• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रभावकारी भएन स्वास्थ्य बीमा, सुधार गर्ने के छ बोर्डको रणनीति?

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, असार १४, २०८०  २१:२०
1140x725

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन्। दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान स्थिति, कार्यान्वयनमा देखएिका समस्या र समाधानका लागि गरिएको प्रयासका सन्दर्भमा गरेको छलफलका क्रममा सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको बताएका हुन्। 

राष्ट्रिय सभा सदस्य कमला पन्तले बीमा प्रक्रिया झन्झटिलो भएको बताइन्। उनले बीमा बोर्डले ढिलो गरी पेमेन्ट दिने गरेको बताइन्। उनले भनिन्, ‘बीमा बोर्डमा कर्मचारी छैनन् भन्ने गुनासो आयो। कर्मचारी कसले दिएको छ त? कसरी काम गरिरहनुभएको छ? कहाँ नेर अड्किएको हो? बजेट होल्ड नगरेर हस्पिटललाई मासिक रुपमा भुक्तानी दिनुपर्यो।  हस्पिटलको सेवा–सुविधा चुस्त दुरुस्त हुनुपर्यो। यसलाई हस्पिटलहरुले बोझको रुपमा लिनु हुँदैन।’

उनले कानुनमा केही कमी–कमजोरी भएको अवस्थामा समाधानका लागि आफूले पहलकमदी गर्ने बताइन्। 

सांसद भुवनबहादुर सुनुवारले झन्झटिलो भएकै कारण जनताले बीमाको लाभ लिन नसकेको बताए। ‘राज्यले स्वास्थ्य बीमामा आम जनताको पहुँच पुर्याउने गरी नीति अघि सारेको छ। तर जनता बीमा ठिक भएन भनिराखेका छन्। झन्झटिलो छ भनेर गुनासो गरिरहेका छन,’ उनले भने। बीमा व्यवस्थित गर्न नसक्दा बिरामीहरु अलपत्र र पीडामा पर्ने गरेको उनको गुनासो थियो।

सांसद तुलबहादुर विश्वकर्माले बीमा बोर्ड र सरकारबीच नै तालमेल नमिल्दा बीमा गरेका व्यक्तिहरु मर्कामा परेको आरोप लगाए। उनले भने, ‘बीमाप्रतिको विकर्षण जनतामा बढिरहेको छ। यसको समाधान गर्नका लागि हामीले ध्यान दिनुपर्छ। यो राम्रो कुरा हो। जनताको भलाइका लागि हो भन्ने कुरा बुझाउन सक्नुपर्छ।’

सांसद जगप्रसाद शर्माले बीमा वापतको रकम बढाउन आग्रह गरे। उनले बीमा अभियान विस्तार गर्नुपर्ने उल्लेख गरे। 

सांसद रमेशराज रायमाझीले बीमा गरेकालाई डा लेखेको औषधि समेत अस्पतालले नदिएको जनताको गुनासो रहेको बताए। उनले भने, ‘बीमा गरेका ४५ लाखमध्ये हाल २९ लाखले मात्रै बीमा नवीकरण गर्नु लाजमर्दाे छ। बीमा गरेकाहरुलाई डाक्टरले औषधि लेखिदिँदा समेत अस्पतालहरुले औषधि दिँदैनन्। एउटा सामान्य मान्छेले बीमाप्रति किन विश्वास गर्ने? कानुनमा केही त्रुटि छन् भने भन्नुहोस्। हामी सच्याउनका लागि पहल गर्छाैं। बहाना गरेर, समस्या देखाएर पन्छिन मिल्दैन।’

महालेखाले प्रतिवेदनमा स्वास्थ्य बीमा नवीकरण गर्नेहरु घटे
महालेखा परीक्षकको ६०औं वाषर््ीिक प्रतिवेदनले समेत बीमा कार्यक्रम सन्तोषजनक नभएको औंल्याएको छ। हालसम्म ५९ लाख ८८ हजार जनास्वास्थ्य बीमामा आवद्ध भएका छन्। बीमामा सहभागी भएकामध्ये २९ लाख ८६८ जनाले मात्रै बीमा नवीकरण गराएको प्रतिवेदनमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं र ललितपुरमा अझै लागू हुन सकेन
२०७२ सालमा कैलाली, बागलुङ र इलामबाट सुरु भएको यो अभियान हालसम्म ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा विस्तार भइसकेको स्वास्थ्य बीमा बोर्डका निर्देशक डा दामोदर बस्यालले जानकारी दिए। 

डा बस्यालले भने, ‘स्वास्थ्य बीमा सुरु भएको सात वर्ष पूरा भइसक्यो। स्वायत्त रुपमा सञ्चालित हुन सकेको छैन। जटिल प्रकृतिका रोगहरु लागेको अवस्थामा विशिष्टकृत अस्पतालमा रिफर गर्नुपर्छ। काठमाडौं र ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा लागू हुन सकिरहेको छैन।’ उनले काठमाडौं र ललितपुर महानगरपालिकासँग पटकपटक छलफल गरेको भए पनि टुंगोमा पुग्न नसकेको बताउँदै साउन मसान्त भित्र ती दुई पालिका समेत लागू गर्ने दाबी गरे। 

अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरू गरी जम्मा ४५९ वटा सेवा प्रदायक संस्थाहरुसँग सम्झौता गरी स्वास्थ्य बीमा सेवा प्रबाह भइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। चालु आवको वैशाख मसान्तसम्म जम्मा २० लाख ९३ हजार १७० परिवारका ६७ लाख ६४ हजार ६४४ जना नागरिक कार्यक्रममा आवद्ध भएका छन्। कुल आवद्ध नागरिकमध्ये ४१ लख १७ हजार ७०८ जनाले नवीकरण गरेको बोर्डले जनाएको छ। त्यसैगरी चालु आवको वैशाख मसान्तसम्म रु. १० अर्ब ५४ करोड ६२ लाख ३१ हजार २१९ रुपैयाँ मात्र सेवा प्रदायकलाई भुक्तानी गरिएको जनाएको छ। स्वास्थ्य बीमा बोर्डले अबको ५ वर्षभित्र आम नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिसक्ने जनाएको छ।

स्वास्थ्य बीमा सुधार गर्ने बोर्डको रणनीति के छ?
स्वास्थ्य बीमा बोर्डका अनुसार आगामी दिनमा सबै प्रकारका निःशुल्क कार्यक्रमहरूलाई एकद्वार प्रणालीमा व्यवस्थित गरी स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्ध गर्ने रणनीति रहेको छ। 

Xtrem

Xtrem

स्वास्थ्य बीमाको नाममा सञ्चालन गरेका दोहोरो कार्यक्रमहरूलाई स्वास्थ्य बीमा बोर्डमार्फत नै सञ्चालनमा ल्याउनुपर्ने, एकद्वार रणनीति अवलम्बन गरिनु पर्ने, सरकारका कर्मचारीलाई योगदान रकमको केही अंश रोजगारदाताले व्यहोर्ने गरी अनिवार्य बीमा गराउने व्यवस्था गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। गरिब तथा विपन्न परिवारको योगदान रकम सरकारले ब्यहोरिदिने प्रयोजनको लागि गरिब परिवार परिचयपत्र यथाशीघ्र वितरण गर्नु नीतिलाई तत्काल अवलम्बन गर्नुपर्ने सुझाव बोर्डको रहेको छ। 

त्यसैगरी स्वास्थ्य सेवाको उपभोगमा सहभुक्तानी प्रणाली लागू गर्ने, प्रदेश र स्थानीय तहको बीमा संयोजन समितिलाई थप प्रभावकारी बनाउने, आर्थिक वर्ष २०८०÷०८१ मा ५० प्रतिशत व्यक्तिहरुलाई बीमामा आवद्ध गराउने, स्वास्थ्य बीमा बोर्ड र मातहतका निकायहरु (प्रदेश शाखा कार्यालय, जिल्ला सम्पर्क कार्यालय)मा आवश्यक स्रोत–साधनको उचित व्यवस्था गरिने लगायतका रणनीतिलाई बोर्डले प्राथमिकतामा राखेको छ।
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्