जसपालाई साइजमा राख्नुभयो। अनि गिरिबन्धुमार्फत् एमालेलाई साइजमा राख्न खोज्नु भएको छ,’ सांसद शाहको प्रश्न थियो, ‘आफ्नो कामलेभन्दा यसरी साइजमा राख्ने कामले मन जित्न सकिँदैन थियो होला। भारतले कसरी चन्द्रयान सफल अवतरण गराउने भनेर सोचिरहँदा हामी भने आफ्नो एस म्यानलाई बचाउनमा लागिरहेको देखिँदैन?’ 

जवाफमा प्रधानमन्त्रीले समग्र भ्रष्टाचारको कुरामा सरकारले धेरै सकारात्मक काम गरेको दाबी गर्दै आफ्नो भनाइ सके। आफ्नो नेतृत्वमा सरकार गठन भएपछि शुसासनलाई प्राथमितामा राखेको र यसले आम जनतामा शुसासन कायम गर्न सरकार लागिरहेको छ भन्ने सन्देश प्रवाह भएको उनले दाबी गरे। 

‘मैले कुर्सी टिकाउनका लागि नभइ राजनीतिक प्रणालीमा छाएको निरासा र सबै उस्तै हुन्, केही हुँदैन भन्ने निरासा चिर्न काम गरेको छु,’ प्रधानतमन्त्रीले जवाफ दिए, ‘नक्कली भुटानी शराणर्थीदेखि सबै घटनामा दबाबरहित छानबिन अघि बढाएकाले शुसासन सम्भव छ भन्ने देखाएको छ। अब यी प्रकरण अदालतमा विचाराधीन रहेको छ। अदालतले पनि सही निर्णय सुनाउने छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

आफूले निष्पक्ष र पारदर्शी बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ कारबाही गर्ने काम अघि बढाएको भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन र वा अप्ठारोमा पार्ने काम नगरिएको दाबी गरे। 

‘दोषी कोही पनि नछुटोस् र निर्दोष कोही नपरोस्। अनुसन्धानकै समयमा प्रधानमन्त्री नै अनुसन्धानको दायरमा देखिए पनि नछोड्न निर्देशन दिएको छु,’ उनले भने, ‘आफ्नै पार्टीका नेताहरु आएपछि छानबिन गर्नु भनेर निर्देशन दिएको छु।’ 

उनले सबै प्रकारको भ्रष्टाचार छानबिन गर्ने र यो आफ्नो र यो पराइ भनेर नछुट्टाउने दाबी गरे। उनले राष्ट्रिय मुद्दा र सवालमा सबै एकै ठाउँमा उभिनुपर्ने पनि बताए। सरकारले चालेको कदमले जनतामा आसा र भरोसा बढाएको दाबी उनले गरे। 

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा जनताले पाएका सास्ती कम भएको र विकास निर्माणले गति लिएको दाबी गरे। उनले सरकारले अर्थतन्त्रको पुनर्उत्थानदेखि भ्रष्टाचार नियन्त्रणमा काम गरेको दाबी गरे। सरकारको यो कार्यमा सवैको साथ निरन्तर हुने अपेक्षा आफूले लिएको उनले बताए। सरकार प्रमुखको हैसियसतले आफूले सहमतिका लागि प्रयास गरेको पनि दाबी गरे। उनले दलहरुका बीचमा अन्तर रहे पनि १० वटा सभापति सर्वसम्मत रुपमा चयन भएकाले एक प्रकारको सन्देश दिएको बताए।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
एकैदिन १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक (लाइभ) काठमाडौँ– प्रतिनिधि सभा बैठक सुरु भएको छ । शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक आज दिउसो ४:३० बजे  सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । शुक्रबार, असार ५, २०८३
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रध... बिहीबार, असार ४, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक शुक्रबार, असार ५, २०८३
एकैदिन १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, असार ५, २०८३
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्