• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब निरोज झापा विद्रोहका गुमनाम पात्रहरूको कथा लेख्न निस्किए

64x64
समर्पण श्री शनिबार, भदौ २, २०८०  ०९:३५
1140x725

विसं २०७३ सालतिरको कुरा हो। एकदिन निरोज कट्टेललाई लेखक उज्ज्वल प्रसाईले आग्रह गरे, ‘निरोज जी, झापा विद्रोहबारे किताब लेख्नुहोस्।’

उज्ज्वलको प्रस्तावले निरोज हच्किए। उनलाई लागेको थियो, ‘सकिएला र!’ 

झापामा जन्मे हुर्केका निरोजले झापा विद्रोह (विसं २०२८–०३२) बारे सानैदेखि परिवार र छिमेकीबाट सुन्दै आएका थिए। उनकै घर वरिपरीका केही छिमेकी विद्रोही र राज्यपक्षबाट पीडित थिए। 

उनका बा इलामको ज्यामिरगढीबाट बसाइँ सरेर धुलाबारी पुगेका थिए। ज्यामिरगढीबाटै सुरु भएको झापा विद्रोहमा विद्रोहीबाट मारिने पहिलो पात्र थिए कर्णबहादुर गौतम, जो निरोजका बाहरूका छिमेकी थिए।

कर्णबहादुरको मृत्युपछि उनको परिवारले भोगेको अभाव र गरिबीबारे निरोजले बा र ठूलाबाबाट बाल्योकालमा सुनेका थिए। निरोजका ठूला बा बेलाबेला कर्णबहादुरको हत्यापछि आफू साह्रै विरक्तिएको सुनाउने गर्थे।

विद्रोको ठीक एक दशकपछि जन्मिएका थिए, निरोज। उनलाई आन्दोलनका पीडित र विद्रोहीहरूको कथा सुनिरहँदा विद्यार्थीकालमा लाग्ने गर्थ्यो , ‘यो विद्रोह हो चाहिँ के?’ 

‘विद्रोहमा लागेकाहरूको मात्र हैन, विद्रोहीबाट मारिएकारूको पनि कठिन अवस्था देखेको थिएँ। भावनात्मक कुराहरू बढी सुनेको थिएँ। त्यसकारण झापा विद्रोहबारे चासो बढिरहन्थ्यो ,’ उनी सम्झन्छन्।

सुखानीमा मारिने झापा विद्रोहका अगुवा वीरेन्द्र राजवंशी हुन् वा विद्रोहीबाट मारिने कर्णबहादुर। दुवैको थलो एउटै गाउँ थियो। उनले दुवै पक्षका भावनात्मक पाटो नजिकबाट नियाल्दै आएका पनि थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

जब २०४६ सालपछिको परिवर्तनसँगै निरोजमा अध्ययन र परिपक्वता बढदै गयो, तबमात्र उनले अनुभूत गरे, ‘झापा विद्रोह मूलत: राजनीतिक आन्दोलन पो रहेछ।’

०००

निरोजले ८ वर्षको अथक मेहेनतबाट यसपालि तयार पारेका छन् पुस्तक ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’। 

बेला पब्लिकेशनबाट प्रकाशित यो पुस्तक शनिबारबाट पाठकहरूको हातमा पुग्नेछ। यतिबेला निरोजको दाबी छ, ‘यो कुनै इतिहासको दस्तावेज भने होइन।’ 

‘राज्यद्वारा प्रताडित र विद्रोहबाट पीडित मान्छेहरूको कथा हो,’ उनको प्रस्टोक्ति छ।

नेपालमा सामाजिक र राजनीतिक आन्दोलनपछि ठूला ठूला शब्दजालहरू बुनिन्छन्। सत्तासँग जोडिएका शक्तिशाली मान्छेहरूको कथा पनि लेखिन्छन्। तर प्रत्यक्ष संलग्न रहेको आम मान्छेको कथाचाहिँ छुट्दै जान्छ।

निरोजको बुझाइमा यो पुस्तक छुटेका तिनै भुइँका पात्रहरूको भोगाइको अभिलेख हो।

नेपालका कम्युनिष्टहरूले संगठित रुपमा गरेको पहिलो हिंसात्मक विद्रोह मानिन्छ, झापा विद्रोह। ५० वर्षपछि पनि यसको उतिकै चर्चा हुने गर्छ। तर एकपक्षीय दृष्टि कोणबाट मात्र नियालिएको यो आन्दोलनमा थुप्रै पात्रहरू गुमनाम बने। 

उज्ज्वलको आग्रहपछि निरोजलाई पनि लाग्यो, ‘तल्लो तहमा बसेर काम गरेका तर गुमनाम भएका पात्रहरूको कथा त लेख्नुपर्छ।’

उनकै वरिपरि ती पात्रहरू जीवित छन्,  घटनाको बाछिटाहरू आँखैअघि देखिइरहन्छन्। ‘आफूले नजिकबाट नियालेका गुमनाम पात्रहरू अभिलिखित नभइकन इतिहासमै छुटे भने उनीहरूलाई न्याय होला त?’ निरोजले सोचिरहे। 

‘सेल्टर दिने, अप्ठ्यारो पर्दा खाना खुवाउने मान्छेहरूको समूह पनि आन्दोघलनमा थियो। केपी ओलीभन्दा बढी जेल बसेका मान्छे पनि अझै जीवित थिए। अनि विद्रोहीबाट मारिएकाहरू पनि गुमनाम थिए। मलाई लेख्नु थियो यो आन्दोलनले उनीहरूको मुक्ति भयो कि भएन,’ निरोज लेखनको तान बुन्न थाल्दाको क्षणबारे सुनाउँछन्।

०००

निरोजले आन्दोलनसँग जोडिएका दस्तावेजहरू संकलन गरे। यसअघि लेखेका संस्मरण,  नेपालका राजनीतिक आन्दोलनलाई छोएर लेखिएका किताब लगायत थुप्रै पुस्तकका ठेलीहरू खोजी खोजी पढे। 

त्यसपछि हिँडे विद्रोहमा संलग्न मान्छेहरूको स्मृतिबाट आन्दोलन चियाउन। 

थुप्रै पात्रहरू भेटे, लामा लामा अन्तर्वार्ता गरे।

झापा विद्रोह पश्चिम बंगालको नक्सलवादी आन्दोलनबाट प्रभावित भएर सुरु भएको थियो। उनी पात्रहरू खोज्दैखोज्दै नक्सलवादीसँगै पश्चिम बंगालका गाउँहरू पुगे। त्यतिबेलाको आन्दोलनको स्वरुपलाई नियाले।

उनले पुस्तक लेख्ने क्रममा विद्रोही पक्षबाट मारिएका मान्छेका परिवार भेट्दा अनौठो प्रतिक्रिया पाए। ‘५० वर्षपछि हाम्रो बाउलाई खोज्न कोही आएको छ,’ मारिएका पात्रका सन्तानले दंग पर्दै भने।

एकपटक निरोजले आन्दोलनमा संलग्न खडानन्द वाग्लेसँग कुरा गर्दै थिए। त्यही क्रममा उनले स्क्वार्डमा को को थिए भनेर सोधे। खडानन्दले सूची सम्झँदै जाँदा चन्द्रवीर वागुनको नाम आयो।

चन्द्रवीर कहाँ बस्छन्, एकिन थिएनन् खडानन्द। निरोज उनलाई खोज्न बुधबारेतिर निस्किए। घर सोध्दै हिँडेको ४ घण्टा भइसक्यो, त्यो नामको व्यक्ति चिनेको छु भन्ने कोही आएनन्। एउटा घरनिर भेटिएका युवकलाई सोधे, ‘चन्द्रवीर वागन कहाँ बस्छन्?’

ती युवकले टाउको हल्लाउँदै भने, ‘थाहा भएन।’ 

त्यसपछि उनले पृष्ठभूमि जोड्दै भने, ‘उहाँ झापा विद्रोहमा सामेल हुनुहुन्थ्यो। यही गाउँमा बस्नुहुन्छ रे।’ 

त्यसपछि ती युवकले सम्झन खोजेझैं गरी भने, ‘झापा विद्रोहमा त हाम्रो बाजे पनि संलग्न हुनुहुन्थ्यो।’ ती युवक तिनै चन्द्रवीरको नाति रहेछन्। 

चन्द्रवीरलाई गाउँमा कसैले आफ्नो नामले चिन्दो रहेनछन्। त्यहाँ त उनलाई नाम जेठा कामी भनेर बोलाइँदो रहेछ।

चन्द्रवीर गाउँ डुल्न निस्किएका रहेछन्। कोही भेट्न आएको छ भन्ने सुन्नासाथ हस्याङफस्याङ गर्दै घर आए। ८७ वर्ष कटेका चन्द्रवीरको स्मरण शक्ति अझै तेज थियो। 

उनले निरोजलाई सोधे, ‘कहाँबाट के कामले आउनुभयो?’

निरोजले झापा विद्रोहमा संलग्न मान्छेहरूको खोजी गर्दै त्यहाँसम्म आइपुगेको बताए। सुन्नासाथ चन्द्रवीरको आँखा रसाउन थाले। उनले आँसु पुछ्दै भने, ‘आजसम्म कोही मान्छे भेट्न आएनन्। पार्टीका मान्छे पनि आएनन्। यतिका वर्षपछि पहिलो पटक सोधखोज गर्दै तपाईं आउनुभयो।’

‘चन्द्रवीरको २०२८देखि २०३० सालसम्म विद्रोहमा संलग्नता रहेछ। पछि समातेर यातना दिएपछि उहाँहरू छिन्नभिन्न हुनुभएछ,’ निरोज भन्छन्। 

विद्रोही पक्षबाट मारिएका पात्रहरूको परिवारलाई भेट्दा पनि उनले दयनीय अवस्था देखे। 

उनी अन्तर्वार्ताकै सिलसिलामा एकजना ७८ वर्षीय रिटायर्ड सिपाहीलाई भेट्न गए। ती रिटायर्ड सिपाही विद्रोहको बेला जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए। निरोजका अनुसार सुखानी हत्याकाण्ड हुने बित्तिकै जागिर छाडेर भागेका थिए तिनी। 

‘उनलाई भेट्न जाँदा झण्डै कुटाइ खाएको। ५० वर्षअगाडिको कुरा सोध्ने सीआइडी हो भन्दै गर्जिए,’ निरोज सुनाउँछन्, ‘बा र बाजेको नाम लिएपछि भने विस्तारै शान्त भए।’ 

रिटायर्ड सिपाहीले कुराकानीको क्रममा फोटो खिच्न दिएनन्। रेकर्ड पनि उनले थाहा नहुने गरी। ‘उहाँसँग दिनभरि ४/५ चरणमा कुरा गरेँ,’निरोज सुनाउँछन्, ‘उनले धमिला सम्झनाहरू सविस्तार भने। 

धेरै पात्रहरूसँग कुरा गरेपछि उनले झापा विद्रोहमा संलग्नहरूको मनोविज्ञान बुझे। ‘सत्ताका नजिक भएर पावरको पोलिटिक्स गर्नेहरूको मनोविज्ञान एक किसिमको थियो। उनीहरू यो आन्दोलन ठीक थियो भन्थे। सत्ताबाट किनाराकृत हुनेहरूसँग भने गुनासो थियो, उनी भन्छन्।

विद्रोही पक्षबाट मारिएकाको सन्तानहरूको एउटै प्रश्न थियो, ‘हाम्रा बा के सामन्ती थिए त? 

‘उनी मारिनैपर्ने मान्छे थिए त?’

‘अलिअलि जग्गाजमिन हुनु सामन्ती हुनु हो?’

यी प्रश्नहरू पीडितका परिवारको चीत्कार बनेर बसिरहेका छन्। भुइँमा बसेर विद्रोह गरेकाहरूको गुनासो पनि चन्द्रवीरहरूको आँसुमा बगिरहेको छ। निरोजले उनै किनाराकृत पात्रहरूको प्रश्नहरू, गुनासोहरू, आँसुहरू, पीडाहरू पुस्तकमा अभिलेख गर्न थाले।

एकपटक त लाग्यो, ‘बेकार हात हालेछु।’ किनकि उनलाई यो काम कठिन यात्रामा हिँडेजस्तो अनुभव भयो। २ वर्ष त उनले गर्दागर्दैको काम थन्क्याइदिए। तर उनलाई झापा विद्रोहबारे फैलाइएका भ्रमहरू चिर्नु थियो। एकपक्षीय दृष्टिकोणबाट माथि उठाउनु थियो। गुमनाम पात्रहरूको लिपि राख्नुथियो। 

उनले पुन: स्फूर्तिका साथ लेखनलाई निरन्तरता दिए।

अब पुस्तक बजारमा आइसकेपछि उनी हलम भएका छन्। किनकि अब ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’सँगको उनको एउटा चरणको यात्रा टुंगियो। अब अर्को चरणमा यो पुस्तकसँग पाठकहरूले यात्रा गर्नेछन्।

२०२८ सालमा टेकेर झापा विद्रोह चियाउनेछन्। इतिहासको गर्तमा पुरिँदै गएका गुमनाम पात्रहरूसँग साक्षात्कार गर्नेछन्।

पाठकहरूले निरोजसँग गरेको प्रतीक्षा त सकियो। सायद निरोज अब उनै पाठकहरूको प्रतिक्रियाको प्रतीक्षामा छन्।

०००
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्