• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रभावकारी भएन स्वास्थ्य बीमा, सुधार गर्ने के छ बोर्डको रणनीति?

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, असार १४, २०८०  २१:२०
1140x725

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन्। दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान स्थिति, कार्यान्वयनमा देखएिका समस्या र समाधानका लागि गरिएको प्रयासका सन्दर्भमा गरेको छलफलका क्रममा सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको बताएका हुन्। 

राष्ट्रिय सभा सदस्य कमला पन्तले बीमा प्रक्रिया झन्झटिलो भएको बताइन्। उनले बीमा बोर्डले ढिलो गरी पेमेन्ट दिने गरेको बताइन्। उनले भनिन्, ‘बीमा बोर्डमा कर्मचारी छैनन् भन्ने गुनासो आयो। कर्मचारी कसले दिएको छ त? कसरी काम गरिरहनुभएको छ? कहाँ नेर अड्किएको हो? बजेट होल्ड नगरेर हस्पिटललाई मासिक रुपमा भुक्तानी दिनुपर्यो।  हस्पिटलको सेवा–सुविधा चुस्त दुरुस्त हुनुपर्यो। यसलाई हस्पिटलहरुले बोझको रुपमा लिनु हुँदैन।’

उनले कानुनमा केही कमी–कमजोरी भएको अवस्थामा समाधानका लागि आफूले पहलकमदी गर्ने बताइन्। 

सांसद भुवनबहादुर सुनुवारले झन्झटिलो भएकै कारण जनताले बीमाको लाभ लिन नसकेको बताए। ‘राज्यले स्वास्थ्य बीमामा आम जनताको पहुँच पुर्याउने गरी नीति अघि सारेको छ। तर जनता बीमा ठिक भएन भनिराखेका छन्। झन्झटिलो छ भनेर गुनासो गरिरहेका छन,’ उनले भने। बीमा व्यवस्थित गर्न नसक्दा बिरामीहरु अलपत्र र पीडामा पर्ने गरेको उनको गुनासो थियो।

सांसद तुलबहादुर विश्वकर्माले बीमा बोर्ड र सरकारबीच नै तालमेल नमिल्दा बीमा गरेका व्यक्तिहरु मर्कामा परेको आरोप लगाए। उनले भने, ‘बीमाप्रतिको विकर्षण जनतामा बढिरहेको छ। यसको समाधान गर्नका लागि हामीले ध्यान दिनुपर्छ। यो राम्रो कुरा हो। जनताको भलाइका लागि हो भन्ने कुरा बुझाउन सक्नुपर्छ।’

सांसद जगप्रसाद शर्माले बीमा वापतको रकम बढाउन आग्रह गरे। उनले बीमा अभियान विस्तार गर्नुपर्ने उल्लेख गरे। 

सांसद रमेशराज रायमाझीले बीमा गरेकालाई डा लेखेको औषधि समेत अस्पतालले नदिएको जनताको गुनासो रहेको बताए। उनले भने, ‘बीमा गरेका ४५ लाखमध्ये हाल २९ लाखले मात्रै बीमा नवीकरण गर्नु लाजमर्दाे छ। बीमा गरेकाहरुलाई डाक्टरले औषधि लेखिदिँदा समेत अस्पतालहरुले औषधि दिँदैनन्। एउटा सामान्य मान्छेले बीमाप्रति किन विश्वास गर्ने? कानुनमा केही त्रुटि छन् भने भन्नुहोस्। हामी सच्याउनका लागि पहल गर्छाैं। बहाना गरेर, समस्या देखाएर पन्छिन मिल्दैन।’

महालेखाले प्रतिवेदनमा स्वास्थ्य बीमा नवीकरण गर्नेहरु घटे
महालेखा परीक्षकको ६०औं वाषर््ीिक प्रतिवेदनले समेत बीमा कार्यक्रम सन्तोषजनक नभएको औंल्याएको छ। हालसम्म ५९ लाख ८८ हजार जनास्वास्थ्य बीमामा आवद्ध भएका छन्। बीमामा सहभागी भएकामध्ये २९ लाख ८६८ जनाले मात्रै बीमा नवीकरण गराएको प्रतिवेदनमा उल्लेख छ। 

Ncell 2
Ncell 2

काठमाडौं र ललितपुरमा अझै लागू हुन सकेन
२०७२ सालमा कैलाली, बागलुङ र इलामबाट सुरु भएको यो अभियान हालसम्म ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा विस्तार भइसकेको स्वास्थ्य बीमा बोर्डका निर्देशक डा दामोदर बस्यालले जानकारी दिए। 

डा बस्यालले भने, ‘स्वास्थ्य बीमा सुरु भएको सात वर्ष पूरा भइसक्यो। स्वायत्त रुपमा सञ्चालित हुन सकेको छैन। जटिल प्रकृतिका रोगहरु लागेको अवस्थामा विशिष्टकृत अस्पतालमा रिफर गर्नुपर्छ। काठमाडौं र ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा लागू हुन सकिरहेको छैन।’ उनले काठमाडौं र ललितपुर महानगरपालिकासँग पटकपटक छलफल गरेको भए पनि टुंगोमा पुग्न नसकेको बताउँदै साउन मसान्त भित्र ती दुई पालिका समेत लागू गर्ने दाबी गरे। 

अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरू गरी जम्मा ४५९ वटा सेवा प्रदायक संस्थाहरुसँग सम्झौता गरी स्वास्थ्य बीमा सेवा प्रबाह भइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। चालु आवको वैशाख मसान्तसम्म जम्मा २० लाख ९३ हजार १७० परिवारका ६७ लाख ६४ हजार ६४४ जना नागरिक कार्यक्रममा आवद्ध भएका छन्। कुल आवद्ध नागरिकमध्ये ४१ लख १७ हजार ७०८ जनाले नवीकरण गरेको बोर्डले जनाएको छ। त्यसैगरी चालु आवको वैशाख मसान्तसम्म रु. १० अर्ब ५४ करोड ६२ लाख ३१ हजार २१९ रुपैयाँ मात्र सेवा प्रदायकलाई भुक्तानी गरिएको जनाएको छ। स्वास्थ्य बीमा बोर्डले अबको ५ वर्षभित्र आम नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिसक्ने जनाएको छ।

स्वास्थ्य बीमा सुधार गर्ने बोर्डको रणनीति के छ?
स्वास्थ्य बीमा बोर्डका अनुसार आगामी दिनमा सबै प्रकारका निःशुल्क कार्यक्रमहरूलाई एकद्वार प्रणालीमा व्यवस्थित गरी स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्ध गर्ने रणनीति रहेको छ। 

स्वास्थ्य बीमाको नाममा सञ्चालन गरेका दोहोरो कार्यक्रमहरूलाई स्वास्थ्य बीमा बोर्डमार्फत नै सञ्चालनमा ल्याउनुपर्ने, एकद्वार रणनीति अवलम्बन गरिनु पर्ने, सरकारका कर्मचारीलाई योगदान रकमको केही अंश रोजगारदाताले व्यहोर्ने गरी अनिवार्य बीमा गराउने व्यवस्था गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। गरिब तथा विपन्न परिवारको योगदान रकम सरकारले ब्यहोरिदिने प्रयोजनको लागि गरिब परिवार परिचयपत्र यथाशीघ्र वितरण गर्नु नीतिलाई तत्काल अवलम्बन गर्नुपर्ने सुझाव बोर्डको रहेको छ। 

त्यसैगरी स्वास्थ्य सेवाको उपभोगमा सहभुक्तानी प्रणाली लागू गर्ने, प्रदेश र स्थानीय तहको बीमा संयोजन समितिलाई थप प्रभावकारी बनाउने, आर्थिक वर्ष २०८०÷०८१ मा ५० प्रतिशत व्यक्तिहरुलाई बीमामा आवद्ध गराउने, स्वास्थ्य बीमा बोर्ड र मातहतका निकायहरु (प्रदेश शाखा कार्यालय, जिल्ला सम्पर्क कार्यालय)मा आवश्यक स्रोत–साधनको उचित व्यवस्था गरिने लगायतका रणनीतिलाई बोर्डले प्राथमिकतामा राखेको छ।
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्