• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘ब्वाइफ्रेन्ड नभएको’ सिफारिस खोजिरहेकी रेखा : चाहना थियो बैंकर, गायनमा बन्यो करिअर

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, भदौ ९, २०८०  ०७:३०
1140x725

काठमाडौं- कसैले पत्याउन्नन् लभ परेको हैन भनेर
मलाई एउटा सिफारिस बनाइदेऊ मेयरसाब
यसको ब्वाइफ्रेन्ड छैन भनेर...

हिजोआज टिकटकमा अविवाहित युवतीले यो गीतमा आफूलाई प्रस्तुत गर्ने होडबाजी चलेको छ। सार्वजनिक भएदेखि नै चर्चामा रहेको गीत युट्युबको ११ नम्बर ट्रेन्डिङमा छ। 'मेरा लागि मर्ने केटो' नामक यस गीतकी गायिका हुन् रेखा जोशी। भगिरथ चलाउनेले पुरुष स्वर भरेको गीतको सिर्जना पनि उनले नै गरेका हुन्।

देउडा गीतका क्षेत्रमा रेखा नयाँ नाम होइन। देउडा गीतमा चलेका गायिकाहरुको पहिलो नम्बरमै उनी छिन्। तर यो गीतले उनको सांगीतिक आकाश थप फराकिलो बनाएको छ। आम लोकगीत पारखीमाझ पनि रेखा फैलिएकी छिन्। 

गीतले बजार लिइरहेको समयमा भेटिएकी गायिका रेखाले सुरुमै ठट्टा गरिन्,  'यो गीत मेरै लागि लेखिएको जस्तो लागिरहेको छ। तर अरुले पनि आफ्नो जीवनसँग मिल्ने भन्दै रमाइलो गरिरहेका छन्!'

कोकिलकन्ठी स्वर र सुन्दर रुपरङकी गायिका रेखाको 'ब्वाइफ्रेन्ड' भएको/नभएको कुरा उनकै निजी मामिला भयो। त्यसैले सोधिएन। सोधिहेर्‍यो भने पनि सेलिब्रिटीबाट सही उत्तर आउने सम्भवना कम रहन्छ।

गायिका जोशीको स्वरमा अघिल्लो हप्ता मात्रै देउडा गीत 'लाउँकि मायाजाल' बजारमा आएको थियो। त्यसअघि 'झुलुक्क झुल्किजापन' आएको थियो। दुवै गीत देउडाप्रेमीले रुचाए। उनका अनेक भाका छन्, जो संगीतप्रेमीलाई जँचेका छन्। 

367612123_1705680056537825_6895825199948033391_n1692943106.jpg

२०७१ सालदेखि  निरन्तर  गायन क्षेत्रमा रहेकी उनलाई यही क्षेत्रले नाम र दाम दिइरहेको छ। छुट्टै पहिचान बनाएको छ। गायन रुचि भए पनि यही क्षेत्रमा करिअर बनाउने कुरामा उनी सुरुमा त्यति सकारात्मक थिइनन्। उनलाई बन्नु थियो- बैंकर। प्लस टु सकाएर ब्याचलर भर्ना भएकी रेखाले फुर्सदको समयमा कञ्चनपुरको एक रेडियोमा बिताउन थालिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी रेडियोमा कार्यक्रम चलाउने र समाचार पढ्ने काम गर्थिन्। त्‍यहीँ एक दिन घटेको घटनाले उनको जीवनले अर्कै मोड लिएर उनी यो घुम्तीमा आइपुगेकी हुन्।

देउडा गायक गोपाल दयाल एक दिन उनी काम गर्ने रेडियोको स्टुडियोमा आइपुगे। उनीसँगै पढेकी दीपिका नामकी अर्की युवती थिइन्। उनी पनि राम्रो गीत गाउँथिन्। 

‘मैले एउटा गीत लेखेको थिएँ। एक जना तपाईंसँगै पढ्ने विद्यार्थी छिन्, उनको स्वर सुनेको थिएँ। उनलाई गाउन दिने होला कि?,’ गोपालको भने। रेडियोमै रहेका रेखाका सहकर्मी, जसलाई उनी दाइ भन्थिन्। उनले रेखातर्फ संकेत गर्दै गोपाललाई भने, ‘हाम्री बहिनी नि राम्रो गीत गाउँछिन्।’

उनले स्वर सुन्ने इच्छा राखे। स्कुल र कलेजमा गीत गाइसकेकी उनले त्यहीँ एक टुक्का गीत सुनाइदिइन्। गोपाललाई उनको स्वर मन पर्‍यो। त्यसपछि २०७१ साल वैशाख १३ गते उनको पहिलो गीत रेकर्ड भयो, ‘घुटुक्क बाडुली लाया’।

Xtrem

Xtrem

उक्त गीतले राम्रै चर्चा पायो। त्यसपछि धेरैले उनलाई गीत-संगीतमै लाग्न सुझाए। देउडा गीतका लागि उपयुक्त स्वर रहेको बताउन थाले। त्यही सुझाव र प्रेरणाले उनी आफूलाई यही क्षेत्रमा सक्रिय बनाउन थालिन्। त्‍यसपछि उच्च शिक्षाका साथै गायनमा भविष्य खोज्न काठमाडौं आइपुगिन्। गएको ९ वर्षमा उनको स्वरमा एक हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। 

367550276_644946680947853_2587049582947488949_n1692943106.jpg

उनले देउडा गीतका सबै विधामा स्वर भरेकी छिन्। सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा देउडामार्फत हुने सवाल जवाफ हुने, एकान्तमा बसेर विरह पोख्ने ठाडी भाका वा छमछम नाच्ने सबै गीतमा उनले आफूलाई प्रमाणित गरेकी छिन्। 

रेखाले स्वर भरेका थुप्रै गीत चर्चित छन्। जसमध्ये 'घुटुक्क बाडुली लाया', 'मैना-१', मैना-२', 'साँचो साइका हात', 'रुबसकी खानी', 'डोटीका बैकान', 'लैलै' लगायतका गीतले उनको चर्चा चुलियो। 

उनलाई देउडा क्षेत्रमा आउँदै गर्दा उनलाई परिवारको राम्रो सहयोग रह्यो, जसले उनलाई यो क्षेत्रमा रम्न र जम्न सहज भयो। 

गायनसँगै रेखाले पढाइलाई समेत निरन्तरता दिँदै आएकी छिन्। आफ्नो ब्याचमा उनी कहिल्यै दोस्रो भइनन्। व्यवस्थापन पढेकी उनले मास्टर्स गरेकी छिन्। उनलाई बैंकको कर्मचारी बन्ने ठूलो रहर थियो, त्यसैले व्यवस्थापन रोजेकी हुन्। तर देउडामा करिअर बन्न थालेपछि त्यतातिर लागेकी छैनन्। 
उनीसँगै पढेका थुप्रै साथीहरु बैंकमा छन्। देउडामा पहिचान नबनेको अवस्था थियो भने आफू पनि त्यहीँ हुने उनी बताउँछिन्।

रेखा रमाइलोका लागि मात्रै गाउँदिनन्। चेतनाका लागि पनि आफूलाई अग्रभागमा उभ्याइरहेकी छिन्। सुदूर तथा कर्णालीमा व्याप्त छाउपडी प्रथाका विरुद्ध उनले थुप्रै गीत गाएकी छिन्। थुप्रै ठाउँ पुगेर जनचेतना फैलाएकी छिन्।

खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले उनलाई सद्भावना दूत नै बनाएको छ। मर्यादित महिनावारी दूतको रुपमा नियुक्त रेखाले सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धी कुसंस्कार र अन्धविश्वासका विरुद्ध जनचेतना जागरण गर्न सांगीतिक अभियान सञ्चालन गर्ने र महिनावारीलाई मर्यादित बनाउन अभियान चलाउने काम यही परियोजनामार्फत गरिरहेकी हुन्।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्