• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय समितिका निर्देनशन किन कार्यान्वयन गर्दैन सरकार?  

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, असार १४, २०८०  १०:००
1140x725
राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक (फाइल तस्बिर)

काठमाडौं– ‘मिनि पार्लियामेन्ट’का रुपमा लिइने संसदीय समितिहरुलाई ‘संसद्‌को वास्तविक कार्यशाला’ समेत भनिन्छ। सरकारले गर्ने काममाथि निरन्तर निगरानी र विधि तथा प्रक्रिया एवम् जनचाहनाअनुसार आवश्यक काम गर्न सरकारलाई निर्देशन दिनुलाई नै संसदीय समितिको प्रमुख उपादेयिता मानिन्छ। तर संघीय संसद्‌का विभिन्न समितिहरुले दिएको निर्देशनबारे भने सरकार उदासिन भएको देखिन्छ। 

संविधानको धारा ९६ अनुसार सिंगो सदन र संसद्का सदस्यका अतिरिक्त सामूहिक रुपमा सदनमा र सदनले निर्माण गरेका समितिहरुको माध्यमबाट कार्यकारीका कामको मूल्यांकन र अनुगमन गर्ने व्यवस्था छ। तल्लो सदन प्रतिनिधि सभा र माथिल्लो सदनको रुपमा रहेको राष्ट्रिय सभा गरी विभिन्न १६ वटा समितिहरु रहेका छन्। ती समितिहरुले सरकारले गरेका कामहरुको अनुगमन, निगरानी र शक्तिहरुको दुरुपयोग भएको देखिएमा आवश्यक निर्देशनमार्फत् नियन्त्रण र सन्तुलन गर्न प्रयत्न गर्छन्। 

तर अधिकांश समितिहरुले दिएका निर्देशनको कार्यान्वयनको अवस्था भने न्यून रहेको देखिन्छ। दिगो विकास तथा सुशासन समितिको लघु अध्ययन मस्यौदा प्रतिवेदनअनुसार कार्यान्वयनको अवस्था निकै कमजोर रहेको देखिएको छ। संविधान सभा सदस्य खिमलाल देवकोटा, डा मुक्ति रिजाल र अशोक पाण्डेले उक्त मस्यौदा प्रतिवेदन तयार पारेका हुन्।
 
देवकोटाले संसदीय समितिका निर्देशन कार्यान्यवनको अवस्था उत्साहजनक नभएको बताए। उनले भने,‘समितिका कार्यालयहरू व्यवस्थित छैनन्। साधन सम्पन्न छैनन्।  योग्य र सक्षम सचिवालयको बन्दोबस्त भएको देखिँदैन। यसका साथै साधन स्रोतको सीमितता निकै ठूलो समस्या हो। तसर्थ समितिका कार्यालय, व्यवस्थित, सक्षम, योग्य र विज्ञ कर्मचारी सहित साधन स्रोतले सम्पन्न बनाउन जरुरी छ।’

५२ वटा निर्देशनमध्ये ८ वटा मात्रै पूर्ण कार्यान्वयन 
नीति अध्ययन अनुसन्धानले सार्वजनिक गरेको मस्यौदा प्रतिवेदन अनुसार उपलब्ध समितिका ५२ निर्देशनहरुको विश्लेषण गर्दा जम्मा ८ वटा(१५४) निर्देशनहरु पूर्ण कार्यान्वयन रहेका, १४ वटा(३०४) निर्देशनहरु आंशिक कार्यान्यवन भएका, ३० वटा (५५४) निर्देशनहरु कार्यान्वयनमै गएका छैनन्। 

दिगो विकास तथा सुशासन समिति–२०७९  अनुसार विशेष गरी निर्देशन कार्यान्वयन नगर्ने निकायहरुमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय योजना आयोग, भौतिक योजना मन्त्रालयहरु नै रहेका छन्। समितिका अनुसार निर्देशन कार्यान्वयनको अवस्था विश्लेषण गर्ने हो भने, समितिबाट उपलब्ध गराइएका निर्देशनहरुमध्ये १८ वटा निर्देशनहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ६ वटा निर्देशन वन तथा वातावरण मन्त्रालय, ६ वटा निर्देशन गृह मन्त्रालय, ४ वटा राष्ट्रिय योजना आयोग, ३ वटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा मातहतका कार्यालय, २ वटा नेपाल आयल निगम, २ वटा भौतिक योजना मन्त्रालय मातहतका कार्यालयलाई निर्देशन दिइएको थियो। 

नीति तथा अनुसन्धान प्रतिष्ठानका संयोजक खिमलाल देवकोटाले गरेको अध्ययन प्रतिवेदन अनुसार लोकप्रिय हुने होडबाजीका कारण कार्यान्वयन हुनै नसक्ने निर्देशन दिँदा पनि निर्णय कार्यान्वयन भएको छैनन्। त्यसैगरी क्षमता वा स्रोतको विश्लेषण नगरी निर्देशन दिनु, नीतिगत विकल्पहरुको अध्ययन र विश्लेषण नगर्नु, दलहरुको बेमेल आदी कारणहरुसमेत औंल्याएको छ।
 
निर्णय र निर्देशन कार्यान्वयनका बारेमा निर्णयकर्ता समितिको सचिवालयको चासो पर्याप्त मात्रामा नदेखिएको, निर्णय गर्ने, अनुगमन नगर्ने, निर्णय कार्यान्वयनका लागि चासो नराख्ने कारबाही भोग्नपर्छ भन्ने हेक्का पनि नदिलाउँदा कार्यान्वयनको प्रभावकारिता नभएको नीति तथा अध्ययन अनुसन्धान प्रतिष्ठानको दाबी छ।

त्यसैगरी निर्देशनमा उल्लेख भएको विषयवस्तु समितिको क्षेत्राधिकारभित्र नपरेको, निर्देशन कार्यान्वयन गर्न आवश्यक कानुन, जनशक्ति र साधन स्रोतसमेतको अभाव रहेकोले निर्देशनका बारेमा आपसी समन्वय, छलफल, सहभागिता, निर्णयमा स्वामित्व र अपनत्व हुने वातावरण सिर्जना गर्न जरुरी रहनेमा जोड दिइएको छ।

प्रधानमन्त्री, मन्त्रीहरु रिवन काट्न दौडिन्छन्, समितिको बैठकमा आउँदैनन्: अध्यक्ष तिमिल्सिना 
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानमन्त्री मन्त्रीहरु संसद्‌प्रति जिम्मेवार नभएको बताए। दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदीय समितिहरुले दिएका निर्देशन कार्यान्वयन गर्नतर्फ प्रधानमन्त्री र मन्त्रीहरु नै पन्छिने गरेको आरोप लगाए। 

Ncell 2
Ncell 2

उनले भने, ‘मन्त्री प्रधानमन्त्रीहरु पार्लियामेन्ट समितिहरुको निर्देशन कार्यान्वयनमा पन्छिनुहुन्छ। रिवन काट्न दौडिहाल्ने, समितिको बैठकमा आउन आनाकानी गर्ने र संसद्‌मासमेत जवाफ दिन आउनुहुन्न।’ उनले मन्त्रीहरु र संसद्का सचिवहरुले संसद्‌भन्दा बाहिर रुचि राख्ने गरेको आरोप लगाए। अध्यक्ष तिमिल्सिनाले विधेयकप्रति नै मन्त्रीहरुको चासो कम हुने गरेको बताए। 
उनले आफू पावरमा भएको ठानेर केही नहुने दाबी गरे। उनले यस्तो प्रवृत्ति संसदीय प्रणालीमा ठीक नभएको टिप्पणी गरे। 

राष्ट्रिय सभालाई संकुचित बनाइएको सांसदहरुको गुनासो
दिगो विकास तथा सुशासन समितिमा रहेका अधिंकाश सांसदहरुले राष्ट्रिय सभालाई संकुचित पारेको आरोप लगाएका छन्। राष्ट्रिय सभा पनि सदनको एउटा महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै सांसदहरुले सरकारले नै राष्ट्रिय सभाको क्षेत्रलाई संकुचित बनाएको आरोप लगाए। 

सांसद महेश कुमार महराले सरकारले प्रतिनिधि सभाका समितिहरुले दिएको निर्देशन पालना गर्ने तर राष्ट्रिय सभाले दिएको निर्देशन पालना नगरेको आरोप लगाए। उनले भने, ‘सरकारले प्रतिनिधि सभाका समितिका निर्देशनहरु तत्कालै कार्यान्वयन गर्छ। तर, राष्ट्रिय सभाका निर्देशनहरु हल्का रुपमा लिने गरेको छ।’

उनले अर्थ विधेयक, महाअभियोगबारे बोल्नै नपाउने गरी नियन्त्रण गरेको आरोपसमेत लगाए। त्यसैगरी प्रत्यायोजन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय सभाका समितिलाई सरकारले नै बेवास्ता गरेको आरोप लगाए। सांसद कमला पन्तले सरकारको क्रियाशीलताको कमीका कारण निर्देशनहरु पालना नभएको टिप्पणी गरिन्।

उनले निजामतीभन्दा राजनीतिक समस्या रहेको दाबी गरिन्। राष्ट्रिय सभाका सांसदहरुले सरकारले प्रतिनिधि सभाका सदस्यहरुलाई निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत ५ करोड छुट्याएको तर राष्ट्रिय सभाका सदस्यहरुलाई बेवास्ता गरेको गुनासोसमेत गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्