काठमाडौं– नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई कारबाही स्वरुप निलम्बन गरेको छ।
उनीहरुले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै यस्तो कारबाही गरेको हो।
प्राधिकरणका अनुसार काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरुले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको हो।
उनीहरुलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।